काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च अधिकृतहरुले बुधबार अवकाश पाएका छन्। उनीहरुलाई संगठनले बिदाइ गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाए। नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज बुझाएर अर्याल बिदा भएका हुन्।
एआइजीहरु जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनीले अनिवार्य अवकाश पाएका हुन्।
त्यस्तै, डिआइजीहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य,गोविन्द निरौला र एसएसी बिष्णुहरि गौतमले पनि अवकास पाएका छन्। उनीहरु २०४४ साल चैत २८ गते एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलमाला लगाएर बिदाइ गरियो। आइजिपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएर बिदा भएका रमेश खरेल भने बिदाइ कार्यक्रममा गएनन्।

त्यस्तै, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र एआइजीहरु प्रेम शाही र प्रकाश ओझाको पनि संगठनले बिदाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।