काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रसंघीय शान्ति मिसनमा करोडौं आम्दानी गुमाएका छन्। राष्ट्रसंघले तोकेअनुसारको बन्दोबस्ती सामान खरिद गर्न नसक्दा आम्दानी गुमेको हो।
महालेख ापरीक्षकको ५५ औं प्रतिवेदनअनुसार सयुक्त राष्ट्रसंघले लागू गरेको सीओई (कन्टिन्जेन्ट ओन्ड इक्विपमेन्ट) निरीक्षण नीतिअनुसार मिसनमा तैनाथ हुनुपर्ने मुख्य उपकरण तथा सवारीसाधन नभएमा वा परीक्षणमा पास हुन नसक्दा सुडान मिसनमा कार्यरत नेपाल प्रहरीले ८ करोड ८ लाख ४ हजार शोधभर्ना गुमाएका छन्।
त्यस्तै आर्म पर्सोनेल क्यारिएर (ए.पी.सी.) तथा अन्य उपकरण समयमै खरिद गरी व्यवस्थापन गर्न नसक्दा यो वर्ष सुडान तथा हाइटीबाट अमेरिकी डलर ३ लाख ३१ हजार पनि प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ।
प्रहरी कल्याण कोष अन्र्तगत सञ्चालित पेट्रोल पम्प, पुलिस क्लबहरुको लेखापरिक्षण गर्न महालेखाले निर्देशन दिएको छ।
सशस्त्र प्रहरी बलले आर्म पर्साेनेल क्यारियर (ए.पी.सी.) लगायत स’रक्षा उपकरण उपलब्ध गराउन नसक्दा तैनाथी बापत पाउने भत्ता दक्षिण सुडानस्ति जुबा मिसनको अमेरिकी डलर १७ लाख ९३ हजार ७ सय ६३ र दक्षिण सुडानको बोर मिसनको १५ लाख ४१ हजार ४७७ समेत अमेरिकी डलर ३३ लाख ३५ हजार २३ डलर अर्थात् २३ करोड ६३ लाख ७३ हजार गुमाएको छ।
सामान खरिदमा विवादका कारण दुवै प्रहरीले शान्ति मिसनमा यसरी करोडौं नोक्सानी बेहोर्दै आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।