एजेन्सी–कोरोना महामारीका कारण विश्वभरका सहरमा १० करोड गरिब थपिने विज्ञहरुले जनाएका छन्। सहरका न्यून आय भएका मानिस बसोबास गर्ने क्षेत्रहरुमा लगानी केन्द्रित गर्न पनि उनीहरुले आव्हान गरेका छन्।
विश्व बैंकको सहरी तथा प्रकोप जोखिम व्यवस्थापन निर्देशक समेह वाहवाले सहरका गरिब तथा कमजोर वर्गहरुमा केन्द्रित रहनुपर्ने आवश्यकता रहेको बताए। ‘जागिर तथा आय गुमाएका कारण विश्वभर १० करोड नयाँ गरिब बन्ने हामीले अनुमान गरेका छौं,’ सञ्चारमाध्यमसँगको वेबिनारमा उनले भने।
उनले कोरोना महामारीका कारण आगामीवर्ष विश्वभरका सहरहरुको राजस्व संकलन १५ देखि २५ प्रतिशतसम्म घट्ने भन्दै गरिब बस्तीहरुमा लगानी गर्न अधिकारीहरुलाई समस्या पर्ने बताए। अधिकांश स्थानमा गरिब बस्तीहरुको यकिन तथ्यांक नहुँदा पनि लगानी कहाँ केन्द्रित गर्ने भन्ने समस्या रहेको विज्ञको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।