काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरियामा भिसा सकिएका नेपाली श्रमिकहरुलाई चार्टर्ड गरी स्वदेश फर्काउने तयारी गरेको छ। त्यस्तै बिदामा नेपाल फर्किएर लकडाउन तथा हवाई सेवा अवरुद्ध हुँदा पुनः कोरिया फर्किन नपाएका श्रमिकहरुलाई पनि चार्टर्डमार्फत् कोरिया फर्काउने तयारी एनआरएनएले गरेको हो।
एनआरएनए कोरियाले लकडाउनका कारण रोजगार तथा भिसा अवधि गुमाउन लागेका नेपाली श्रमिकहरुलाई विमान चार्टर्डमार्फत् कोरिया प्रवेश गराउन उनीहरुका रोजगारदातासँग सम्पर्क गरिरहेको जनाएको छ। विमान चार्टर्ड गरी नेपाल ल्याइने तथा कोरिया पठाइने सबै श्रमिकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने एनआरएनएले उल्लेख गरेको छ।
नियम उल्लंघन गरे कोरियाले पुन नेपाल फिर्ता पठाउने वा अन्य कानुनी कारबाही हुने एनआरएनएले उल्लेख गरेको छ। फारम भर्न छुटेको भए एनआरएनए कोरियामा सम्पर्क गर्न समेत एनआरएनएले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।