• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गए शासक फेर्न, फर्के आसन फेरेर

64x64
डिबी खड्का शनिबार, वैशाख २०, २०७७  २१:५६
1140x725

काठमाडौं– सत्तारुढ दल नेकपाभित्रको पछिल्लो राजनीतिक दाउपेचले  प्रारम्भमा गरिएका अनुमानहरुभन्दा अलग हिसाबको घुम्ति तय गर्दैछ।  बहुप्रतिक्षित शनिबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित भएका कतिपय निर्णयका बारेमा आत्मआलोचना गरेका छन्। र, दाउपेचका एक प्रभावशाली पात्र बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउन निर्णय गरिएको छ।

‘घेराबन्दी’मा परेका भनिएका प्रधानमन्त्री ओलीबारे यसअघि शनिबार दिउँसोमात्रै सचिवालयमा बहुमत सदस्यहरु उनलाई प्रधानमन्त्रीबाट नहटाउने पक्षमा रहेका समाचारहरु सार्वजनिक भएका थिए। सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाएको छ। यससँगै प्रधामन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ओलीइतर समूहको एजेन्डा  धुमिल बनेको राजनीतिक विश्लेषणहरु सतहमा आउन थालेका छन्।

प्रधानमन्त्री ओलीको शासनमाथि धावा बोलिरहेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूह आसन फेरेर फर्किएको छ। नैतिकताको हतियार बोकेर ओलीलाई पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट राजीनामा गराउन बालुवाटार पुगेको भैंसेपाटी बटालियन तितरबितर भएको छ।

बम बोकेर बसेका ओलीले हानेको पद लोलुप टियर ग्याँसबाटै टोली लाखापाखा लागेको छ। शासन फेर्न तम्सिएका कार्यकारी अध्यक्ष प्रचण्ड तत्कालका लागि आसनमा चित्त बुझाउन पुगेका छन्। उनी स्वभाविक रुपमा पाउनुपर्ने शक्ति र हैसियत किस्ताबन्दीमा पाइरहेका छन्। नेकपामा ओली दाताको रुपमा देखिएका छन् भने प्रचण्ड प्राप्तकर्ताको। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको दाउपेचका शिकार पार्टी एकीकरण गरेदेखि नै भइरहेका छन्। सुरुमा अध्यक्ष प्राप्त गरे, अधिकार पाएनन्। पाँच वर्षे शासनकालमा साढे २ वर्ष प्रधानमन्त्री बन्न पाउने तमसुक अध्यक्षका अघि ’कार्यकारी’ थप्ने क्रममा च्यात्नुपर्‍यो। 

कार्यकारी अध्यक्ष पाएपनि काम गर्न पाइरहेका छैनन्। पार्टीले सरकार चलाउने भनिएको थियो। कम्युनिस्ट पार्टीमा त झन् अनिवार्य शर्त हो। तर महत्वपूर्ण अध्यादेश समेत बजारमा हल्लाखल्ला भइसकेपछि थाहा हुन्छ। सचिवालयमा राष्ट्रिय सभामा पठाउने व्यक्तिको टुंगो लगाएर निर्णय गरिन्छ। अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली त्यसलाई कार्यान्वयन नगर्न उद्दत हुन्छन्। 

विशाल कम्युनिस्ट पार्टीको कमजोर कार्यकारी अध्यक्ष प्रचण्डलाई केही समयअघि चुप नलाग्ने झोंक चल्यो। पार्टीमा असन्तुष्ट नेता त प्रशस्त पुगिसकेका थिए। उनीहरुलाई साथ लिएर पार्टी र सरकारमा एकलौटी शासन गरिरहेका ओलीको आसन हल्लाउने तयारी गरे। पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसमेत साथ भएपछि उनलाई लागेको थियो, ओलीलाई सबक सिकाउन सकिन्छ। 

सचिवालयको निर्णय विफल
गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णयसँगै यसअघि सचिवालयले गरेको राष्ट्रिय सभामा सिफारिसको निर्णय विफल भएको छ। गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको थियो।

Ncell 2
Ncell 2

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने प्रावधान नभएसम्म त्यता नजाने अडान लिएका गौतम राजी भएका थिए। तर, प्रधानमन्त्री ओलीले सांसद बनाउने सरकारको अधिकार रहेको बताउँदै उक्त निर्णयलाई सैद्धान्तिकको संज्ञा दिए। केही दिनपछि वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमै भेटेर  भने, ‘वामदेवलाई राष्ट्रिय सभामा ल्याउने होइन, युवराज खतिवडालाई हटाउने षड्यन्त्र हो। यो निर्णय म मान्दिनँ, सरकारको अधिकारको कुरा हो।’ 

सचिवालयको यो निर्णय नमान्ने ओलीको चाहना पूरा भएको छ। गौतमलाई प्रतिनिधी सभामा लैजाने निर्णयसँगै राष्ट्रिय सभाको रिक्त कोटामा खतिवडा पक्का भएका छन्। आगामी कार्यकाल पनि अर्थमन्त्री उनी नै निरन्तरता दिनेछन्। 

भैंसेपाटी समूहको उदय र पतन
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्यो। उनले राजीनामा दिएपछि रिक्त बनेको प्रतिनिधी सभाको सभामुख सुवास नेम्वाङलाई ओलीले निकै कसरत गरे। तर, प्रचण्डले आफूनिकटका अग्नि सापकोटालाई सभामुख बनाउन अड्डी कसे। सचिवालयका धेरै सदस्यले उनलाई साथ दिए। प्रचण्डले प्रस्ताव गरेको व्यक्ति सभामुख हुने सचिवालयका बहुमत सदस्यको धारणापछि ओली पछाडि हट्नुपर्‍यो।

नेम्वाङलाई सभामुख बनाउन नदिनुमा बामदेव गौतमको भूमिका रहेको ओलीको बुझाइ थियो। किनभने बामदेव निवास भैंसैपाटीमा भएको बैठकले सभामुख पूर्व माओवादीलाई दिने  निर्णय गर्‍यो। यहीबाट यो गुटको उदय भएको थियो। उक्त बैठकमा प्रचण्डसहित झलनाथ खनाल,  माधवकुमार नेपाल,  गौतम र नारायणकाजी श्रेष्ठ थिए। 

भैंसीपाटीमा यसरी ओलीविरुद्ध भएको एकताले केही दिनअघिसम्म निरन्तरता पायो। भैंसेपाटी मोर्चा नेकपाभित्र हाबी भइरहेको थियो। तत्काललाई यो मोर्चा छिन्नभिन्न बनाउन  सफल भएका छन्।

भैंसेपाटी समूहका कारण डगमगाउन खोजेको उनको आसन जोगिएको छ। स्थायी कमिटीको बैठकमा ओलीको कार्यशैलीमाथि औंला तेर्सिने सम्भावना त कायम छ। तर सचिवालय नै नरम भइसकेपछि त्यो गरम बहश मनको भँडास पोख्नका लागि मात्रै हुनेछ। फेरि एकपल्ट ओली सफल राजनीतिक खेलाडि दरिएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्