काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) शाखा ग्वार्कोले लकडाउनका बीच दक्षिण कोरिया जाने श्रमिकहरुलाई स्वास्थ्य परीक्षणका लागि आग्रह गरेको छ। कोरिया रोजगारीका लागि गई हाल बिदामा फर्किएर रोजगारी गुमाउने अवस्थाका श्रमिकहरुलाई स्वास्थ्य परीक्षणका लागि शाखाले आग्रह गरेको हो।
कोरिया जान इच्छुक बिदामा आएका श्रमिकहरुले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सेवा विभाग टेकुमा सम्पर्क गर्नुपर्ने शाखाले जनाएकाे छ। सरकारले बिदामा आएर कोरिया फर्कन नपाएका श्रमिकहरुलाई कामदार स्वयम्को खर्चमा चार्टर्ड उडानबाट कोरिया पठाउने निर्णय गरेको छ। एनआरएनए दक्षिण कोरियाकाअनुसार १ हजारभन्दा बढी श्रमिकहरु कोरिया जान तयार छन्।
यी श्रमिकहरुलाई लिएर नेपाल एयरलाइन्सले बिहीबार दक्षिण कोरियाको इन्चोन विमानस्थलका लागि उडान भर्ने कार्यक्रम थियो। तर, कामदारको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै पठाइने भएपछि उडान स्थगित भएको छ। उनीहरुको स्वास्थ्य परीक्षणपछि उडान तालिका तय हुने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।