• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सुरम्य बन्दै बुलबुले : दोब्बर ठूलो ताल, १० वटा पिकनिक स्पट

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  ११:३८
1140x725

सुर्खेत- फराकिलो ताल, नजिकै स्वीमिङ पुल। नुहाउनका लागि छुट्टै धारा, पिकनिक पार्कसहित मनोरम उद्यान। तालमा नियमित डुंगा सञ्चालन हुनेछन्। हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु ओइरिनेछन्। 

सुर्खेत उपत्यका नगर विकास समितिले बनाएको गुरुयोजनाको परिकल्पना हो, यो। 

‘हेर्न लायक बुलबुले’ बनाउने लक्ष्यसहित नगर विकास समितिले बुलबुले विकास गुरुयोजना सार्वजनिक गरेको छ। गुरुयोजनामा बुलबुलेको स्तरोन्नति गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना गरिएको छ। 

पछिल्लो समय बुलबुले उद्यान व्यवस्थापनलाई तीव्र पारेको सुर्खेत उपत्यका नगर विकास समितिले गुरुयोजना बनाएर काम अघि बढाएको हो। ३१ बिघा १४ कट्ठा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यानलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरिएको नगर विकास समितिले जानकारी दिएको छ। 

दोब्बर ठूलो ताल
गुरुयोजनाको परिकल्पना अनुसार बुलबुले ताल अहिलेको भन्दा दोब्बरले ठूलो हुनेछ। जिल्लाको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले ताललाई फराकिलो बनाउने योजना समितिले बनाएको हो। 

डुंगा सञ्चालनमा ल्याउने गरी ताललाई फराकिलो बनाइने भएको हो। ताललाई ३ दशमलव ५ बिघा क्षेत्रफलमा विस्तार गर्न लागिएको हो। तालको पूर्वतर्फ खाली रहेको भूभागलाई कटान गरिने भएको छ। पश्चितर्फ ताल फराकिलो बनाउँदा रुख र प्राकृतिक सम्पदाहरु मासिने भन्दै पूर्वतर्फ विस्तार गरिने भएको हो। हाल तालको क्षेत्रफल १ दशमलव ७५ बिघा मात्रै छ।

नियमित डुंगा सञ्चालन 
पर्यटकहरुलाई आकर्षित गर्न तालमा नियमित डुंगा सञ्चालन गर्ने योजना पनि समितिले बनाएको छ। ताल अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डुंगामार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तालमा नियमित डुंगा सञ्चालन गरिने भएको हो। 

विगतमा पनि पटकपटक डुंगा सञ्चालन गरिए पनि नियमित हुन सकेको छैन। तर अब भने तालको क्षेत्रफल विस्तार गरी नियमित रुपमा डुंगा सञ्चान गरिने जनाइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

१० वटा ‘पिकनिक स्पट’
सार्वजनिक गुरुयोजना अनुसार बुलबुले उद्यानभित्र १० ‘पिकनिक स्पट’ बनाइने भएको छ। जिल्लाभित्रका साथै बाह्य जिल्लाहरुबाट समेत हरेक वर्ष बुलबुलेमा पिकनिक खानका लागि आउनेहरुको भिड लाग्ने गर्दछ। अव्यवस्थित रुपमा हुने पिकनिकलाई व्यवस्थित गर्न बेग्लाबेग्लै १० वटा पिकनिक पार्क बनाउने योजना समितिले अघि सारेको हो।

उद्यानभित्र पिकनिक पार्क, मन्दिर क्षेत्र र प्रवेश क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरिएको छ। जसअनुसार पार्कभित्रै पिकनिक पार्क स्थापना गर्न लागिएको हो। यसले अव्यवस्थित रुपमा आयोजना हुने पिकनिकलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा समितिले गरेको छ। 

स्वीमिङ पुल निर्माण
गुरुयोजनामा स्वीमिङ पुलको समेत अवधारणा अगाडि सारिएको छ। खुल्ला रुपमा नुहाउँदा बुलबुले तालको शोभामा असर परेको भन्दै उद्यान क्षेत्रभित्रै स्वीमिङ पुल निर्माण गरिने समितिले जनाएको छ। 

यस्तै, उद्यान भित्र प्रवेशसँगै ठाउँठाउँमा भेला भएर बस्न मिल्ने पार्क, दोस्रो गेटबाहिर पार्किङ स्थल, विभिन्न स्थालमा वृक्षारोपण गरी हरियाली बनाइने भएको छ। बुलबुले तालभित्र रहेका १० वटा धारालाई समेत व्यवस्थित गरिने भएको छ। सबै धार्मिक क्रियाकलापहरुलाई व्यवस्थित गर्न धार्मिक क्षेत्र नै तोकिने समितिले जनाएको छ। बालबालिकाका लागि बालपार्क, हेर्न लायक बुलबुले बनाउन समितिले गुरुयोजना सार्वजनिक गरेको हो। विगतमा संरक्षण अभावले अस्तव्यस्त बनेको बुलबुले उद्यान क्षेत्र व्यवस्थित बनाउन थालिएको छ। 

साढे ३१ करोड लाग्ने
आर्किटेक्ट डिजाइन सेन्टरले तयार पारेको गुरुयोजना अनुसार बुलबुलेलाई आकर्षक बनाउन करिब ३१ करोड ७३ लाख ३२ हजार रुपैयाँ लागत लाग्ने बताइएको छ। बुलबुलेको प्राकृतिक स्वरुपमा असर नपर्ने गरी उद्यानलाई व्यवस्थित बनाइने डिजाइन सेन्टरका सुमन महर्जनले बताए।

हाल बुलबुलेको स्वरुप कल्पना गरे जस्तो नभएको भन्दै उनले व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघ सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइरहेका छन्। आर्थिक अभावका बीच सार्वजनिक गरिएको गुरुयोजना कार्यान्वयनका लागि चुनौतीपूर्ण बनेको उनले बताए। 

कर्णाली प्रदेशका पर्यटकीय सम्पदाहरुको फोटोहरुसमेत पार्क भित्र अवलोकनको व्यवस्था मिलाइने भएको छ। हाल उद्यान व्यवस्थापनका लागि बजेट अभाव रहेको सुर्खेत उपत्यका नगर विकास समितिका सभापति नारायण कोइराला बताउँछन्।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश
सम्बन्धित सामग्री
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । बुधबार, असार ३, २०८३
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
ताजा समाचारसबै
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध सोमबार, असार १५, २०८३
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश सोमबार, असार १५, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्