• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को सम्भावित चित्र : आक्रामक विपक्ष, प्रतिरक्षामा सत्तापक्ष

64x64
डिबी खड्का शनिबार, वैशाख २७, २०७७  १७:५५
1140x725

काठमाडौं- भनिन्छ, संसद प्रतिपक्षको हो। तर साढे दुई वर्ष संसद्‍मा त्यो अनुभूति भएन। कहिले दुई तिहाईको सरकार त कहिले त्यसकै आसपासमा रहेको सत्तापक्षले पेलिरह्यो। प्रतिपक्षलाई आफ्नो उपस्थिति देखाउन सकस पर्‍यो। उपस्थिति देखाउन बेलाबखत गर्ने संसद् अवरुद्धको अपजससमेत प्रतिपक्षकै पोल्टामा थियो। 

शुक्रबारबाट संसदको बजेट अधिवेशन सुरु भएको छ। यसपल्ट दृश्य केही फरक देखिने संकेत पहिलो दिनमा देखियो। पहिलो दिन देखिएको प्रमुख प्रतिपक्ष र अन्य विपक्षको मुडले सत्तापक्ष यसपल्ट पेल्नेभन्दा पनि प्रतिपक्षको आरोप र गर्ने आलोचनाको प्रतिरक्षामा व्यस्त हुने छनक देखियो।

डर आफ्नैबाट 
गएको बजेट अधिवेशनमा प्रतिपक्षभन्दा चर्को आलोचना सरकारमाथि सत्तापक्षबाटै भएको थियो। सत्तापक्षका सांसदले रोस्ट्रममा मौन धारण गर्नेदेखि योजना उल्लेखित किताब च्यात्नेसम्मका काम गरे। मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट पठाएको भन्दै सत्तापक्षकै सांसदले संसदमै बहस छेडेका थिए। 

यसपल्ट संसदमा सत्तापक्षका सांसदले सरकारको झन् चर्को आलोचना गर्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले पाइसकेका छन्। उनी पार्टीभित्रका गुटबीच चुलिएको विवादलाई सेफ ल्यान्डिङ नगरी अघि बढिरहेका छन्। त्यसैले उनले सांसदहरुलाई विभाजित नहुन अधिवेशनअघि नै निर्देशन दिइसकेका छन्। 

नेकपाका सांसदहरुलाई यो अधिवेशनमा दलगत एकता र विषयगत एकरूपता देखाउन प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीले पत्र लेखेरै भनेका छन्। पत्रमा भनिएको छ, ‘संसदमा हाम्रो दलगत एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नुभएकै छ।’

नेकपा सांसदहरूले यसलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा फरक मत नराख्न निर्देशन दिइएको रुपमा बुझेका छन्। नेकपा सांसद मेटमणि चौधरी यो अधिवेशनमा सरकारका कामकारबाहीको विरोध नगर्न निर्देशन दिइएको बताउँछन्।

मौका कुरिरहेको प्रतिपक्ष
विश्वमा कोरोना संक्रमण छ। यस्तो बेला प्रतिपक्षी दलहरूले आफूलाई लागेका तीतामीठा कुरा पोख्ने मञ्चको अभाव थियो। त्यसैमाथि यही बीचमा सरकारले केही आत्मआलोचित हुनुपर्ने काम गर्‍यो। जारी गरेर खारेज गरिएका दुई अध्यादेश र पार्टी फुटाउन सांसद अपहरण गरेको विषयले सरकारलाई यो अधिवेशनभरि पिरोल्नेछ। किनभने प्रतिपक्षले मौका र मञ्च कुरिरहेको थियो। त्यो यो अधिवेशनले दिएको छ।

Ncell 2
Ncell 2

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रतिपक्षी दलका नेताहरु चर्को रुपमा प्रस्तुत भइसकेका छन्। प्रतिपक्षी दलका तर्फबाट धारणा राखेका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राजपाका राजेन्द्र महतो, राष्ट्रिय समाजवादीका डा बाबुराम भट्टराईलगायतले सरकारको तीव्र आलोचना गरे।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले यो अधिवेशनमा कांग्रेसले उठाइरहने सरकारका केही कमजोरीमा छोएका छन्। अध्यादेश मात्रै होइन, सुकुम्बासी आयोग गठन, मजदुरले हिँडेर घर जानुपरेको, मेडिकल सामग्री खरिददेखि सांसद अपहरणसम्मका घटनामाथि आलोचना गरेका छन्। उनले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको आरोप लगाएका छन्।

राजेन्द्र महतोले जनताको जीवनरक्षा, राहत तथा उपचार गर्ने दायित्वबाट भुलेर सरकारले मानवता विरोधको अपराध गरेको भन्दै उनले विषयलाई उछालिरहने संकेत गरेका छन्। ‘लकडाउन भएकाले सडकमा बोल्न पाइएन। तर यहाँ रोष्ट्रममा त बोल्न पाइन्छ नि,' उनले भनेका छन्। डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। उनले सांसद अपहरणको विषयलाई न्यायालयदेखि संसद्‍सम्म बहसका विषय बनाइरहनेछन्।

सदाबहार विषय : कोरोना नियन्त्रण र लिपुलेक
कोरोना संक्रमितको संख्या बढिरहेको छ। जति बढ्दै जानेछ, त्यति सरकारमाथि प्रहार हुनेछ। किनभने कोरोना संक्रमण नियन्त्रणमा सरकारले चालेका कदम मेडिकल सामग्री खरिदलगायतका विषयमा भएको अनियमितताले छायामा पारेको छ। मेडिकल सामग्री खरिद प्रक्रिया ढिलो हुनुको असर पनि सवालको विषय हुनेछ। 

सदनमा कोरोना नियन्त्रणका सम्बन्धमा सरकारका कमजोरी एकपछि अर्को गर्दै उठिरहनेछन्। आगामी नीति तथा कार्यक्रममा सरकारले लिने नीतिले यसलाई बढाउन वा घटाउन केही भूमिका खेल्नेछ।

भारतले सीमा मिचेको विषय सदाबहार विवादको विषय छ। यसमा सरकारको कदम प्रभावकारी नभएको स्पष्ट देखिन्छ। लिम्पियाधुरा राखिएको नेपालको नक्सा बनाउने विषयलाई सरकारले कार्यान्वयन गरेको छ। यतिबेला भारतल नेपाली भू-भाग हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको छ। यो सवाल मुखरित भइसकेको छ।

प्रतिरक्षामा सत्तापक्ष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले सरकारको प्रतिरक्षा गरेका छन्। सरकारले सुरुमै कदम चालेका कारण कोरोना संक्रमण धेरै बढ्न नपाएको दाबी गरे।

‘सिंगो विश्व कोरोनाविरुद्ध लडिरहेका बेलामा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो तुरुन्तै यसका विरुद्धमा उत्रिनुको परिणाम हो,’ नेम्वाङले दाबी गरेका थिए। कोरोनाविरुद्धको लडाईंमा सिंगो देश एकजुट रहेको र यो सबैको साझा विषय भएको भन्दै उनले प्रतिपक्ष नेपाली कांग्रेसलाई समेत यसका लागि धन्यवाद दिए।

कोरोनाविरुद्धको लडाईंलाई संसदको यो अधिवेशनले पनि सम्बोधन गर्नुपर्ने भन्दै त्यसको राम्रो आधार तयार गर्नुपर्ने उनको भनाइ थियो। कोरोनाको कहरकाबीच पनि संसदमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउनुपर्ने उनले बताए। 

सांसदको अपहरणको हुन नहुने कुरामा आफ्नो दल स्पष्ट रहेको भन्दै त्यसको यथार्थ पनि यही अधिवेशनमा आउने दावी गरेका छन्। अध्यादेश खारेज भइसकेको कारणले त्यसमा धेरै बहस नलम्ब्याउन उनको आग्रह छ। कति सवालमा उनी पसेनन्। सत्तापक्ष आगामी दिनमा पनि त्यसै गर्नेछ। र पहिलो दिनको प्रस्तुतिले देखाइसक्यो प्रतिपक्ष प्रश्नले घेरिरहने छ कोरोना, सांसद अपहरण, मेडिकल सामान खरिद अनियमितता अनि मिचिएको नेपाली भूभागबारे।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्