काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल भइरहेको छ।
बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।
त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ।
वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरूले बताएका छन्।
राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।