• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन् २०७४ का १० ठूला अपराध

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३०, २०७४  ००:४८
1140x725

काठमाडौं– प्रहरी संगठनका लागि २०७४ साल निकै उतारचढावपूर्ण बन्यो। आइजिपी नियुक्ति विवादले संगठनको नेतृत्व इतिहासमै निकै कमजोर बन्यो। तर, अपराध अनुसन्धानमा भने त्यसको ठूलो प्रभाव परेन। लगभग सबैजसो ठूला अपराध प्रहरीले यो वर्ष सल्टाउन सफल रह्यो। अपराध अनुसन्धानको क्षेत्रमा थप केही ऐतिहासिक काम पनि भए। 

यस्ता छन् २०७४ का १० चर्चित अपराध

१. शरद गौचन हत्या

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरच गौचनको हत्या गत वर्षको सबैभन्दा ठूलो ‘हाइप्रोफाइल मर्डर’ बन्न पुग्यो। असोज २३ गते घरबाट कार्यालय जाने क्रममा गाडीभित्रै गोली हानी बानेश्वर शान्तिनगरमा उनको हत्या गरिएको थियो।

हत्याको ३६ दिनपछि प्रहरीले हत्याका केही अभियुक्तलाई पक्राउ गरी हत्याको कारण सार्वजनिक गरेको थियो। 

२८ कात्तिकमा प्रहरीले हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको थियो। पछि श्यामबहादुर गुम्बे लगायत सुटरलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

समिरमानसिंह बस्नेत


गुन्डा नाइके समिरमानसिंह बस्नेत र मनोज पुनको समूहले उनको हत्या गराएका थिए। बस्नेत पनि पक्राउ परिसकेका छन् भने पुनको प्रहरीसँगको मुठभेडमा मृत्यु भइसकेको छ। 

प्रहरी मुठभेडमै मारिएका गुन्डा नाइके कुमार घैंटेसँगको लेनदेनको विषयलाई लिएर बस्नेतले गौचनलाई धम्काएर पैसा मागेको र नदिएपछि हत्या गरेको खुलेको थियो। घटनामा संलग्न गंगा लिङ्देन, लोप्साङ लामा, रोशन बुढाथोकी लगायत अझै फरार छन्। यो घटनाले गुन्डा र ठेकदारबीचको साँठगाँठलाई पनि बहसमा ल्याइदियो। 

२. मनोज पुन इन्कान्टर

Xtrem

Xtrem

केही वर्षयता देशमा मनोज पुनको आतंक नै छाएको थियो। विदेशमा बसेर व्यवसायीहरुलाई धम्क्याउने र पैसा नदिए आक्रमण गर्ने ‘अन्डरवल्र्ड’ शैली उनले चलाएका थिए। पुनको समूह देशको आन्तरिक सुरक्षामा प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको थियो। 

पटक–पटक उनलाई पक्राउ गर्न प्रहरी टोली भारत गए पनि असफल हुँदै आएको थियो। देशभरिका व्यवसायीहरु सो समूहबाट आतंकित बन्दै आएका थिए। 

तर, गत फागुन ९ गतेदेखि मनोज पुनको आतंक बन्द भयो। पुन र उनका प्रमुख सहयोगी सोम आले रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठभेडमा मारिए। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई घटनापछि व्यवसायीले फोन गरेर धन्यवाद दिए। यो घटनाले केही समय प्रहरीसँग लुक्न सके पनि अपराध गर्नेहरुको भविष्य सुरक्षित छैन भन्ने सन्देश पनि दियो। एकैपटक दुई जना गुन्डा नाइके प्रहरी इन्काउन्टरमा मारिएको यो पहिलो घटना पनि थियो। 

३. ८८ केजी सुन बरामद 

नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा धेरै सुन एउटै अप्रेसनमा फेला प¥यो। भदौ १९ गते महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो।  

बरामद गरिएको सुन चिनियाँ नागरिक पेन वेइमिङको थयो। प्रहरीले घटनामा संलग्न तल्लो तहका व्यक्तिलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भने रहस्यमय तरिकाले भाग्न सफल भएका थिए। सुन बरामद भएको दिन काठमाडौंमै भएका उनी कसरी चीन भाग्न सफल भए भन्ने रहस्यमय बन्यो। 

प्रहरीले तस्करीमा संलग्न कांग्रेसका नेता मानबहादुर तामाङसहित नरदेवीमा रविश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडु, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी नन्दकुमार मर्गले र दिनकर सालुखे, बाङ्गेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको थियो। 

सुन बोकेको बा१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो। सोही गाडीमा रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परे। उनीहरु हाल जेलमा छन्। तर, तस्करीका मुख्य नाइके तामाङसहितका व्यक्ति छुटिसकेका छन्। 

४. राजकुमार श्रेष्ठ हत्या प्रकरण 

दाङ, तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्या गत वर्षको अर्काे ठूलो चर्चित अपराध थियो। ‘हनी ट्रापिङ’ मा पारेर एक समूहले श्रेष्ठलाई अपहरण गरी पैसा असुल्न खोजेको थियो। जंगलमा लगेर बन्धक बनाइएकोमा श्रेष्ठ बिरामी भएपछि आफू फस्ने डरले उनीहरु हत्या गरेर भागेका थिए। सल्यानको पाथिभरा जंगलमा सडेको अवस्थामा प्रहरीले श्रेष्ठको शव बरामद गरेको थियो। 

स्थानीय १७ वर्षीय पूजा घर्ती मगरसँग राजकुमारको चिनजान थियो। उनै पूजालाई प्रयोग गरेर एक समूहले उनलाई अपहरण गरेको थियो। जेठ २६ गते श्रेष्ठको अपहरण गरिएकोमा २९ गते हत्या भएको थियो। 

पूजा घर्ती मगर


पूजाले राजकुमारलाई घुम्न जाने प्रस्ताव राखेकी थिइन्। सोही अनुसार बा११च १०७१ नम्बरको कार आफैं चलाएर श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा एकान्त बाटोमा उनको गाडी रोकेर जंगलमा लगिएको थियो। 

घटनामा पूजाका बुबा टीकाराम घर्तीको समेत संलग्नता थियो। व्यापारी श्रेष्ठ धनी भएकाले अपहरणपछि लाखौं रकम दिन सक्ने भएकाले उनीहरुले यस्तो योजना बनाएका थिए। घटनामा संलग्न पूजा, उनका बुबा टीकारामसहित खुमबहादुर केसी, भूपेन्द्र भण्डारी, मनबहादुर पुन, रुवत थापा मगर र अविरल महतरालाई प्रहरीले पक्राउ गरेको थियो। 

५. सुन तस्करी र सनम शाक्य हत्या प्रकरण 

२०७४ सालको पछिल्लो महिना सनम शाक्य हत्या प्रकरणले प्रहरी संगठनमा तरंग ल्याएको छ। तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको करेन्ट लगाएर गत फागुन १८ मा विराटनगरमा हत्या भएको थियो। हत्यापछि अनुसन्धानमा भएका चलखेल र गृह मन्त्रालयले छानबिन सुरु गरेपछि खुलेका तथ्यले संगठनमा तरंग ल्याएको हो। 

महानगरीय अपराध महाशाखाले १८ गते बेलुका बिराटनगर पुगेर शाक्यको शव गाडीबाट बरामद गरेको थियो। शव गाड्न लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरी टोलीले सूचना पाउनुलाई धेरैले आश्चर्य ठानेका थिए। 

खासमा तस्कर समूहले नै चिनजानका प्रहरीलाई सूचना दिएर शव बरामद गर्न लगाई आफूलाई जोगाउन सो खेल खेलेका थिए। गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको छानबिन समितिले पुनः अनुसन्धान गर्दा सो सुन विमानस्थलबाटै तस्करी भएको खुल्यो। लामो समयदेखि विमानस्थलमा एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी हुँदै आएको समेत खुलेको छ। प्रहरीले थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ सहित १९ जनालाई पक्राउ गरिसकेको छ। जसमा राप्रपा प्रजातान्त्रिकका भुजुङ गुरुङ समेत छन्। 

अनुसन्धानमा लापबारही गर्ने अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाबाट हटाइएको छ। तस्कर समूहसँग सम्बन्ध भएका अन्य प्रहरी अधिकारीसमेत छानबिनको घेरामा छन्। 

छानबिनका क्रममा लामो समयदेखि विमानस्थलबाट ठूलो मात्रामा सुन तस्करी हुँदै आएको खुलेपछि  त्यसमा संलग्न ‘नेक्सस’ खोजीमा गृह मन्त्रालय लागेको छ। जसमा हाइप्रोफाइल व्यक्तिहरु समेत पर्न सक्ने आशंका गरिएको छ। 

६. दरबारमार्गमा सामूहिक बलात्कार

प्रहरीले गम्भीर अपराधको अनुसन्धानमा चरम लापरबाही गर्दा दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना पनि निकै चर्चित बन्यो। 

आफ्ना प्रेमीसँग होटलमा गएकी एक किशोरीलाई प्रेमीसहित चार युवकले गत माघ ७ गते सामूहिक बलात्कार गरेका थिए। उजुरी लिएर प्रहरीमा गएकी पीडितलाई प्रहरीले नै मिलापत्रका लागि आग्रह गरेको थियो। 

आर्थिक चलखेलका आधारमा प्रहरीले घटना मिलापत्र गराएको थियो। पछि घटना बाहिर आएपछि छानबिन सुरु भएको थियो। दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरियो भने डिएसपी तिलम भारतीलाई बृत्तबाट हटाइएको छ। 

घटनामा संलग्न पीडित किशोरीका प्रेमी शैलेश कार्की पक्राउ परेका छन् भने विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल फरार छन्। यही घटनापछि बलात्कार मुद्दामा हुने मिलापत्र र अनुसन्धानमा हुने चलखेलबारे बहस नै सुरु भयो। 

७. डेढ अर्बको बैंक ठगी 

हाल एनसिसी बैंकमा मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको ३ वर्ष अगाडि भएको घोटाला यो वर्ष सार्वजनिक भयो। राष्ट्र बैंकले नै लुकाउँदै आएको सो घोटालामा संलग्न १९ जना बैंक सञ्चालक तथा कर्मचारीहरु यतिबेला सिआइबीको हिरासतमा छन्। 

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ सिआइबी हिरासतमा छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ लगायत पक्राउ परेका छन्। 

प्रारम्भिक अनुसन्धानमा १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो। 

बैंकका सञ्चालक तथा कर्मचारीले मोटर बाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए। जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो। यो बैंक ठगीको घटना ठूलो मध्येको एक हो। 

८. बलु पौडेल हत्या 

गत वर्ष युवा संघका नेता दुर्गा तिवारीकै हत्या शैलीमा गत पुस २१ गते रुपन्देहीको देवदहमा बलु पौडेलको हत्या भयो। पौडेल तिवारीकै साथी थिए। दुवै जनालाई हत्या गर्ने समूह एउटै थियो। 

मनोज पुनको समूहले सुटर परिचालन गरी उनलाई गोली हानी हत्या गरेको थियो। पुरानो रिसइबीका कारण पुनको समूहले उनको हत्या गरेको थियो। उनको हत्यापछि रुपन्देहीमा सो समूहको थप आतंक सिर्जना भएको थियो। 

हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। योजनाकार पुन र उनका प्रमुख सहयोगी सोम आले प्रहरी मुठभेडमा मारिएका छन्। 

९. बैंक ठगीको गिरोहमा जर्नेल 

नेपाली सेनाका सहायकरथी डा रमेश विष्ट बैंक ठगी घटनामा जेल परे। कृषि विकास बैंकमा भएको करिब ५ करोड ठगी घटनामा गत साता उनी जेल चलान भएका हुन्। 
यो घटना पनि गत वर्षको निकै चर्चित अपराध बन्न पुग्यो। 

बैंकको न्युरोड शाखामा काम गर्ने दीपिका रेग्मीको योजनामा बैंक ठगी भएको थियो। अन्तरबैंक कारोबारको रकम उनले हिनामिना गरेकी थिइन्। माथिल्ला तहका कर्मचारीलाई समेत झुक्याएर उनले ठगी गरेकी थिइन्। दीपिका पनि हाल जेलमा छिन्। 

ठगीमा रेग्मीलाई प्रत्यक्ष रुपमा सघाएको आरोपमा मुद्दा दायर भएका सहायक रथी डा विष्टलाई पनि गत साता पाटन उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। 

१०. प्रेमीका लागि श्रीमानलाई गोली 

गत फागुन १६ गते वीरगन्जमा एक महिलाले प्रेमीसँग बिहे गर्न भाडामा सुटर खटाएर श्रीमानको हत्या प्रयास गरिन्। वीरगन्जकी प्रियंका रौनियारले श्रीमान् उमेशको हत्या प्रयास गरेकी हुन्। 

उमेश वैदेशिक रोजगारीका क्रममा दुबई गएपछि पियंकाको विजेन्द्र गुप्तासँग प्रेम सम्बन्ध गाँसिएको थियो। गुप्तासँगै बिहे गर्न भाडाको सुटरलाई प्रयोग गरी उनले श्रीमानलाई गोली हान्न लगाएकी थिइन्। तर, उमेश बाँच्न सफल भए। 

पर्साका एसपी डा गणेश रेग्मीका अनुसार श्रीमानसँग फोनमा कुरा गरी प्रियंकाले उनी भएको ठाउँ पत्ता लगाई सुटरलाई जानकारी दिएकी थिइन्। घटनामा संलग्न प्रियंकासहितका अभियुक्त जेलमा छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  ००:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्