• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सचिवालय बैठक: प्रचण्डको एजेन्डा कार्यशैली सुधार, नेपाल समूहको नेतृत्व परिवर्तन

64x64
डिबी खड्का बुधबार, वैशाख १७, २०७७  १०:१६
1140x725

काठमाडौं- प्रचण्ड-नेपाल समूहको तीव्र दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकका लागि तयार भएका छन्। आजको सचिवालय बैठकमा पहिलोपटक अध्यक्ष ओलीको रक्षात्मक रुप देखिने नेताहरुको आकलन छ। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट रुष्ट प्रचण्ड-माधव समूहले सचिवालय बैठकमा राख्ने एजेन्डा मंगलबार नै तय गरिसकेको उक्त समूहनिकट एक स्थायी कमिटी सदस्यले बताए। उनका अनुसार पहिलो एजेन्डा अध्यादेशको ल्याउनुको औचित्य हुनेछ। उक्त विषयमा प्रधानमन्त्री ओलीबाट यथार्थ बुझ्न खोजिरहेका छन्। 

पार्टी हितमा भए पनि पार्टी नेताहरुसँग सल्लाह नगरी ल्याइएकाले ओलीबाट आत्मआलोचनाको अपेक्षा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपालले गरेका छन्। यससँगै पार्टी वा सरकारमध्ये एकको नेतृत्वबाट राजीनामा गर्नुपर्ने माग पनि उनीहरुले राख्नेछन्। तर, त्यो माग प्रचण्डको नभई नेपाल र बामदेव गौतमको हुनेछ। प्रचण्डनिकट एक नेता भन्छन्,  'हामीचाहिँ लामो समयदेखि चित्त दुखाउँदै आउनुभएका माधवजीको चित्त बुझाइदिने गरी अघि बढ्न ओलीलाई दबाब दिनेछौं तर उहाँको राजीनामा हाम्रो माग होइन। कार्यशैली सुधारको कुराचाहिँ जोडतोडले उठाउनेछौं।'

Ncell 2
Ncell 2

नेपाल समूहसँग प्रधानमन्त्री ओलीले एक पद छाड्नेदेखि मन्त्रीमण्डल हेरफेरसम्मका एजेन्डा छन्। यही मौकामा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भनेर यसअघि भएको निर्णय कार्यान्वयनको विषयलाई पनि उठाउने तयारी गरिएको छ।

पूर्व एमालेका नेताहरु नेपाल-गौतम प्रधानमन्त्री ओलीसँग वारपारको अवस्थामा पुगेका छन्। तर प्रचण्डचाहिँ नेतृत्व परिवर्तनको खेलमा लागेको अपजस लिन चाहिरहेका छैनन्। माधव-गौतमलाई नचिढ्याउन उनले नेतृत्व फेर्ने विषयको विपक्षमा बोलेका छैनन्। तर आफू निकटस्थ नेताहरुबाट उक्त सन्देश दिइसकेका छन्। प्रचण्ड निकट मानिएका पूर्व माओवादीका प्रभावशाली नेताहरु लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले नेतृत्व परिवर्तनको विपक्षमा बोलिसकेका छन्। 

उनीहरुले स्पष्ट रुपमा प्रधानमन्त्री ओलीको कार्यशैली सुधार हुनुपर्ने माग गरेका छन्। सरकार पार्टी निर्णय विपरित जान नपाउनेगरी प्रणालीको विकास हुनुपर्ने माग छ। त्यस विषयमा कुरा उठाउनेछन्। 

तर यी सवै विषयको टुंगो भने स्थायी कमिटीको बैठकबाट लगाउनुपर्ने गरी प्रस्ताव नेपाल-प्रचण्ड समूहले गर्नेछ। यसका लागि चाँडो भन्दा चाँडो स्थायी कमिटको बैठक बोलाउनुपर्ने प्रस्ताव आजको सचिवालय बैठकमा गरिनेछ। 

प्रधानमन्त्री ओलीले भने पार्टी हितकै लागि अध्यादेश ल्याएको बताउँदै आएका छन्। योजनाअनुसार काम फत्ते गर्न नसकेकोमा उनले स्पष्टीकरण दिनेछन् तर स्थायी कमिटी बैठक बोलाउने र एक पदबाट राजिनामा दिने विषयमा उनको सहमति हुनेछैन। ओलीनिकट एक नेताका अनुसार पार्टीमा चर्काचर्की परिरहेकाले यतिबेलाको बैठकको परिणाम सकारात्मक आउँदैन। त्यसैले केही समय ढिलोगरी स्थायी कमिटी बैठक गर्नुपर्ने पक्षमा प्रधानमन्त्री ओली छन्। मुख्यमन्त्री, आफ्नो सचिवालय र मन्त्रीमण्डल पुनर्गठनमा भने सकारात्मक छन्। आफूप्रति सबैभन्दा बढी रिसाएका नेपाल समूहलाई मन्त्री र मुख्यमन्त्रीमा शक्ति सन्तुलनको प्रस्ताव प्रधानमन्त्री ओलीले गर्नसक्ने बुझिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्