• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश खारेजीमा गल्ती : न संवैधानिक परिषद्ले निर्णय गर्न मिल्छ, न त पार्टी विभाजन गर्न

64x64
दुर्गा दुलाल आइतबार, वैशाख १४, २०७७  ०७:५३
1140x725

काठमाडाैं-सरकारले पार्टी विभाजन र संवैधानिक अंगमा आफूखुसी नियुक्त गर्न ल्याएको अध्यादेश जारी र खारेज प्रक्रियाले दुई वटा कानुनका केही व्यवस्थालाई मृत अवस्थामा पुर्‍याइदिएको छ। जारी अध्यादेशले खारेज गरेका व्यवस्था पूर्ववत् कायम गर्न प्रतिस्थापन अध्यादेश जारी नगर्दा दुई वटा कानुनका केही दफा मृत भएका हुन्। 

प्रतिस्थापनविना न त संवैधानिक परिषदले बैठक बसेर निर्णय गर्न सक्छ, त  राजनीतिक दलहरु विभाजन नै हुन सक्छन्। 

अध्यादेश खारेज भए पनि त्यसले सशोधन गरेका दुवै ऐनका व्यवस्था स्वतः जाग्दैनन्।अध्यादेशबाट थपिएका व्यवस्थामात्र भए सायद  खारेजीले कुनै असर पर्ने थिएन। तर अध्यादेशले ऐनमा संशोधन गरेको वा  झिकेका पुराना दफा पूर्ववत कायम भएको मान्न नसकिने हुँदा यसमा असर पर्ने देखिएको हो।

अध्यादेशले संवैधानिक परिषदकाे काम कर्तव्यसम्बन्धी ऐन २०६६ को दफा ६ को उपदफा १ झिकेको थियाे भने उपदफा ७ को सट्टा नयाँ उपदफा ७ राखेको देखिन्छ।  राजनीतिक दलसम्बन्धी ऐेन २०७३ को दफा ३३ को उपदफा २ मा संशोधन भएकाे थियाे। तसर्थ यसका लागि केही नेपाल ऐनका व्यवस्था जगाउने अध्यादेश ल्याउनु कानुनसम्मत र कानुन व्याख्यासम्बन्धी ऐन २०१० अनुकूल हुन्छ। कानुन व्याख्या ऐन संविधान सरहको ऐन हो। किनकि यसले संविधानलाई पनि सम्वोधन गर्दछ। यदि यसो नगर्ने हो भने  कानुनीरिक्तता हुन्छ।  

यसअघि पनि यस्ताे अभ्यास भएको थियो 

कानुनी व्यवस्था पुन जगाएको यो पहिलो पटक भने होइन। २०६२/०६३ को सफल जनआन्दोलनपछि  यो अभ्यास भएको थियो । 
तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि दर्जनौं अध्यादेश जारी भएका थिए । त्यस बखत कतिपय नयाँ कानुनी व्यवस्था गर्न नयाँ अध्यादेश जारी भएका थिए भने कतिपय अध्यादेशले भइरहेका कानुन संशोधन भएका थिए।

अध्यादेशबाट संशोधन गरिएका ऐनमध्ये रेडियो ऐन २०१४, राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय समाचार समिति ऐन २०१९, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८, प्रेस काउन्सिल ऐन २०४८, गाली बेइज्जती ऐन २०१६ लगायत १२ वटा ऐनका व्यवस्थालाई पुनजीवित गर्न संसद्ले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३’ जारी गरेर पूरानो व्यवस्थालाई पुनःजीवित गरिएको थियाे। 

यस्ताे छ जगाइएका ऐनको राजपत्र

nimb
nimb
Ncell 2
Ncell 2

सो ऐनको प्रस्तावनामा ‘समय-समयमा भएका विभिन्न अध्यादेशद्बारा संशोधन वा खारेज गरिएका केही नेपाल ऐनको व्यवस्थालाई जगाई परिवर्तित सन्दर्भमा साविककै व्यवस्था कायम गर्न वाञ्छनीय भएकाले’ भनिएको थियो र दफा २ मा ‘नेपाल अधिराज्यको संविधान, २०४७ को दफा ७२ अनुसार समय-समयमा जारी भई यो ऐन प्रारम्भ हुनुभन्दा अघि निष्कृय वा खारेज भएका देहायका अध्यादेशले देहायका ऐनमा गरेको संशोधनका सम्बन्धमा त्यस्तो अध्यादेश निष्कृय वा खारेज भएको मितिबाट त्यसरी संशोधन हुनुभन्दा अघि कायम रहेको व्यवस्था स्वतः जागेको मानिनेछ’ भनेर जगाइएको थियो।

त्यही कारण तत्कालीन सररकाले १२ वटा ऐनका व्यवस्थाहरु जगाएकाे थियो । २०६३ साउन २३ गते उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएको थियो । 

अहिले पनि त्यसैगरि यसअघि जारी भएको अध्यादेशले संशोधन र खारेज गरेका कानुनी व्यवस्था पहिलकै चल्तीको अवस्थामा ल्याउन 'जगाउने अध्यादेश' जारी गर्नुको विकल्प छैन। यदि सरकारले यो नगरी संवैधानिक परिषदको बैठक राखेर नियुक्त गरेमा त्यो गैरकानुनी हुँदै विवादित हुने निश्चित छ । यो विवाद अव सर्वोच्च अदालतको संवैधानिक इजलासले मात्र फैसला गर्न पाउने छ । 

एउटा उदाहारणमार्फत् हेरौ:

एउटा गोठमा पाँच वटा बाख्रा  थिए। त्यहाँ बाघ पस्यो। बाघले केही बाख्रा खाइदियो। बाघले बाख्रा खान लागेको घरधनीले पत्ता पायो। उसले बाघलाई शिकारीमार्फत् मार्‍याे। यसरी बाघ त मर्‍याे। तर बाघले खाएका बाख्रा अब जीवितै छन् भन्ने तर्क कसरी गर्न पाइयाे? यदि पाँच वटै वाख्रा बनाउने हो भने नयाँ ल्याउनुको विकल्प छैन ।

यदि तत्काल अध्यादेश जारी नभएमा यी कानुनलाई टेकेर केही पनि गर्न पाइँदैन। 

ठीक यसैगरी अध्यादेश जारी भयो र लागू भयो । उक्त अध्यादेशले दुवै कानुनका केही व्यवस्था खारेज पनि गर्‍याे र केहीलाई संशोधन गर्‍याे। लागू भइसकेको कानुन फेरि खारेज भयो। खारेज हुँदा उसले नयाँ व्यवस्था गरेको दफा र उपदफा स्वत: खारेज भए तर खारेज गरेका व्यवस्था भने मृत नै भए।

यही मृत दफालाई जगाउन अध्यादेश जारी गरिनु पर्दछ । यदि तत्काल अध्यादेश जारी नभएमा यी कानुनलाई टेकेर केही पनि गर्न पाइँदैन। अहिले देशभर कोरोना भाइरसको महामारी भएकाले यसलाई संघीय संसदको अधिवेशन सुरु भएपछि नयाँ विधेयक बनाएर केही नेपाल ऐनमार्फत् जगाउनु पर्ने छ ।  

कानुनी रिक्तता ?

अध्यादेशमा तुरुन्त लागू हुने भनेर लेखिएपछि ती अध्यादेशले जुन-जुन ऐनका व्यवस्था खारेज गरे, त्यही बेलादेखि खारेज भए। उदाहरणका लागि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ को दफा ६ को उपदफा (६) को “उपदफा (५) बमोजिम सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन” भन्ने व्यवस्था खारेज भयो ।

यसको सिधा अर्थ हो  २०७७ साल वैशाख ८ गते बेलुकादेखि अब सो ऐनमा त्यो व्यवस्था कायम हुने छैन। त्यस्तै साबिकको उपधारा (७) लाई पनि परिवर्तन गरियो र अर्को नयाँ व्यवस्था पनि थपियो। सो ऐन खारेज गर्ने अध्यादेश खारेजमात्रै भएपछि पहिले नभएको र थप गरिएको विषयमा त अहिले खारेजमात्रै हुँदा पनि फरक परेन। तर पहिला भएको, खारेजमात्र गरिएको र संशोधन गरिएको व्यवस्था खारेजमात्रै हुँदा पहिलेको पनि रहेन। संशोधित व्यवस्था पनि रहेन । त्यसैले पूर्णरूपमा कानुनी रिक्तता रह्यो। 

नेपाल कानुन व्याख्यासम्बन्धी ऐनमा कुनै अघिल्लो ऐनलाई पछिल्लो ऐनले खारेज गर्दैमा अघिल्लो ऐन स्वतः पुनःजीवित हुने व्यवस्था छैन। 

अध्यादेश जारी गर्न अधिकार दिने धारा ११४ को उपधारा (२) मा “उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐनसरह मान्य हुनेछ” भन्ने व्यवस्था रहेको छ। कुनै एउटा ऐनलाई अर्को ऐनले खारेज गर्‍यो र पछि त्यो खारेज गर्ने ऐन पनि खारेज भयो भने पूरानो ऐन स्वतः पुनःजीवित हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा संविधान र कानुन व्याख्यासम्बन्धी ऐनलाई हेर्नुपर्छ। संविधानको धारा ३०६ को उपधारा (२) मा 'विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा व्यक्त भएका कुराहरूको अधीनमा रही कानुन व्याख्यासम्बन्धी कानुनी व्यवस्था नेपाल कानुनको व्याख्यामा लागू भएसरह यस संविधानको व्याख्यामा पनि लागू हुनेछ' भनिएको छ । संविधानको यो व्यवस्थाअनुसार नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, २०१० स्वतः आकर्षित हुन्छ।

नेपाल कानुन व्याख्यासम्बन्धी ऐनमा कुनै अघिल्लो ऐनलाई पछिल्लो ऐनले खारेज गर्दैमा अघिल्लो ऐन स्वतः पुनःजीवित हुने व्यवस्था छैन। 

बेलायतको उदाहारण 

संसदीय अभ्यासको जननी बेलायतको एक पुस्तक र तीन मुद्दाको व्याख्या यहाँ राखिएको छ। बेलायतमा पनि यस्तै विवाद भएको थियो। फिलिप भर्सेस होपको मुद्दामा १८२९को मुद्दामा यो व्याख्या गरिएको थियो । यो सहित तीन वटा मुद्दामा खारेज भएपछि पुग्ने व्याख्या गरियो । तर अदालतको यो व्याख्यापछि सरकारले  १८५० मा आएर अदालतको यो व्याख्यालाई समेटेर नयाँ कानुन व्याख्या ऐनलाई कानुनी व्यवस्था गर्‍यो।

उक्त कानुनी व्यवस्थाले 'यदि अध्यादेश आयो र त्यसले खारेज गरियो भने खारेजीसगै पहिला चलाइएका व्यवस्था पुन स्थापित हुनेछन् भनिनु पर्ने' उल्लेख गर्‍याे।  यदि त्यसो गरिएन भने नयाँ कानुनी व्यवस्था सिर्जना हुने व्यवस्था गरियो । संसद सुरु भएको ६० दिनपछि नयाँ ल्याउनु पर्ने  बेलायतको एक कानुनी व्याख्या किताबमा यस्तो लेखिएको छ। जसमा खारेजीको विधेयकमै पुन: जगाउने व्यवस्था ल्याउनु पर्ने देखिन्छ । यसले ब्युँताउन मिल्दैन भनेको छ । यो भनेको फेरि पनि बाघले मारेको स्थानमा नयाँ वाख्रो किनेर पूर्ति गर्नें नै हो। 'म्याक्सवेल अन द इन्टरप्रिटेशन अफ इस्टेट्स' पुस्तकको पेज २०मा उल्लेख गरिएको छ। 

कानुनविद्का तर्क  

केही कानुनविदहरुले यसको आवश्यकता नभएको बताएपनि विगतमा पनि अभ्यास भइसकेकाले आवश्यक हुने अधिकांश संवैधानिक कानुनका जानकारहरुको तर्क छ ।  दुवै निकायको हतारोका कारण अब संवैधानिक परिषदको बैठक बस्नै नसक्ने विवादको बीजोरोपण भएको उनीहरुको तर्क छ। अहिले जारी विवादका बारेमा सवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य यसबाट भविष्यमा विवाद निम्तने बताउँछन् । संवैधानिक परिषदको बैठक बसेपछि यसमा विवाद हुने उनको तर्क छ। 

संशोधन गरिएको व्यवस्था पुनः स्थापित नभएको अवस्थामा कसरी संवैधानिक परिषद्को बैठक बस्छ र त्यसले सिफारिस गर्छ भन्ने कुरा अब कानुनी विवाद भएको छ। 

सरकारले गरेको सिफारिसलगत्तै संवैधानिक कानुनका जानकार अधिवक्ता माधवकुमार बस्नेतले यो प्रश्न उठाएका छन्। उनले यसलाई सच्चाउनु पर्ने दावी नै गरेका छन् । नत्र यसले गैरकानुनीका साथै अतिरिक्त स्थापित सिद्धान्त नै भङ्ग हुने बताएका छन् । उनले यही विषयलाई समेटेर आफ्नो लेखमा नै फिर्ता लिनु पर्ने तर्क पेश गरेका छन् ।

अर्का वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले विवाद बाँकी रहेको स्वीकारे । संवैधानिक परिषदको वैठक बस्दा यो प्रश्न फेरि उठ्ने उनको तर्क छ । सरकारले अध्यादेशसँगै जगाउने कुरा उल्लेख गरेको भए यो समस्या नआउन सक्ने तर अब यो नभएकाले प्रश्न उठाउने ठाउँ बाकी रहेको बताए । 

संवैधानिक कानुनका विज्ञ अधिवक्ता टीकाराम भट्टराईले विवाद बाँकी रहेको स्वीकार गरे। 'नगरे पनि हुने कुरा छ तर विवादमा नआउनका लागि सरकारले गरिदिएको भए राम्रो हुन्थ्याे,' उनको बुझाई छ।  

नेपाल बारका पूर्व महासचिव तथा संवैधानिक कानुनका जानकार अधिवक्ता सुनीलकुमार पोखरेलले अब संवैधानिक परिषद् बसेर निर्णय गर्न नसक्ने बताए। ‘खारेज भएको कानुन पुनः स्थापित नभई कसरी पुरानो ऐनले काम गर्न सक्छ?’ उनले प्रश्न गरे। 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०७:५३
  • #nepallaw
  • #adhyadesh

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरेकाले रास्वपा सरकारमा आएको दाबी गरिन... मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद जोशीले सरकारले आफ्नो योगदानअनुसारको सम्मान पाउन नसकेको जनाउँदै शिक्षकलाई आन्दोलन ग... मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्