• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
यी अध्यादेशहरु, जो विवादमा परे
64x64
दुर्गा दुलाल शुक्रबार, वैशाख १२, २०७७  ०८:५५
1140x725

काठमाडौं- नेपालको संविधानको धारा ११४ मा अध्यादेश ल्याउन सक्ने उल्लेख छ। ‘संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ’, भनिएको छ। यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ तर त्यसलाई संघीय संसदको दुवै सदनले स्वीकार नगरेमा निस्क्रिय हुने भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको यही व्यवस्थामा टेकेर चार दिनअघि अप्रत्यासित रुममा दुई वटा अध्यादेश मन्त्रीपरिषदबाट पारित गर्दै राष्ट्रपति समक्ष जारी गर्न पठाए। नेकपा अध्यक्ष समेत रहेका ओलीले यो अध्यादेश ल्याउन पाटीभित्रका सहकर्मीहरुसँग पनि सल्लाह गरेनन्। एकै पटक मन्त्रिपरिषदवाट पास भएर राष्ट्रपति कार्यालय पुगेपछि उनीहरुले त्यसको जानकारी पाए। जब थाहा पाए, राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको थियो।

जब मन्त्रिपरिषद्मा राजनीतिक दल विभाजन गर्न खुकुलो प्रावधान राखिएको दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद्मा प्रतिपक्ष दलको उपस्थिति नभए पनि नियुक्त गर्न सक्ने अध्यादेश पेश भयो, तब मात्र मन्त्रीहरुले जानकारी पाए। केही मन्त्रीले विरोध गरे। तर, प्रधानमन्त्रीले वास्ता गरेनन्।

प्रधानमन्त्री ओलीले आफ्नो छद्म रणनीतिका साथ अध्यादेश पारित गरेका थिए। राष्ट्रपतिबाट जारी गराई राजपत्रमा प्रकाशित गरिहाल्ने हतारो र केही दिनयताको राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओलीको रणनीति प्रष्ट हुन्छ।

कोरोना भाइरसको महामारीले सबै मानिस घरभित्र लकडाउन भएको समयमा प्रधानमन्त्री छापामार शैलीमा अध्यादेश जारी गरेपछि यो तीव्र विवादमा पनि आयो। संवैधानिक कानुनका विज्ञ, नागरिक समाज र राजनीतिक पार्टीहरुले विरोध गरे। बेमौसमी भने। निस्तेज हुँदै गएको सांसद किनबेच संस्कृतिलाई अध्यादेशले बढवा दिने चिन्ता व्यक्त गरियो।

सरकारले जारी गरेको अध्यादेश विवादमा परेको यो पहिलो घटना भने होइन। यसअघि पनि कतिपय अध्यादेशहरु विवादमा परेका छन्। केही अध्यादेशहरुका विरुद्ध त सर्वोच्च अदालतमा मुद्दा दायर भए। सर्वोच्चले त्यसलाई व्याख्या गरेको छ। यसरी तीव्र विवाद भएका केही अध्यादेशको यहाँ चर्चा गर्ने प्रयास गरिएको छः
   
राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश
वैशाख ८ गते राजपत्रमा सूचना जारी गर्दै संसदीय दल वा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यले बेग्लै दल दर्ता गर्न सक्ने खुकुलो प्रावधान सहित राजनीति दल सम्बन्धी अध्यादेश ल्याइयो। यसअघि दुवैतर्फ ४० प्रतिशत पुर्‍याउनुपर्ने कानुनी व्यवस्थामा संशोधन गरियो।

त्यस्तै संवैधानिक परिषद सम्बन्धी अध्यादेशमार्फत प्रमुख प्रतिपक्षी दलको नेता बिनानै संवैधानिक परिषद् मार्फत संवैधानिक नियुक्त गर्न सक्ने व्यवस्था गरियो।

आफ्नै सहकर्मीलाई समेत छलफल नगरेको यो अध्यादेश लगत्तै राजनीतिक वादविवाद सुरु भयो। विश्वभर चलिरहेको कोरोना भाइरसको महामारीमा सरकारले काम गर्न नसकेको भन्दै तीव्र आलोचना भइररहेको र पार्टीभित्र दबाबमा रहेका प्रधानमन्त्रीले ल्याएको अध्यादेशको विरोध विपक्षी पार्टीहरुले मात्रै नभई, सत्ता पक्षकै नेताहरुबाट चर्को रुपमा भयो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनासाथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाउन दबाब दिए। सचिवालय बैठकमै केही नेताहरुले अध्यादेश र अध्यादेश ल्याउने शैलीको चर्को आलोचना गरे।

Ncell 2
Ncell 2

अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन समेत पुगेको छ तर अदालत बन्द भएकाले दर्ता भने हुन सकेन। लकडाउन समाप्त भएसँगै यसले अदालत प्रवेश पाउने निश्चित छ।

संवैधानिक कानुनका विज्ञहरुले पनि यो विधेयक गलत भएको बताउँदै आएका छन्। अध्यादेश ल्याउन पाउने अधिकारलाई सरकारले गलत व्याख्या गरेको उनीहरुको टिप्पणी छ।

प्रधानमन्त्रीले संसद खुलेसगै यसको जवाफ र औचित्य प्रमाणित गर्नुपर्ने भएकाले यसलाई खारेज गर्नु उपयुक्त हुने संविधानविद्हरुको सुझाव छ। पछिल्ला घटनाक्रमहरुले अध्यादेश फिर्ता हुने संकेत देखिएको छ।

राष्ट्रियसभा गठन अध्यादेश
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहतिको मन्त्रिपरिषदले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाए। दलहरुका बीचमा राष्ट्रियसभाको निर्वाचन बहुमतीय गर्ने कि एकल संक्रमणीय गर्ने विवाद थियो। ०७४ को निर्वाचनपछि संसद गठन भइसकेको थिएन। प्रतिनिधिसभामा महिलाको संख्या एकिन गर्न राष्ट्रियसभामा आउने महिलाको संख्या सुनिश्चित गर्नुपर्ने थियो। राष्ट्रियसभा गठन हुने प्रक्रियाका बारेमा प्रष्ट कानुनी प्रावधान थिएन। त्यसैले अध्यादेश जरुरी जस्तै थियो।

देउवा नेतृत्वको सरकारले एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा गठनको प्रस्तावसहित २०७४ कात्तिक ६ गते पठाएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको थियो। तर तत्कालीन अवस्थामा दुई वामदलहरु नेकपा एमाले र माओवादी केन्द्र बहुमतीयको पक्षमा थिए।

दलहरुका बीचमा सहमति नभएको बाहना गर्दै राष्ट्रपति भण्डारीले अध्यादेश रोकिन्। तर, अध्यादेश रोकिएपछि लामो समय राष्ट्रियसभा गठन पनि रोकियो। प्रतिनिधिसभाको गठन पनि रोकियो।

एकल संक्रमणीय मत प्रणालीमा जाँदा कांग्रेसलाई र बहुमतीयमा वाम गठबन्धनलाई फाइदा पुग्थ्यो। एकल संक्रमणीय मत प्रणालीबाट गएमा राष्ट्रियसभामा कांग्रेसले कम्तिमा ५ जना सांसद पाउने उसको आकलन थियो। तर, बहुमतीयबाट जाँदा कांग्रेसले राष्ट्रियसभामा प्रतिनिधित्व त्यसभन्दा पनि न्यून हुने अनुमान थियो।

राष्ट्रियसभामा प्रतिनिधित्व बढाउने अभिप्रायले वाम गठबन्धन र कांग्रेसले रणनिति अख्तियार गरेका थिए। सोही कारण वाम निकट रहेकी राष्ट्रपतिका गएर अध्यादेश रोकियो। कांग्रेस भने सरकारले गरेको सिफारिस रोक्न नमिल्ने तर्क अघि सारिरहेको थियो।

दलहरुका बीचमा विवाद रहिँरहँदा यो मुद्दा २०७४ पुस १३ गते सर्वोच्च अदालत पुग्यो। अधिवक्ता यज्ञमणि न्यौपानले अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नभएकाले तत्काल जारी गर्न अन्तरिम आदेश माग गरे।

२०७४ पुस १४ गते राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरिन्। एकल संक्रमणीय निर्वाचन पद्धति कायम हुँदै अध्यादेश जारी भयो। 

चिकित्सा शिक्षा आयोग गठन सम्बन्धी अध्यादेश  
डा गोविन्द केसीको पटक पटकको अनसन र विभिन्न सरकारसँग भएको सम्झौता अनुसार  चिकित्सा शिक्षा आयोग गठनका लागि कानुन बनाउने विषयमा दलहरुका बीचमा विवाद चलिरहेको थियो। अनसनको बेला माग पूरा गर्ने लिखित सम्झौता हुने तर पछि बेवास्ता हुने प्रक्रिया लामो समयदेखि चलिरहेको थियो।

तत्कालीन एमाले र माओवादी केन्द्र एकातिर थिए भने सत्ताको नेतृत्व गरेको कांग्रेसलाई माग पूरा गर्नुपर्ने दबाब थियो। तसर्थ, संसदमा आयोग गठनको विधेयक पेश हुन सकेन। २०७४ असोज अन्तिममा संसद अधिवेशन अन्त्य भयो। त्यसको केही दिनमै अर्थात् २०७४ कात्तिक ६ गते सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्‍यो।

डा केसीसँग भएका सहमतिलाई आधार बनाएर अध्यादेश पठाइयो। सरकारले पठाएको अध्यादेशमा एमालले आपत्ति जनायो। एमालेको विरोधपछि राष्ट्रपति भण्डारीले अध्यादेश अध्ययनका लागि भन्दै रोकिन्। तत्काल अध्यादेश जारी गर्न जनदबाब बढ्न थाल्यो।

डा केसीले प्रधानमन्त्री देउवालाई पनि भेटेर अध्यादेश जारी गर्न पहल गर्न आग्रह गरे। लगत्तै केसीसहित केही अभियन्ताहरुले राष्ट्रपति कार्यालयमा अध्यादेश बारे सूचनाको हक सम्बन्धी निवेदन दायर गरे। अध्यादेश किन रोकिएको हो र त्यसलाई जारी गर्न नपर्ने कारण लिखित रुपमा पाऊँ भनी निवेदन दायर गरे।

२०७४ कात्तिक २१ गते उनीहरुले राष्ट्रपति कार्यालयमा निवेदन दिएका थिए। उक्त निवेदनपछि कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन्।

नयाँ संसदमा अध्यादेशको प्रतिस्थापना विधेयक दर्ता भयो। तर, सरकारले केही प्रावधान परिवर्तन गरेपछि विरोध भयो। डा केसी अनसन बसे। सरकारले विगतका सम्झौतालाई बेवास्ता गर्दै २०७५ माघमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्‍यो। हाल आयोग गठन भएर काम गरिरहेको छ।

आतंककारी नियन्त्रण अध्यादेश
सरकारले ल्याएको विधेयकमध्ये सबैभन्दा धेरै मुद्दाको सामना गर्नुपरेको अध्यादेश थियो, आतंकारी तथा विध्वंसात्मक कार्य (नियनत्रण तथा सजाय) अध्यादेश। यो अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा चार पटकसम्म रिट दायर भएर फैसला भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी गतिविधि नियन्त्रणका लागि यो अध्यादेश जारी गरेका थिए।

संसद नभएको र देश द्वन्द्वको संकटकालमा रहेको जिकिर गर्दै तत्कालीन सरकारले यो अध्यादेश जारी गरेको थियो। २०५८ मंसिर ११ गते तत्कालीन सरकारले २०५२ सालदेखि सशस्त्र विद्रोहमा रहेका माओवादीलाई आतंककारी घोषणा गरेको थियो।

२०५८ चैत २८ गते आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ प्रमाणीकरण भएको थियो। यही ऐनको आधारमा गृह मन्त्रालयले २०५९ वैशाख १२ गते तत्कालीन सरकारले माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुलाई टाउकोको मूल्य तोक्ने निर्णय गरेको थियो।

यही ऐनको दफा ९ लाई संशोधन गर्न २०६१ साल चैत २६ गते  सरकारले नयाँ अध्यादेश जारी गर्‍यो। नजरबन्दमा राख्न सक्ने व्यवस्था थप गरियो। आतंककारी तथा विध्वंसात्मक कार्य हुन सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने विश्वास गर्न सकिने मनासिव आधार भएमा सुरक्षा अधिकारीले त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कुनै मानवोचित ठाउँमा नजरबन्द राख्ने आदेश जारी गर्न सक्ने व्यवस्था संशोधन अध्यादेश मार्फत थप गरियो।

त्यसरी नजरबन्द राखिएको व्यक्तिलाई आतंककारी तथा विध्वंसात्मक कार्य हुन सक्ने कुनै काम कुरा गर्नबाट थप समय रोक्नुपर्ने विश्वास गर्न सकिने मनासिव आधार भएमा सुरक्षा अधिकारीले श्री ५ को सरकार, गृह मन्त्रालयको स्वीकृति लिई थप ६ महिनासम्म यस दफा बमोजिम नजरबन्द राख्ने आदेश जारी गर्न सक्ने पनि थपियो। यो व्यवस्थाले पक्राउ परेका व्यक्तिलाई गृहमन्त्रालयले चाहेमा १ वर्षसम्म नजरबन्दमा राख्न सक्ने अधिकार पायो।

यो व्यवस्था विरुद्ध तत्कालीन समयमा ठूलो विरोध भयो। अन्तर्राष्ट्रिय सन्धि र सम्झौता विपरित सरकारले जो सुकैलाई पनि शंकाकै भरमा एक वर्षसम्म नजरबन्दमा राख्नु गैरमानवीय कार्य भएको भन्दै अन्तर्राष्ट्रिय रुपमा यसको आलोचना भयो।

अभियोग पुष्टि भएमा मात्र थुनामा राख्नुपर्ने अन्तर्राष्ट्रिय मानवीय कानुन विरुद्ध यो कानुन निर्माण भएको भन्दै तत्कालीन सरकारको आलोचना भयो। यो अध्यादेश विरुद्ध अधिवक्ता राजु चापागाईंले २०६२ असारमा रिट दायर गरे। उक्त रिटमा फैसला गर्दै २०६२ चैत १० गते अमान्य घोषित गर्‍यो।

स्वभावैले कानुन बनाउने व्यवस्थापिकाको अधिकार भए पनि संसद् बर्षको २ पटक मात्र बस्ने र संसद् नभएको बखत कुनै कानुन नभई नहुने, अन्यथा राज्य सञ्चालन सुचारु रूपले सञ्चालन नहुने अवस्था उत्पन्न भएमा मात्र अधिकार प्रयोग गर्ने व्याख्या गर्दै सर्वोच्चले अध्यादेशलाई अमान्य हुने परामादेश जारी गर्‍यो। न्यायाधीशहरु खिलराज रेग्मी, बलराम केसी र गौरी ढकालको इजलाशमा रहेको मुद्दामा ढकाल र केसीले खारेज हुने फैसला सुनाएका थिए। बहुमत न्यायाधीशको राय भएपछि तत्कालीन सरकारले जारी गरेको यो अध्यादेश संविधानसँग बाझिएको ठहर हुदै बदर भयो।
 
केही अवधिको लागि मात्र शर्तसहित कार्यपालिकालाई अध्यादेश जारी गर्ने अधिकार संविधानले दिएको संविधान अनुकूलको निवारक नजरबन्द सम्बन्धी कानुन हुँदाहुँदै संविधानले गरेको विश्वास विपरित २०६१ असोज २७ मा नवीकरण भएको अध्यादेश र २०६१ चैत २७  मा जारी भएको अध्यादेशको दफा ९ संविधानको धारा १४ सँग बाझिएकोले अमान्य हुने फैसला सुनाएको थियो।

यस बाहेक सर्वोच्चबाट पटक पटक स्थानीय निकायको म्याद थप गर्ने, राजनीतिक संयन्त्रका नाममा स्थानीय निकाय चलाउने र संक्रमणकालीन न्यायका लागि एउटै आयोग गठन गर्ने अध्यादेशहरु पनि खारेज गरिदिएको थियो। सर्वोच्चका यी आदेशका कारण यी विवादित  अध्यादेशले कानुनको काम गर्न पाएनन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०८:५५
  • #अध्यादेश
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय एमालेमै रहेर... शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन शनिबार बेलुकी त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले... शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । शनिबार, असार १४, २०८२
ताजा समाचारसबै
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान शनिबार, असार १४, २०८२
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा ३९ जना प्यालेस्टिनीको मृत्यु शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्