• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीका पक्षमा बहुमत देखाउन बालुवाटारमा ओली पक्षका नेताको भेला

नेपाललाई अध्यक्ष बनाउन ओली तयार !
64x64
डिबी खड्का बुधबार, वैशाख १७, २०७७  १२:११
1140x725

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा बहुमत सांसद र केन्द्रीय सदस्य रहेको ‘सन्देश’ दिनेगरी तयारी थालिएको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बेलुकी भेटवार्तामा ‘चर्काचर्की’ भएपछि प्रधानमन्त्री ओलीले यस्तो तयारी गरेको बुझिएको छ। 

ओलीले उपत्यकामा रहेका आफूनिकट नेकपाका सांसदहरुलाई बालुवाटारमा बोलाएका छन्। दिउँसो १ बजे बैठक बस्नेगरी आफूहरुलाई बोलाइएको ओलीनिकट एक सांसदले बताए। उनले भने, ‘अर्का अध्यक्ष प्रचण्डले आफूलाई एकल अध्यक्ष नदिइए जे पनि हुन सक्ने चेतावनी दिनुभएछ। त्यसकारण प्रधानमन्त्री ओली पक्षका हामीले आफ्नो तयारी गर्न लागेका हौं।’

उनका अनुसार प्रधानमन्त्री ओलीका पक्षमा हस्ताक्षर अभियानसमेत आजै सुरु हुनेछ। बेलुकीसम्म बहुमत नेकपा सांसद ओलीको पक्षमा रहेको सन्देश प्रवाह हुनेगरी सूची र हस्ताक्षर सार्वजनिक हुन सक्छ । उनले भने ‘हामीसँग बहुमत रहेको एक झलक आजै दिइनेछ।’

Ncell 2
Ncell 2

नेपाललाई अध्यक्ष बनाउन ओली तयार!

अध्यक्ष प्रचण्डले एकल अध्यक्षको अपेक्षा गरेपछि प्रधानमन्त्री ओलीले तीन अध्यक्षको प्रस्ताव गरेका थिए। ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई समेत अध्यक्ष बनाउने कुरामा आफू सकारात्मक रहेको बताएको ओलीनिकट ती सांसदले बताए। उनले भने, ‘उहाँ (प्रधानमन्त्री) तीन अध्यक्ष भएर काम गर्न तयार हुनुहुन्छ। तर एकल अध्यक्षका लागि चाहिँ महाधिवेशन पर्खिन भन्नुभएको छ।’

तीन अध्यक्षको प्रस्ताव आएपछि झलनाथ खनालले समेत आफूलाई अध्यक्षका लागि दाबी गरेका छन्। त्यसपछि बामदेव गौतम र रामबहादुर थापालाई समेत अध्यक्ष बनाएर ‘अध्यक्ष मण्डल’ गठन गर्ने विषयमा दुई अध्यक्षबीच कुराकानी भएको ती सांसद बताउँछन्। अध्यक्ष मण्डलको संयोजक आफूलाई बनाउनुपर्ने, त्यसो नगरिए पार्टी फुटाएर कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने तहको धम्की प्रचण्डले दिएको आरोप ओली पक्षका नेताहरुको छ। तर, प्रचण्ड पक्षका नेताहरु भने त्यो तहसम्मको कुराकानी नभएको बताइरहेका छन्।

मंगलबार साँझ भएको दुई अध्यक्षबीचको भेटवार्ता सौहार्द नरहेको भने ओली पक्षका नेताहरुको तयारीले संकेत गर्छ। ओलीनिकटस्थ ती नेता भन्छन्, ‘सकभर लचिलो हुने हो। तर, पेल्न खोजियो भने लत्रिनेचाहिँ होइन। हामी त्यहीअनुसार तयारी गरिरहेका छौं।’

बालुवाटारमा ओलीनिकट नेताहरु जम्मा हुन थालिसकेका छन्। सबै जम्मा भएपछि १ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गरेर आगामी रणनीति तय गर्ने कार्यक्रम रहेको बुझिएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्