• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विश्वासको ‘संकट’ले वाम एकतामा ‘ब्रेक’

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  १५:१७
1140x725

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चाहन्थे, आफ्नो भारत भ्रमण अगावै वाम एकताको औपचारिक घोषणा होस्।

तर, एकीकृत पार्टीको सांगठनिक हिस्सेदारीमा कुरा नमिल्दा ओलीको गृहकार्यले पूर्णता पाएन। 

नयाँदिल्ली उड्नु अघिल्लो दिन चैत २२ मा प्रधानमन्त्री ओलीले पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा डाकेका थिए।

एकता संयोजन समितिको उक्त बैठकले एकता प्रक्रिया टुंग्याउने विषयमा ठोस निर्णय गरेन। तर, समितिले बनाएका दुई कार्यदलको सुझाव अनुसार एउटा निष्कर्ष निकाल्यो, कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एकताको औपचारिक घोषणा गर्ने।

बैठकबाट बाहिरिएका माओवादी केन्द्रका एक नेताले प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै चैत २७ मा पुनः एकता संयोजन समितिको बैठक बस्ने सहमती बनेको बताएका थिए। 

भारतको तीनदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली काठमाडौं फर्किए लगत्तै मुलुक नेपाल प्रहरी र सशत्र प्रहरीको नयाँ नेतृत्वको चयनमा होमिसकेको थियो। 

गृहमन्त्रालयको नेतृत्व माओवादीसँग थियो। लगाम प्रधानमन्त्रीले समातेका थिए।

प्रहरीको नयाँ नेतृत्वमा दुई आकांक्षीले भित्री रुपमा राजनीतिक लबिङ तीव्र पारेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वेन्द्र खनाललाई नयाँ आइजिपी बनाउन चाहन्थे। प्रधानमन्त्री ओली खनालको पक्षमा थिएनन्। दुवै नेता आ–आफ्नै अडानमा थिए। 

चैत २७ बेलुका बालुवाटारमा बसेको एमाले र माओवादीको शीर्ष नेतृत्वसहितको बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रचण्ड हाबी बने। 

पार्टी एकता प्रक्रियाको संवेदनशीलतालाई बुझेर लचक बन्न प्रधानमन्त्री ओलीलाई प्रचण्डले आग्रह गरे। 

पछिल्लो समय माओवादी केन्द्रका नेताहरुको निशानामा रहेका प्रधानमन्त्री ओलीसमेत आइजिपीमा खनालको नाममा सहमत हुन पुगे। अन्ततः खनाल नै आइजिपी बने।

Xtrem

Xtrem

प्रहरीको नयाँ नेतृत्वमा प्रधानमन्त्री पछाडि हट्नुमा प्रधानमन्त्री ओलीप्रति माओवादी नेताहरुको असन्तुष्टि प्रमुख कारण थियो। 

एकता प्रक्रियालाई निष्कर्ष दिन दुवै दलका शीर्ष नेतृत्व निरन्तर संवादमा छन्, तर, माओवादी नेतृत्व अझै पनि एमालेलाई पूरा विश्वास गरिसक्ने अवस्थामा पुगेको देखिँदैन। 

प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र संवाद प्रक्रियामा एमालेको अडानका कारण एकता प्रक्रिया अप्ठ्यारो मोडमा रहेको माओवादीका नेताहरु बताउँछन्। 

दुवै दलबीच विश्वासको वातावरण बनिनसकेको भन्दै वैशाख ९ मा गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा तत्कालका लागि टरेको माओवादी नेता मणि थापाले बताएका छन्। 

एमाले र माओवादीको एकता प्रक्रियामा नेतृत्व व्यवस्थापनसँगै दुवै दलका शीर्ष नेताबीच विश्वासको वातावरण बन्न नसकेको दुवै दलका नेताहरु भित्री रुपमा स्वीकार गर्छन्। 

ओलीको कार्यशैलीप्रति माओवादीको अविश्वास

गत सोमबार बिहानै ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले एउटै गुनासो गरे, मन्त्रालयका सचिव सरुवामा प्रधानमन्त्रीले कुनै छलफल गरेनन्। 

सरकार सञ्चालनको ब्रिफिङ गर्न खुमलटार पुगेका माओवादीका मन्त्रीहरुले प्रचण्डसामु प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि जनाए। 

पार्टी एकता प्रक्रियामा रहे पनि सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रलाई प्रधानमन्त्री ओलीले पेलेर अघि बढ्न खोजेको अनुभव गरेको माओवादीका मन्त्रीहरुको गुनासो थियो।

माओवादी नेतृत्वसमेत प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र निर्णयप्रति सशंकित छ। पार्टी एकता प्रक्रिया संक्रमणकालीन अवस्थाबाट गुज्रिरहँदा एमाले अध्यक्ष ओलीले दुई दलबीच विश्वासको वातावरण सिर्जना गर्न नसकेको माओवादीको ठम्याई छ। 

प्रधानमन्त्री ओली एकल निर्णयमा अगाडि बढेको र आन्तरिक रुपमा सरकारभित्र लोकतान्त्रिक अभ्यास देखाउन नसकेको माओवादीका एक मन्त्रीले आरोप लगाए। 
ओलीले एकताको आधार कमजोर बनाउँदै अघि बढ्दा पार्टी एकता प्रक्रिया संकटमा परेको माओवादी नेताहरुको बुझाइ छ। 

प्रधानमन्त्रीको भारत भ्रमणबाट खुसी छैन माओवादी

बाहिर असन्तुष्टि नदेखाए पनि माओवादी केन्द्र प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट खुसी भने छैन। 

माओवादीको चाहना थियो, वामपन्थी सरकारको नेतृत्वकर्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट नहोस्। 

ओलीको ‘भारतविरोधी राष्ट्रवाद’को नारामा उभिन आइपुगेको माओवादीले कुनै तेस्रो मुलुकबाट पहिलो विदेश भ्रमण थाल्न प्रधानमन्त्रीलाई सुझाएको थियो। तर, ओलीले पहिलो विदेश भ्रमणका रुपमा भारत नै रोजे। 

परम्परागत रुपमा भारतको हेपाहा प्रवृत्तिबाट मुक्त हुन खोजेको सन्देश विदेश भ्रमणले दिनुपर्ने माओवादीको धारणा थियो। 

तर, प्रधानमन्त्री ओलीले जुन किसिमको सम्बन्ध भारतसँग स्थापित गर्न कोसिस गरेका छन्, त्यो उनको पछिल्लो चरित्रभन्दा विपरीत रहेको माओवादी बुझाइ छ। 

माओवादीका एक नेता भन्छन्, ‘राष्ट्रवादको नारामा जनताले जुन स्तरको मत ओलीलाई दिएका थिए, उनले त्यो मतको नेतृत्व गर्दै विदेश भ्रमणको पुरानो ढाचाँलाई परिवर्तन गर्नुपथ्र्यो जस्तो लाग्छ। ओलीजी जनताले दिएको मतको ठाउँमा बसेनन् भन्ने हाम्रो ठम्याई हो।’

निर्वाचनको परिणामपछि नयाँ सरकारको नेतृत्वमा आएका प्रधानमन्त्री ओली भारततिर अलि बढी ढल्किएजस्तो देखिएको ती नेताले बताए। 

समानता वा संख्याको आधार?

एमालेसँग पार्टी एकता गर्ने घोषणासहित चुनावमा होमिएको माओवादीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग ६०÷४० को भागवण्डा गर्यो। माओवादीका एक नेता भन्छन्, ‘चुनावी

परिणामपछि प्रादेशिक सरकारमा एमालेलाई ७० प्रतिशत दिएर माओवादी ३० प्रतिशतमा समेटियो। माओवादीभित्र यसबारे असन्तुष्टि पैदा भयो। तर, अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा जटिलता पैदा हुने भन्दै नेतालाई ‘कन्भिन्स’ गराउनुभयो।’

तर, एकता प्रक्रिया निर्णायक बिन्दुतिर आइपुग्दै गर्दा प्रचण्डले सांगठनिक व्यवस्थापन ‘समानाताका आधारमा’ भनेका छन्। यसको अर्थ प्रचण्डले एकीकृत पार्टीको संरचनामा बराबरी हैसियत खोजेका हुन्।

भातृ संगठनको संख्यामा केही ‘तलमाथि’ भए पनि केन्द्रीय कमिटीमा प्रचण्डले बराबरी संख्या खोजेको ती नेता बताउँछन्। त्यही अनुपातमा पोलिटब्युरो र स्थायी कमिटीमा माओवादी बराबरी हैसियत चाहन्छ। 

प्रचण्ड स्वयंले विचारका आधारमा पार्टी एकता हुनुपर्ने बताउँदै एकीकृत पार्टीमा दुवै पार्टीले सम्मानजनक स्थिति महसुस गर्न पाउनुपर्ने जनाउँदै आएका छन्। 

तर, एमाले दुवै पार्टीको वर्तमान सांगठनिक आकार र चुनावी परिणामलाई पार्टी एकताको आधार बनाउन चाहन्छ। भद्रगोल सांगठनिक संरचना रहेको माओवादीलाई बराबरी हैसियत दिन नसकिने एमाले नेतृत्वले अनौपचारिक संवादमा बताउने गरेका छन्। 

पार्टी एकतालाई एमालेले माओवादीको आफूमा विलयका रुपमा बुझेकाले समस्या पैदा भएको माओवादीका एक नेता बताउँछन्।

‘पार्टी एकता त विचारका आधार हो। पार्टी एकता भनेको विचार हो। सरकार भनेको शक्ति सन्तुलन हो। असमान तरिकाले शक्तिको मात्र सेयरिङका रुपमा माओवादी एकतामा आउँदैन,’ ती नेताले भने। 

दुवै पक्ष गलाउने रणनीतिमा

माओवादी अध्यक्ष प्रचण्डले स्वास्थ्यको कारण देखाएपछि बुधबारका लागि बोलाइएको एकता संयोजन समितिको बैठक स्थगित भयो। अघिल्लो दिन बिरामी भएर बैठक स्थगित गरेका प्रचण्ड लगत्तै भोलिपल्ट गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री ओलीले समेत बिहीबार विभिन्न कार्यक्रममा सहभागी भएर दिन कटाए। 

वाम गठबन्धनले गठन गरेको कार्यदलका सदस्यहरु अहिले जिल्ला कार्यक्रममा व्यस्त छन्। निर्णायक छलफल गर्ने भनिएको बैठक राख्न दुवै पक्षले चासो देखाएका छन्। 

दुवै दलका शीर्ष नेतृत्व एकअर्कालाई गलाएर एकता प्रक्रियाको निर्णायक बिन्दुमा आफूलाई माथि पार्न चाहन्छन्। 

प्रधानमन्त्री ओलीले एकताका लागि विश्वासको वातावरण बनाउन नसकेको बताउँदै माओवादी नेतृत्व अझै पनि एमालेसँग सशंकित छ। सोही कारण वैशाख ९ मा पार्टी एकताको औपचारिक घोषणाको तयारी गरिए पनि प्रक्रिया लम्बिने देखिएको माओवादीका एक नेता बताउँछन्।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्