• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सम्बोधनमा प्रधानमन्त्री : उपस्थिति देखियो, अपेक्षा यथावत्

64x64
डिबी खड्का मंगलबार, चैत २५, २०७६  १३:३८
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित सम्बोधन आमजनमाझ पुगेको छ। कोरोना महामारीपछिको उनको दोस्रो सम्बोधन धेरैले प्रतीक्षा गर्नुका अनेक कारण थिए। तीमध्ये कतिले यो बीचमा सरकारको कामकारबाही माथि उठेका प्रश्नको उत्तर खोजिरहेका थिए। कतिमा दोस्रो चरणमा प्रवेश गरेको कोरोना संक्रमणलाई रोक्ने सरकारी तयारीका विषयमा कौतुहल थियो।

रोगभन्दा भोकले मर्नुपर्ने अवस्थालाई लिएर सरकारले ल्याउने प्याकेजको अपेक्षा थियो। यसबाहेक यस कष्टकर घडीमा देशबासीलाई ढाडस दिने, आश्वस्त तुल्याउने र हौस्याउने तरिकाले उनी प्रस्तुत हुने स्वभाविक चाहना थियो। 

सरकारभन्दा पर रहेका सरोकारवालाई यो संकटमा एकसाथ अघि बढ्न नयाँ रणनीति तय गर्ने आशा हुनु समेत गलत थिएन। तर सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले आफ्नो उपस्थिति देखाउनेभन्दा माथि उठ्न सकेनन्। यस्तो संकटको समयमा उनी अभिवभावकीय भूमिका देखाउन नसकिरहेको भन्ने आम प्रश्नको उत्तरका लागि मात्रै सम्बोधनका लागि कस्सिएका हुन् कि जस्तो देखिएको छ। 

सरकारले कोरोना विरुद्धको लडाइँमा सक्रियहरुलाई निरन्तर हतोत्साही बनाइरहेको सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन चिकित्सा क्षेत्रका लागि अर्थपूर्ण त छ तर आश्वत हुने आधार भने देखिँदैन।  उनले  महामारीलाई विशेष प्रकृति युद्ध र स्वास्थ्यकर्मीलाई सिपाहीका संज्ञा दिएका छन्।  महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको जस समेत दिएका छन्। अबको लडाईंको जीत, उनीहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको उल्लेख गरेका छन्। तर, उनै सिपाहीहरुले माग गरिरहेको ‘हतियार’ का विषयमा भने प्रधानमन्त्रीसँग स्पष्ट जवाफ छैन।

एक हजार हाराहारीका पिपिई रहेको आफ्नो विवरणमा समेटेका छन्। जुन निजी क्षेत्रबाट प्राप्त हुन्। सरकार आफ्नै तयारीमा भने कमजोर देखिएको सम्बोधनबाट देखिन्छ।

प्रधानमन्त्री बोली र स्वभावसँग परिचित आमजनको यसपटक फरक बोली सुन्ने अपेक्षा समेत पूरा भएन। उनको बोलीमा निस्किने धम्की र कटाक्ष कायम रह्यो। यो  समयमा एक अभिभावका मुखबाट धम्कीयुक्त शब्द सुनिनु उपयुक्त होइन।

कोरोना भाइरस संक्रमणका समयमा भएका र हुन सक्ने अनियमितताको खबरदारी गरिरहेकाहरुमाथि प्रधानमन्त्रीले तीतो पोखे। उनीहरुको भावनालाई तीर बनाएर केही शब्दवाण प्रहार गरे। आलोचकहरुमाथि उनको भनाइ थियो, 'सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ। व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ।'

हुन त आलोचकहरुलाई भनिएको यो वाक्य उनकै हकमा पनि लागू हुन्छ। त्यसप्रति कति ख्याल गरे कुन्नि?

Ncell 2
Ncell 2

सञ्चारमाध्यमले खेलिरहेको भूमिकाको प्रशंसा गरे। तर यो समयमा सञ्चारमाध्यमले सबैभन्दा बढी उठाएको सुशासनका विषयमा उनको चित्त दुखाइ थियो। जसलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्। कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित पारिरहेको उनको भनाइ थियो।

सम्बोधनमा उनले 'सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गर्नेछु' भन्लान् भन्ने धेरैको आशा थियो। तर, सम्बोधनमा प्रयोग गरिएको ‘निराधार आरोप’ भन्ने शब्दले भविष्यको चित्र स्पष्ट पारेको छ। जुन आफ्नालाई जोगाउन उनको ‘न्यायाधीश’ बन्ने शैलीकै निरन्तरता हो। निराधार भनिसकेपछि के को छानबिन? 

सामाजिक सञ्जालमा आफ्नो आँखा पुगिरहेको संकेत गरेका छन्। समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको बताएका छन्। ती आलोचना, टिप्पणी र सुझावलाई उनले नरुचाएको पनि संकेत गरेका छन्। उनले सम्बोधनमा माथिको प्रसंग जोडेर भने, 'मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।'

जुन हाल सरकारले खेपिरहेको आरोपको बचाउ जस्तो सुनिएको छ।

आउने दुई साता सायद थप चुनौतिपूर्ण हुने बताएका छन्। यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि भएकाले सचेत हुन आग्रह गरेका छन्। यही हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास उनको छ। तर उक्त किटको गुणस्तरका विषयमा उठेका प्रश्नको उनले जवाफ दिएनन्।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा धेरै समय यसअघि सरकारका तर्फबाट भएका गरेका कामकै विवरण प्रस्तुत गर्नैमै बित्यो। यो सम्बोधनले किन मौन? भन्ने सवालको जवाफ दियो तर उठिरहेका अनेक सवालहरु भने यथावत् रहे।

यो पनि पढ्नुहोस्ः

'भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिवद्धतालाई निराधार कुप्रचारले कमजोर पार्न सक्दैन' (पूर्ण पाठ)

प्रिय पिएम! एक वचन बोल 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:३८
  • #oli
  • #PM

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका ला... बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्