काठमाडौं– गृहसचिव प्रेमकुमार राईले संघीय प्रहरी ऐन छिट्टै ल्याइने बताएका छन्। मन्त्रालयले ‘फाष्ट ट्रयाक’मा ऐन ल्याउने गरी प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।
बिहिबार गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले संघीय प्रहरी नहुँदा प्रहरीमा अन्योलता भएकाले छिट्ट्रै ल्याउन लागिएको उनले बताए।
त्यस विषयमा मुख्यमन्त्रीहरुसँग पनि छलफल भएको र प्रदेश प्रहरी आफुहरुकै मातहतमा हुने गरी कानुन बनाउन सुझाव आएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।