• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गए शासक फेर्न, फर्के आसन फेरेर

64x64
डिबी खड्का शनिबार, वैशाख २०, २०७७  २१:५६
1140x725

काठमाडौं– सत्तारुढ दल नेकपाभित्रको पछिल्लो राजनीतिक दाउपेचले  प्रारम्भमा गरिएका अनुमानहरुभन्दा अलग हिसाबको घुम्ति तय गर्दैछ।  बहुप्रतिक्षित शनिबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित भएका कतिपय निर्णयका बारेमा आत्मआलोचना गरेका छन्। र, दाउपेचका एक प्रभावशाली पात्र बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउन निर्णय गरिएको छ।

‘घेराबन्दी’मा परेका भनिएका प्रधानमन्त्री ओलीबारे यसअघि शनिबार दिउँसोमात्रै सचिवालयमा बहुमत सदस्यहरु उनलाई प्रधानमन्त्रीबाट नहटाउने पक्षमा रहेका समाचारहरु सार्वजनिक भएका थिए। सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाएको छ। यससँगै प्रधामन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ओलीइतर समूहको एजेन्डा  धुमिल बनेको राजनीतिक विश्लेषणहरु सतहमा आउन थालेका छन्।

प्रधानमन्त्री ओलीको शासनमाथि धावा बोलिरहेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूह आसन फेरेर फर्किएको छ। नैतिकताको हतियार बोकेर ओलीलाई पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट राजीनामा गराउन बालुवाटार पुगेको भैंसेपाटी बटालियन तितरबितर भएको छ।

बम बोकेर बसेका ओलीले हानेको पद लोलुप टियर ग्याँसबाटै टोली लाखापाखा लागेको छ। शासन फेर्न तम्सिएका कार्यकारी अध्यक्ष प्रचण्ड तत्कालका लागि आसनमा चित्त बुझाउन पुगेका छन्। उनी स्वभाविक रुपमा पाउनुपर्ने शक्ति र हैसियत किस्ताबन्दीमा पाइरहेका छन्। नेकपामा ओली दाताको रुपमा देखिएका छन् भने प्रचण्ड प्राप्तकर्ताको। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको दाउपेचका शिकार पार्टी एकीकरण गरेदेखि नै भइरहेका छन्। सुरुमा अध्यक्ष प्राप्त गरे, अधिकार पाएनन्। पाँच वर्षे शासनकालमा साढे २ वर्ष प्रधानमन्त्री बन्न पाउने तमसुक अध्यक्षका अघि ’कार्यकारी’ थप्ने क्रममा च्यात्नुपर्‍यो। 

कार्यकारी अध्यक्ष पाएपनि काम गर्न पाइरहेका छैनन्। पार्टीले सरकार चलाउने भनिएको थियो। कम्युनिस्ट पार्टीमा त झन् अनिवार्य शर्त हो। तर महत्वपूर्ण अध्यादेश समेत बजारमा हल्लाखल्ला भइसकेपछि थाहा हुन्छ। सचिवालयमा राष्ट्रिय सभामा पठाउने व्यक्तिको टुंगो लगाएर निर्णय गरिन्छ। अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली त्यसलाई कार्यान्वयन नगर्न उद्दत हुन्छन्। 

विशाल कम्युनिस्ट पार्टीको कमजोर कार्यकारी अध्यक्ष प्रचण्डलाई केही समयअघि चुप नलाग्ने झोंक चल्यो। पार्टीमा असन्तुष्ट नेता त प्रशस्त पुगिसकेका थिए। उनीहरुलाई साथ लिएर पार्टी र सरकारमा एकलौटी शासन गरिरहेका ओलीको आसन हल्लाउने तयारी गरे। पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसमेत साथ भएपछि उनलाई लागेको थियो, ओलीलाई सबक सिकाउन सकिन्छ। 

सचिवालयको निर्णय विफल
गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णयसँगै यसअघि सचिवालयले गरेको राष्ट्रिय सभामा सिफारिसको निर्णय विफल भएको छ। गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने प्रावधान नभएसम्म त्यता नजाने अडान लिएका गौतम राजी भएका थिए। तर, प्रधानमन्त्री ओलीले सांसद बनाउने सरकारको अधिकार रहेको बताउँदै उक्त निर्णयलाई सैद्धान्तिकको संज्ञा दिए। केही दिनपछि वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमै भेटेर  भने, ‘वामदेवलाई राष्ट्रिय सभामा ल्याउने होइन, युवराज खतिवडालाई हटाउने षड्यन्त्र हो। यो निर्णय म मान्दिनँ, सरकारको अधिकारको कुरा हो।’ 

सचिवालयको यो निर्णय नमान्ने ओलीको चाहना पूरा भएको छ। गौतमलाई प्रतिनिधी सभामा लैजाने निर्णयसँगै राष्ट्रिय सभाको रिक्त कोटामा खतिवडा पक्का भएका छन्। आगामी कार्यकाल पनि अर्थमन्त्री उनी नै निरन्तरता दिनेछन्। 

भैंसेपाटी समूहको उदय र पतन
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्यो। उनले राजीनामा दिएपछि रिक्त बनेको प्रतिनिधी सभाको सभामुख सुवास नेम्वाङलाई ओलीले निकै कसरत गरे। तर, प्रचण्डले आफूनिकटका अग्नि सापकोटालाई सभामुख बनाउन अड्डी कसे। सचिवालयका धेरै सदस्यले उनलाई साथ दिए। प्रचण्डले प्रस्ताव गरेको व्यक्ति सभामुख हुने सचिवालयका बहुमत सदस्यको धारणापछि ओली पछाडि हट्नुपर्‍यो।

नेम्वाङलाई सभामुख बनाउन नदिनुमा बामदेव गौतमको भूमिका रहेको ओलीको बुझाइ थियो। किनभने बामदेव निवास भैंसैपाटीमा भएको बैठकले सभामुख पूर्व माओवादीलाई दिने  निर्णय गर्‍यो। यहीबाट यो गुटको उदय भएको थियो। उक्त बैठकमा प्रचण्डसहित झलनाथ खनाल,  माधवकुमार नेपाल,  गौतम र नारायणकाजी श्रेष्ठ थिए। 

भैंसीपाटीमा यसरी ओलीविरुद्ध भएको एकताले केही दिनअघिसम्म निरन्तरता पायो। भैंसेपाटी मोर्चा नेकपाभित्र हाबी भइरहेको थियो। तत्काललाई यो मोर्चा छिन्नभिन्न बनाउन  सफल भएका छन्।

भैंसेपाटी समूहका कारण डगमगाउन खोजेको उनको आसन जोगिएको छ। स्थायी कमिटीको बैठकमा ओलीको कार्यशैलीमाथि औंला तेर्सिने सम्भावना त कायम छ। तर सचिवालय नै नरम भइसकेपछि त्यो गरम बहश मनको भँडास पोख्नका लागि मात्रै हुनेछ। फेरि एकपल्ट ओली सफल राजनीतिक खेलाडि दरिएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्