काठमाडौं- सभामुख कृष्णबहादुर महराले पार्टी विशेषबाट उठेर सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुख चयनपछि पहिलो पटक पत्रकार भेटघाटको आयोजना गरी उनले असाेजसम्म जतिसक्दो धेरै बिजनेस लिएर संसदमा काम गर्ने बताए। त्यसका लागि आफूले मन्त्रालय र सचिवसँग विधेयक मागिरहेकाे जानकारी गराए। 'यसैमा सरकारकाे ध्यानकर्षण गराएकाे छु,' उनले भने।
सभामुखमा नियुक्त भएसँगै माअाेवादीबाट राजीनामा दिएकाे उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।