सोल-दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधीन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ बजे सो आगलागी सुरु भएको थियो।
राजधानी सोलबाट करीब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ। आगलागी सुरु भएको सो समयमा कम्पनीका ७८ जना कामदार भवनभित्र नै रहेको बिबिसीले उल्लेख गरेको छ।
आगलागीमा परी अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य सातजना घाइते भएका छन्। अझै पनि कैयौं श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
योन्हाप समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उदृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगका क्रममा अप्रत्याशित बिस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।