काठमाडौं– रमेश खरेलको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ। प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएका हुन्। बुझाएकै दिन गृहले राजीनामा स्वीकृत गरेको हो।
गृहसचिव प्रेमकुमार राईले उनको राजीनामा स्वीकृत गरेका छन्। सरकारले मंगलबार सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि डिआइजी खरेलले राजीनामा दिएका हुन्। सरकारले आफूलाई उचित मूल्याङ्कन गर्न नसकेको र हिनाताबोधका साथ जागिर खान नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका छन्।
खरेल २०४५ साल फागुन १ गते प्रहरी सेवामा भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।