महोत्तरी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन्।
विभिन्न शिक्षक संगठनले आज बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिए।
उनले अब चाँडै बाल शिक्षा, विद्यालय शिक्षा र उच्च शिक्षाको समायोजन हुने बताए।
प्रदेश नं २ मा एक लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिँदै मन्त्री पोखरेलले यस वर्षको भर्ना अभियानमा सम्पूर्ण बालबालिकालाई विद्यालयसम्म पुर्याउनमा सबै सरोकार भएकालाई आह्वान गरे।
जिल्ला शिक्षा कार्यालयलाई खारेज गरेर आजैदेखि शिक्षा विकास समन्वय एकाइ समिति गठन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले समन्वय समितिमा पाँचदेखि नौ जनाको दरबन्दी रहने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।