काठमाडौं– गत आर्थिक वर्षभन्दा यस वर्ष २६.२० प्रतिशतले बेरुजु बढेको छ। ३ खर्ब ९६ अर्ब २५ करोड रहेकोमा यस वर्ष उक्त रकम ५ खर्ब ८ करोड पुगेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
महालेखाले सो प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।
यस वर्ष सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार मन्त्रालयको देखिएको छ। कुल बजेटको २२.४३ प्रतिशत अर्थात् २ खर्ब १२ अर्ब ६ करोड ९८ लाख बेरुजु देखिएको छ। भौतिकपछि अर्थ मन्त्रालयमा बेरुजु धेरै देखिएको छ। धेरै को १७.०५ प्रतिशत रकम बेरुजुमा महालेखाले राखेको छ। धेरैको १ खर्ब ६१ अर्ब ६३ करोड ९ लाख रकम खर्चमा गरेको आधार पुष्टि हुने नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
यस्तो छ मन्त्रालयगत अनियमितता
यस वर्ष असुल हुनुपर्नेमा सबैभन्दा धेरै अर्थ मन्त्रालयमा देखिएको छ । ९ अर्ब ३९ करोड ७५ लाख उसले असुल गर्नुपर्ने देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यस्ता छन् मन्त्रालयगत बेरुजु शीर्षक र अंक
महालेखाले व्यवस्थापिका संसद्, सर्वोच्च अदातल, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, आपूर्ति, उद्योग, ऊर्जा, कृषि, खानेपानी तथा सरसफाई, गृह, जनसंख्या तथा वातावरण, परराष्ट्र,पशुपक्षी विकास भूमि सुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका लगायत ३४ निकायको प्रतिवेदन र बेरुजु अंक उल्लेख गरेको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।