काठमाडौं- नेप्सेमा एकैदिन ९ कम्पनीको सेयर सूचीकृत भएको छ।
बिहीबार २ वाणिज्य बैंकसहित ९ कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९ सय ६७ कित्ता सेयर सूचीकृत भएको हो।
सनराइज बैंकको १ करोड ६ लाख ३३ हजार ७ सय ६८ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। त्यस्तै, प्राइम कमर्सियल बैंकको १ करोड ७० लाख ७८ हजार ६ सय ६६ दशमलव ८९ कित्ता सेयर सूचीकृत भएको छ।
बिहीबार नै तिनाउ विकास बैंकको ४ लाख ६० हजार ८ सय ४९ दशमलव ९२ कित्ता बोनस सेयर सूचीकृत भयो।
यस्तै दुई इन्स्योरेन्स कम्पनीको पनि सेयर सूचीकृत भएको छ। प्रुडेन्टियल इन्स्योरेन्सको १२ लाख ८३ हजार ४० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको १० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यता, बिहीबार नै दुई लघुवित्त कम्पनीहरुको पनि सेयर नेप्सेमा सूचीकृत भएको छ।
सिभिल लघुवित्त विकास बैंकको ४७ हजार २ सय ५० कित्ता र नागबेली लघुवित्त विकास बैंकको २ लाख ४० हजार ४६ दशमलव १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
त्यस्तै, जानकी फाइनान्स कम्पनी (वित्तीय संस्था) को ६ लाख १५ हजार ३ सय ४६ कित्तार अपि पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।