एजेन्सी–स्वास्थ्यमा समस्या आएपछि बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। उनका दाइ रणधीर कपुरका अनुसारलाई ऋषिलाई बुधबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको हो।
बीबीसीका अनुसार क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएको र हाल उनको अवस्था स्थिर रहेको परिवारले जनाएका छन्।
अमेरिकामा एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए। गत फेब्रुअरीमा पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई २ पटकसम्म अस्पताल भर्ना गरिएको थियो।
अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।