• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को सम्भावित चित्र : आक्रामक विपक्ष, प्रतिरक्षामा सत्तापक्ष

64x64
डिबी खड्का शनिबार, वैशाख २७, २०७७  १७:५५
1140x725

काठमाडौं- भनिन्छ, संसद प्रतिपक्षको हो। तर साढे दुई वर्ष संसद्‍मा त्यो अनुभूति भएन। कहिले दुई तिहाईको सरकार त कहिले त्यसकै आसपासमा रहेको सत्तापक्षले पेलिरह्यो। प्रतिपक्षलाई आफ्नो उपस्थिति देखाउन सकस पर्‍यो। उपस्थिति देखाउन बेलाबखत गर्ने संसद् अवरुद्धको अपजससमेत प्रतिपक्षकै पोल्टामा थियो। 

शुक्रबारबाट संसदको बजेट अधिवेशन सुरु भएको छ। यसपल्ट दृश्य केही फरक देखिने संकेत पहिलो दिनमा देखियो। पहिलो दिन देखिएको प्रमुख प्रतिपक्ष र अन्य विपक्षको मुडले सत्तापक्ष यसपल्ट पेल्नेभन्दा पनि प्रतिपक्षको आरोप र गर्ने आलोचनाको प्रतिरक्षामा व्यस्त हुने छनक देखियो।

डर आफ्नैबाट 
गएको बजेट अधिवेशनमा प्रतिपक्षभन्दा चर्को आलोचना सरकारमाथि सत्तापक्षबाटै भएको थियो। सत्तापक्षका सांसदले रोस्ट्रममा मौन धारण गर्नेदेखि योजना उल्लेखित किताब च्यात्नेसम्मका काम गरे। मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट पठाएको भन्दै सत्तापक्षकै सांसदले संसदमै बहस छेडेका थिए। 

यसपल्ट संसदमा सत्तापक्षका सांसदले सरकारको झन् चर्को आलोचना गर्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले पाइसकेका छन्। उनी पार्टीभित्रका गुटबीच चुलिएको विवादलाई सेफ ल्यान्डिङ नगरी अघि बढिरहेका छन्। त्यसैले उनले सांसदहरुलाई विभाजित नहुन अधिवेशनअघि नै निर्देशन दिइसकेका छन्। 

नेकपाका सांसदहरुलाई यो अधिवेशनमा दलगत एकता र विषयगत एकरूपता देखाउन प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीले पत्र लेखेरै भनेका छन्। पत्रमा भनिएको छ, ‘संसदमा हाम्रो दलगत एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नुभएकै छ।’

नेकपा सांसदहरूले यसलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा फरक मत नराख्न निर्देशन दिइएको रुपमा बुझेका छन्। नेकपा सांसद मेटमणि चौधरी यो अधिवेशनमा सरकारका कामकारबाहीको विरोध नगर्न निर्देशन दिइएको बताउँछन्।

मौका कुरिरहेको प्रतिपक्ष
विश्वमा कोरोना संक्रमण छ। यस्तो बेला प्रतिपक्षी दलहरूले आफूलाई लागेका तीतामीठा कुरा पोख्ने मञ्चको अभाव थियो। त्यसैमाथि यही बीचमा सरकारले केही आत्मआलोचित हुनुपर्ने काम गर्‍यो। जारी गरेर खारेज गरिएका दुई अध्यादेश र पार्टी फुटाउन सांसद अपहरण गरेको विषयले सरकारलाई यो अधिवेशनभरि पिरोल्नेछ। किनभने प्रतिपक्षले मौका र मञ्च कुरिरहेको थियो। त्यो यो अधिवेशनले दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रतिपक्षी दलका नेताहरु चर्को रुपमा प्रस्तुत भइसकेका छन्। प्रतिपक्षी दलका तर्फबाट धारणा राखेका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राजपाका राजेन्द्र महतो, राष्ट्रिय समाजवादीका डा बाबुराम भट्टराईलगायतले सरकारको तीव्र आलोचना गरे।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले यो अधिवेशनमा कांग्रेसले उठाइरहने सरकारका केही कमजोरीमा छोएका छन्। अध्यादेश मात्रै होइन, सुकुम्बासी आयोग गठन, मजदुरले हिँडेर घर जानुपरेको, मेडिकल सामग्री खरिददेखि सांसद अपहरणसम्मका घटनामाथि आलोचना गरेका छन्। उनले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको आरोप लगाएका छन्।

राजेन्द्र महतोले जनताको जीवनरक्षा, राहत तथा उपचार गर्ने दायित्वबाट भुलेर सरकारले मानवता विरोधको अपराध गरेको भन्दै उनले विषयलाई उछालिरहने संकेत गरेका छन्। ‘लकडाउन भएकाले सडकमा बोल्न पाइएन। तर यहाँ रोष्ट्रममा त बोल्न पाइन्छ नि,' उनले भनेका छन्। डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। उनले सांसद अपहरणको विषयलाई न्यायालयदेखि संसद्‍सम्म बहसका विषय बनाइरहनेछन्।

सदाबहार विषय : कोरोना नियन्त्रण र लिपुलेक
कोरोना संक्रमितको संख्या बढिरहेको छ। जति बढ्दै जानेछ, त्यति सरकारमाथि प्रहार हुनेछ। किनभने कोरोना संक्रमण नियन्त्रणमा सरकारले चालेका कदम मेडिकल सामग्री खरिदलगायतका विषयमा भएको अनियमितताले छायामा पारेको छ। मेडिकल सामग्री खरिद प्रक्रिया ढिलो हुनुको असर पनि सवालको विषय हुनेछ। 

सदनमा कोरोना नियन्त्रणका सम्बन्धमा सरकारका कमजोरी एकपछि अर्को गर्दै उठिरहनेछन्। आगामी नीति तथा कार्यक्रममा सरकारले लिने नीतिले यसलाई बढाउन वा घटाउन केही भूमिका खेल्नेछ।

भारतले सीमा मिचेको विषय सदाबहार विवादको विषय छ। यसमा सरकारको कदम प्रभावकारी नभएको स्पष्ट देखिन्छ। लिम्पियाधुरा राखिएको नेपालको नक्सा बनाउने विषयलाई सरकारले कार्यान्वयन गरेको छ। यतिबेला भारतल नेपाली भू-भाग हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको छ। यो सवाल मुखरित भइसकेको छ।

प्रतिरक्षामा सत्तापक्ष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले सरकारको प्रतिरक्षा गरेका छन्। सरकारले सुरुमै कदम चालेका कारण कोरोना संक्रमण धेरै बढ्न नपाएको दाबी गरे।

‘सिंगो विश्व कोरोनाविरुद्ध लडिरहेका बेलामा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो तुरुन्तै यसका विरुद्धमा उत्रिनुको परिणाम हो,’ नेम्वाङले दाबी गरेका थिए। कोरोनाविरुद्धको लडाईंमा सिंगो देश एकजुट रहेको र यो सबैको साझा विषय भएको भन्दै उनले प्रतिपक्ष नेपाली कांग्रेसलाई समेत यसका लागि धन्यवाद दिए।

कोरोनाविरुद्धको लडाईंलाई संसदको यो अधिवेशनले पनि सम्बोधन गर्नुपर्ने भन्दै त्यसको राम्रो आधार तयार गर्नुपर्ने उनको भनाइ थियो। कोरोनाको कहरकाबीच पनि संसदमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउनुपर्ने उनले बताए। 

सांसदको अपहरणको हुन नहुने कुरामा आफ्नो दल स्पष्ट रहेको भन्दै त्यसको यथार्थ पनि यही अधिवेशनमा आउने दावी गरेका छन्। अध्यादेश खारेज भइसकेको कारणले त्यसमा धेरै बहस नलम्ब्याउन उनको आग्रह छ। कति सवालमा उनी पसेनन्। सत्तापक्ष आगामी दिनमा पनि त्यसै गर्नेछ। र पहिलो दिनको प्रस्तुतिले देखाइसक्यो प्रतिपक्ष प्रश्नले घेरिरहने छ कोरोना, सांसद अपहरण, मेडिकल सामान खरिद अनियमितता अनि मिचिएको नेपाली भूभागबारे।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्