• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

राजपा-समाजवादी एकता : आपतकालले जुराएको बाटो

64x64
किशोर दहाल बिहीबार, वैशाख ११, २०७७  ०१:१६
1140x725

काठमाडौं- सरकारले सबैलाई छलेर ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको असरले लामो समयदेखि एकता प्रयासमा रहेका दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई छिटो एकीकृत हुन भूमिका खेलेको छ। यसअघिको पटकपटक प्रयास सम्भव भइरहेको थिएन। तर बुधबार बेलुका दुई दल एकाएक जोडिन पुगे।

हतारमा जोडिनुका केही कारण पनि छन्। तर, मुख्यगरी आफ्ना केही सांसदहरुले पार्टी विभाजनको तयारीमा लागेपछि नै दुवै दललाई एकताको हतारो भएको थियो।

दुवै दलले मधेसको मुद्दालाई प्राथमिकतामा राख्ने भए पनि जन्म भने फरकफरक किसिमले भएको थियो। त्यसैले अहिले भएको एकतासँगै मधेस केन्द्रित बलियो दलको उदय हुनेछ। यसको एकीकृत स्वरुप लामो समयसम्म रहने विषयमा शंका गर्न सकिने आधार छन्। तैपनि अहिलेको अवस्थामा नेपाली राजनीतिमा तेस्रो शक्ति थप बलियो बनेको छ। अहिलेको संविधान जारी गर्न अपनाएको प्रक्रियाप्रति अशन्तुष्ट र त्यसका कैयौं प्रावधानलाई परिवर्तन गर्नुपर्ने माग राख्दै आएको शक्ति एक ठाउँ उभिन पुगेका छन्। एकीकृत शक्तिलाई सत्ताधारी दलसँग जुध्न वा डिल गर्न थप साहस र उत्साह आउने नै छ।

यो एकता निकै हतारमा भयो। हतारो कतिसम्म थियो भन्ने कुरा एकताको सहमति पत्रमा छुटेका कैयौं कुराले पुष्टि गर्छन्।

एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख छ। त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (People's Socialist Party, Nepal) हुने छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा राता र हरियो रंगको बिचमा तारा हुने छ। साथै, एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ।

सहमतिका मुख्य चार बुँदा हेर्दा ‘विन-विन’ को स्थिति देखिन्छ। कारण पार्टीको नाममा दुवैको अपनत्व छ। त्यहाँ दुवै पूर्वपार्टीको अंश देखिन्छ। त्यस्तै, एकीकृत पार्टीको झन्डा समाजवादीको छ भने चुनाव चिह्न राजपाको छ। यसले पनि लेनदेन बराबरी नै भएको देखिन्छ।

समानताको आधारमा एकीकरण गरिने भनिएकाले पार्टीका कमिटीहरुलाई दुवै पार्टीका तर्फबाट बराबरी संख्या सहित पूर्णता दिइने भन्ने  अर्थ दिएको छ। अहिले राजपाको झन्डै ८ सय केन्द्रीय सदस्य छन्, समाजवादीको ४ सय ३१। संख्याले नै दुवैको सहज र बराबरी व्यवस्थापन जटिल देखाउँछ।

दुवैले अभ्यास गरिरहेको पदाधिकारीको संरचना तथा महत्त्वपूर्ण निर्णय लिने कमिटीको संरचना पनि मिल्दैन। यसले पुरानो सबै संरचना खारेज गरेर नयाँ ढाचामा लैजान आवश्यक देखिन्छ । तर त्यो विषय सहज भने छैन।

Ncell 2
Ncell 2
nimb
nimb

एकताको यो प्रयासमा दुवै पार्टीबीच विभाजित मानसिकता देखियो। एकता प्रक्रियामा दुवै पार्टीका कतिपय नेता उपस्थित भएनन्। प्रष्टै देखिने गरी राजपाका दुई अध्यक्ष राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सहमति पत्रमा छैन। राजपाभित्र यी दुई नेतालाई सरकारमा जान रहर गर्ने नेताको रुपमा चिनिन्छ। साथै, नयाँ प्रावधानसहितको अध्यादेश आउने बित्तिकै पार्टी विभाजनमा उनीहरुलाई नै शंकाको नजरले हेरिएको थियो। त्यसैले उनीहरुको अनुपस्थिति अर्थपूर्ण छ। किन आएनन् ? जसरी अध्यादेशसँगै दलभित्रको उथलपुथलले गति लिएको छ यो प्रष्ट हुन लामो समय लाग्दैन।

राजपा र समाजवादीबीच यसअघि भएका एकता प्रयासमा नेतृत्वको विषय प्रमुख भएको थियो। राजपामा ६ जना अध्यक्ष र समाजवादी पनि दुई अध्यक्ष रहेका कारण नेतृत्वको विषय मिलिरहेको थिएन। पार्टीमा अध्यक्ष नै अध्यक्ष हुने भएकाले जति गर्दा पनि व्यवस्थापनको सूत्र पहिल्याउन सकिएन र एकता प्रक्रिया ‘पेन्डिङ’मा रह्यो।

बुधबार सार्वजनिक सहमति पत्रमा पनि पार्टी नेतृत्वबारे केही उल्लेख छैन। अनौपचारिक जानकारी अनुसार पार्टीको नेतृत्व हाललाई महन्थ ठाकुरले गर्ने सहमती भएको छ। तर, अन्यको पदीय जिम्मेवारी के हुने भन्ने विषय अन्यौलमै छ। बराबरी हैसियत र चक्रीय प्रणाली अनुसार नेतृत्व गरिरहेका पूर्व राजपामा त अनेक खाले समस्या छन् भने एकीकृत पार्टीमा थप समस्या नहोला भन्ने आधार छैन। त्यसैले एकताको ताप सकिए लगत्तै पार्टीमा विग्रह सुरु हुनसक्ने प्रशस्तै सम्भावना देखिन्छ।

पार्टी एकता हुँदा सैद्धान्तिक/वैचारिक बाटोहरु प्रष्ट गरिने जुन प्रचलन छ, त्यसलाई समेत पछ्याइएको छैन। सहमति पत्रमा जेजति विषयहरु उल्लेख छन्, ती पनि अप्रष्ट छन्। ‘हिमाल पहाड र मधेसका सबै राष्ट्रियताहरुको पहिचान र अधिकारसहितको संघीयता समृद्धि, सुशासन समाजवाद स्थापित गर्न तथा राष्ट्रिय मुक्ति आन्दोलनको आँधीबेरी सिर्जना गर्न अपरिहार्य भएकाले’ एकीकरण गरिएको भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजपा र समाजवादीमा भएका नेताहरुले पटकपटक असन्तुष्टि राख्ने विषय अहिलेको संघीय संरचना, त्यसको आधार र क्षेत्राधिकारको विषय हो। तर त्यसमा पनि उनीहरुले प्रष्ट एकमत भेट्टाउन सकेको देखिदैन। जबकि, अघिल्लो बैशाखमा संघीय समाजवादी फोरम र नयाँशक्तिबीच एकता हुँदा हस्ताक्षर गरिएको ९ बुँदे ‘सहमतिको मुख्य आधारहरु’मा संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा संविधान संशोधन गरी १०+१ प्रदेशको रचना गरिनुपर्ने उल्लेख थियो। साथै, कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणालीको पक्षमा उभिएको थियो। यी र यस्ता विषयमा जनता समाजवादी पार्टी प्रष्ट छैन।

केही समयमै यस्ता विषय टुंगो नलगाउने हो भने दुई पक्षबीच विग्रहको सूत्रपात यही हुनसक्छ।

सामाग्री तयार गर्दासम्म औपचारिक रुपमा समाजवादी पार्टी विभाजन भइसकेको छैन। तर पार्टी एक हुनु अगाडि नै समाजवादीभित्र तत्कालै विग्रह देखिइसकिएको छ। सो पार्टीका सात जना सांसदले बेग्लै पार्टी गठनको प्रयास शुरु गरेको संकेत सतहमै देखिइसकिएको छ। तर बेग्लै पार्टी बनेता पनि त्यसले एकीकृत पार्टीप्रति प्रतिशोध साँध्ने र सत्ता रणनीतिको मोहरा बन्ने बाहेक थप उपस्थिति देखाउन मुस्किल छ।

किनकि, पार्टी फुटाउने भनिएकाको सूचीमा जुनजुन नामहरु छन्, उनीहरुको प्रभाव राष्ट्रिय र क्षेत्रीय राजनीतिमा छैन। त्यसैले संसदको पद रहुञ्जेल प्राप्त हुने स्वभाविक शक्ति र सन्दर्भबाहेक उनीहरुको बाँकी राजनीतिक हैसियत रहनेछैन। यद्यपि, उनीहरुले तय गर्ने आगामी बाटो र रणनीति केही समयका लागि चर्चाको विषय त बन्छ नै।

अहिले राजपा र समाजवादीबीच भएको यो एकता आफ्नो पार्टीलाई टुक्र्याउन नदिने आपतकालीन परिस्थितिले सिर्जना गरिदिएको मोड नै हो। हतारको काम लतार भन्ने त नेपाली उखान नै छ। यो एकताभित्रका जटिलता आगामी दिनमा सहतमा देखिने नै छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०१:१६
  • #राजपा
  • #समाजवादी
  • #एकता
  • #जनता_समाजवादी_पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्