• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली रणनीति : सके फकाउने, नत्र थकाउने

64x64
डिबी खड्का बुधबार, वैशाख २४, २०७७  २०:३४
1140x725
प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं-  बुधबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक बस्ने कार्यक्रम पूर्वनिर्धारित थियो। तोकिएको समयभन्दा केही ढिलो गरी सचिवालय सदस्यहरू जुटे। सबैभन्दा ढिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आइपुगे। 

एक सचिवालय सदस्यका अनुसार आउनेबित्तिकै चारैतिर हेरे। एकछिन अनौपचारिक कुराकानी भयो। त्यसपछि उनले भने,  'कमरेडहरु आज म धेरै थाकेको छु। बैठक बस्न सक्ने अवस्था छैन।'

प्रधानमन्त्री ओली बैठकको एजेन्डामा प्रवेश नै नगरी बाहिरिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाँकी सचिवालय सदस्यहरुले एकछिन आराम गरेर बैठकमा फर्किने अपेक्षा गरे। औपचारिक रुपमा बैठक सुरु भएन। ती सचिवालय सदस्य भन्छन्, 'हामीले केही बेर बैठकका कुरा नगरेर उहाँलाई पर्ख्यौं। तर उहाँ आउनुभएन।'

त्यसपछि अनौपचारिक रुपमा सचिवालयका बाँकी सदस्यहरू विषयप्रवेश गरे। उनीहरूले आफूलाई लागेका विषयमा धारणा राखे। आ–आफ्नो ढंगले छलफल गरे। सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकमा राख्नुपर्ने एजेन्डा उठाएपछि अर्का अध्यक्ष प्रचण्ड टिप्न थाले। 

'उहाँ बैठकमा फर्किने कुनै संकेत देखिएन। हामी कुर्नुको औचित्य रहेन,' एक सचिवालय सदस्यले भने, 'त्यसपछि दुई अध्यक्षबीच छलफल गरेर बैठक र एजेन्डा टुंग्याउनू भन्दै हिँड्यौं।'

यसपछि अध्यक्षद्वयबीच भेटघाट भयो। प्रचण्डसँगको भेटका क्रममा ओलीले स्थायी कमिटी बैठक नै नराखेर सहयोग गर्न आग्रह गरेको अध्यक्ष प्रचण्ड निकट स्रोतले बताएको छ। सरकारका नीति तथा कार्यक्रम, बजेट तथा कोरोनाविरुद्धको लडाई लड्नुपर्ने भएकाले तत्कालको अवस्थामा स्थायी कमिटी बैठक पछि गर्ने गरि वातावरण मिलाउन आग्रह गरेका थिए। 'नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुछ। कोरोनाविरुद्धको लडाईंलाई अझै प्रभावकारी बनाउनुपर्नेछ। अहिलेका प्रायोरिटी यी हुन्। पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ। साथीहरूले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्‍यो,' भनी प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग आग्रह गरेको प्रचण्ड निकट स्रोतले नेपाल लाइभसँग भन्यो।  

सके फकाउने नत्र थकाउने
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आलोचना भएको र राजीनामा समेत माग गर्ने तयारी प्रचण्ड तथा नेपाल समूहले गरेपछि सके फकाउन नत्र थकाउने रणनीतिमा छन्। उनले यसअघिको सचिवालय कमिटी बैठकमा आत्मालोचना गरेर सबै सदस्यलाई फकाउने अस्त्रका रूपमा प्रयोग गरेका थिए। उनले पार्टीका असन्तुष्ट नेताहरूलाई विभिन्न प्रलोभन देखाएर फकाउने गरेका विषय पनि यसअघि आइकसकेका छन्। अध्यक्ष प्रचण्डलाई समान हैसियतको नेकपा अध्यक्ष भएको भान पार्नका लागि उनले सचिवालय बैठकको टेबलपोस आफ्नो जस्तै रातो बनाउन लगाएका थिए। नेपाल समूहलाई फकाउनका लागि उनले तेस्रो अध्यक्षको प्रस्ताव लिएर आफू निकट नेताहरूलाई उनकै निवासमा भेट्न पठाएका थिए। नेता वामदेव गौतमलाई फकाउनका लागि उनले प्रतिनिधिसभा सदस्य बनाउन पार्टीले सहयोग गर्ने निर्णय गराउन सफल भए। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय भने ओली रणनीति फकाउनेबाट थकाउने तर्फ लागेको देखिएको छ। बैठकमा उपस्थित नभएर थकाउने या बैठकमा ढिलो गरी उपस्थित भएर थकाउने उनको रणनीति बुधबारको सचिवालय बैठकले स्पष्ट पारिसकेको छ। बैठक पछि पनि उनी अध्यक्ष प्रचण्डसँगको भेटमा स्थायी कमिटी बैठक नै नराखेर थकाउने रणनीतिमा प्रवेश गरेका छन्। 

प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक बोलाउने विपक्षमा सुरुदेखि नै छन्। सरकारका कामकारबाहीका विषयमा तीव्र आलोचना भइरहेकै बेला बैठक बोलाउँदा सही परिणाम ननिस्किने उनले यसअघिको सचिवालयको बैठकमा बताएका थिए। 

नेकपाका २० जना स्थायी कमिटीले बैठक माग गर्नुका साथै सचिवालयका अन्य सदस्यमाथि दबाब बढाए। प्रधानमन्त्री ओली माहोलअनुसार निर्णय गर्न खप्पीस रहेको ती सचिवालय सदस्यको दाबी छ। उनी भन्छन्, 'यसअघि राजिनामाकै माग उठेकाले स्थायी कमिटीको बैठक बोलाउने कुरामा सहमति गर्नुभयो। राजीनामा मागविरुद्ध माहोल सिर्जना भएपछि स्थायी कमिटी टार्न खोज्दै हुनुहुन्छ।'

सचिवालय बैठक पनि किस्ताबन्दीमा गर्दै जानुको रणनीतितर्फ दृष्य डुलाउन उनले सुझाए। अध्यादेशको विवाद आएपछि पहिलो सचिवालय बैठकमा केही आलोचना सल्ट्याए। उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई अध्यक्ष बनाउने जाल फ्याँके।

यसले ओलीको उदारता मात्रै दर्शाएन। 'वार कि पार' गर्न बैठकमा पुगेका सचिवालयका अन्य सदस्यलाई शान्त बनाउने काम गर्‍यो। 

उक्त विषयमा अर्को सचिवालय बैठकमा औपचारिक प्रस्ताव आउने र त्यसलाई पास गर्ने रणनीतिमा नेपालइतर समूह लागिपरेको थियो। कम से एक पदबाट ओलीलाई राजीनामा दिन लगाउने र स्वेच्छाचारितामा ब्रेक लगाउन सकिने भन्दै उसले तयारी पनि भयो। तर यही बीचमा ओलीले खेल्ने मौका पाए। उनले उपाध्यक्ष वामदेव गौतम मात्रै आफ्नो पक्षमा ल्याएनन्,  पूर्वमाओवादीका प्रभावशाली नेताहरूलाई समेत राजीनामा दिँदा अस्थिरताको सन्देश जाने कुरामा 'कन्भिन्स' गराए।

राजीनामा दिनुपर्ने माग लिएर बैठक पुगेका प्रचण्ड–नेपाल समूहका अघि उनले आत्मआलोचना गरेर र स्थायी कमिटी बैठकको मिति तोकिदिए। २० गते बसेको बैठकमा उनले स्थायी कमिटीको बैठक बोलाएपछि त्यहीँ जमेर छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओलीका कामप्रति असन्तुष्ट समूहले तयारी गरेको थियो।

तर आफूइतर समूहको उक्त सपना पूरा हुन दिनेमा ती सचिवालय सदस्य सशंकित छन्। उनी भन्छन्, 'उहाँ पहिलेदेखि नै धेरै तीतो भएको बेला झन् तीतो बनाउन बैठक बोलाउनु राम्रो होइन। पछि बैठक बोलाउँला भन्नुहुन्थ्यो। सचिवालयका बहुमत सदस्यका अघि केही सीप नलागेर उहाँ बाध्य हुनुभएको हो।'

प्रधानमन्त्री ओलीले यो बीचमा प्रचण्ड-माधव समूहको शक्ति मापन गरेका छन्। ती सचिवालय सदस्यका अनुसार स्थायी कमिटीमा आफू विरुद्ध एजेन्डा सजिलै बहुमतबाट पास हुने देखेपछि जति आलोचना भएपनि टार्ने रणनीतिमा उनी लागेका हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्