• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारले सच्चायाे अध्यादेशकाे गल्ती, सुटुक्क जारी भयाे जगाउने अध्यादेश

64x64
दुर्गा दुलाल सोमबार, वैशाख १५, २०७७  १३:१३
1140x725

काठमाडौं- सरकारले अध्यादेश खारेजी गर्दा गरेको गल्ती रातारात गुपचुप रुपमा सच्चाउँदै पुनःजीवित गर्ने दुई नयाँ अध्यादेश जारी गरेको पाइएको छ।

मन्त्रिपरिषद्‌का सदस्यलाई समेत पूर्णरुपमा जानकारी नगराउनुका साथै राष्ट्रपति कार्यालयले पनि यो कुरा गोप्य राखेको थियो। तर, राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारले रातारात गरेको पुनः जगाउने अध्यादेशको तथ्य सार्वजनिक भएको छ।

सरकारले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी ऐनमा भएको साविक व्यवस्थालाई पुनःजीवित गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो। उक्त अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले त्यसलाई पनि जारी गरेकी थिइन्। सरकारले यसरी पुनः जगाउने अध्यादेश सिफारिस गरेको सूचना गोप्य राखेको थियो भने राष्ट्रपति भण्डारीले पुनः जगाउने अध्यादेश जारी गरेको सूचना शितलनिवासले लुकाएको थियो। तर, राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारले यस्तो अध्यादेश जारी गरेको रहस्य खुलेको हाे।

सरकारको सिफारिसमा वैशाख ८ गते जारी भएर १२ गते संशोधन अध्यादेश खारेज भएपनि सँगै पुनःजीवित अध्यादेश जारी गरेको थिएन। तर, आइतबार (वैशाख १४ गते) वैशाख १२ गतेकै मितिमा पुनःजीवित अध्यादेश जारी गरेको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको पाइएको छ।

पुनःजीवित अध्यादेशबारे राष्ट्रपति कार्यालयले साेमबार मध्यान्हसम्म कुनै सूचना जारी गरेकाे छैन।

यो पनि पढ्नुहोस्

यी अध्यादेशहरु, जो विवादमा परेशुक्रबार, वैशाख १२, २०७७

सरकारका एक मन्त्रीका अनुसार १२ गतेको मन्त्रिपरिषद् बैठकमा ऐनका साविकका व्यवस्था पुनःजीवित गर्ने विषयमा कुरा उठे पनि निर्णय भए/नभएको आफूलाई जानकारी नभएको बताए। अध्यादेश जारी गरिएको, खारेज गरिएको तथा अन्य खालका निर्णय तुरुन्त सार्वजनिक गरेको राष्ट्रपति कार्यालयले सोमबारसम्म राजनीतिक दलसम्बन्धी ऐन २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ मा भएका साविकका व्यवस्था पुनःजीवित गरेको सूचना दिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि अध्यादेशबाट खारेज भएको दफाहरु मृत भएको पनि नेपाल लाइभले निरन्तर समाचार प्रकाशन गरेको थियो।

यो पनि पढ्नुहोस्

अध्यादेश खारेजीमा गल्ती : न संवैधानिक परिषद्ले निर्णय गर्न मिल्छ, न त पार्टी विभाजन गर्नआइतबार, वैशाख १४, २०७७

२०६३ सालमा पनि अध्यादेश खारेज गरेको व्यवस्था पुनः जगाइएकोले सरकारले यस्तो गल्ती सच्चाउनुपर्ने संवैधानिक कानुनका विज्ञहरुले भन्दै आएका थिए। यो व्यवस्था नसच्चाएसम्म संवैधानिक परिषद् पनि बस्न नसक्ने र निर्णय पनि गर्न नपाउने साथै राजनीतिक दल फुटाउने त फुटाउन सोच्न पनि नसक्ने अवस्था भएको थियो।

सरकारले जारी गरेको अध्यादेश खारेजीसँगै यसलाई तत्कालै जगाउनु पर्ने अध्यादेश पठाउनु पर्नेमा गल्ती गरेको थियो। सरकारको यो गल्तीले कानुनी जटिलता आउने भएपछि रातरात मुख्यसचिवले टिप्पणी उठाएर पुनः जगाएको अध्यादेश राष्ट्रपति कार्यालय पठाएका थिए।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४०/४० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्थालाई अध्यादेशमार्फत् संशोधन गर्दै एकातिर मात्रै ४० प्रतिशत पुर्‍याए हुने प्रावधान लागू गरेको थियो। त्यस्तै संवैधानिक परिषद्‌सम्बन्धी ऐनमा बैठक बस्न अध्यक्षसहित अरु चारजना सदस्य उपस्थित हुनुपर्ने, सर्वसहमत नभए दोस्रो बैठकले पनि निर्णय गर्न नसक्ने र तेस्रो बैठकबाट निर्णय लिन बहुमत हुनै पर्ने प्रावधान थियो।

Xtrem

Xtrem

उक्त प्रावधानलाई अध्यादेशमार्फत् संशोधन गर्दै सरकारले विपक्षी दलको नेताको भूमिका खुम्चाउने तथा अध्यक्ष र अर्को एकजना सदस्यले जस्तो सुकै निर्णय गर्न सक्ने प्रावधान राखिएको भएपनि बिहीबार अध्यादेश नै खारेज भएकाे थियाे।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीज्यू, खोइ त कानुन?शुक्रबार, वैशाख १२, २०७७

अब साविकको प्रावधान पुनःजीवित गरेसँगै संवैधानिक परिषद्को‌ बैठक राख्न र दल विभाजनका लागि बाटो खुला भएको छ।

ऐनको कुनै प्रावधान खारेज वा संशोधन गर्ने अध्यादेश जारी भई खारेज भएमा साविक व्यवस्था स्वतः पुनःजीवित नहुने संवैधानिक र कानुनी मान्यताअनुसार सरकारले राजनीतिक दल र संवैधानिक परिषद्‌सम्बन्धी ऐनमा संशोधन गरिएका प्रावधानलाई पुनःजीवि गर्नु परेको हो।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्