• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सम्बोधनमा प्रधानमन्त्री : उपस्थिति देखियो, अपेक्षा यथावत्

64x64
डिबी खड्का मंगलबार, चैत २५, २०७६  १३:३८
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित सम्बोधन आमजनमाझ पुगेको छ। कोरोना महामारीपछिको उनको दोस्रो सम्बोधन धेरैले प्रतीक्षा गर्नुका अनेक कारण थिए। तीमध्ये कतिले यो बीचमा सरकारको कामकारबाही माथि उठेका प्रश्नको उत्तर खोजिरहेका थिए। कतिमा दोस्रो चरणमा प्रवेश गरेको कोरोना संक्रमणलाई रोक्ने सरकारी तयारीका विषयमा कौतुहल थियो।

रोगभन्दा भोकले मर्नुपर्ने अवस्थालाई लिएर सरकारले ल्याउने प्याकेजको अपेक्षा थियो। यसबाहेक यस कष्टकर घडीमा देशबासीलाई ढाडस दिने, आश्वस्त तुल्याउने र हौस्याउने तरिकाले उनी प्रस्तुत हुने स्वभाविक चाहना थियो। 

सरकारभन्दा पर रहेका सरोकारवालाई यो संकटमा एकसाथ अघि बढ्न नयाँ रणनीति तय गर्ने आशा हुनु समेत गलत थिएन। तर सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले आफ्नो उपस्थिति देखाउनेभन्दा माथि उठ्न सकेनन्। यस्तो संकटको समयमा उनी अभिवभावकीय भूमिका देखाउन नसकिरहेको भन्ने आम प्रश्नको उत्तरका लागि मात्रै सम्बोधनका लागि कस्सिएका हुन् कि जस्तो देखिएको छ। 

सरकारले कोरोना विरुद्धको लडाइँमा सक्रियहरुलाई निरन्तर हतोत्साही बनाइरहेको सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन चिकित्सा क्षेत्रका लागि अर्थपूर्ण त छ तर आश्वत हुने आधार भने देखिँदैन।  उनले  महामारीलाई विशेष प्रकृति युद्ध र स्वास्थ्यकर्मीलाई सिपाहीका संज्ञा दिएका छन्।  महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको जस समेत दिएका छन्। अबको लडाईंको जीत, उनीहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको उल्लेख गरेका छन्। तर, उनै सिपाहीहरुले माग गरिरहेको ‘हतियार’ का विषयमा भने प्रधानमन्त्रीसँग स्पष्ट जवाफ छैन।

एक हजार हाराहारीका पिपिई रहेको आफ्नो विवरणमा समेटेका छन्। जुन निजी क्षेत्रबाट प्राप्त हुन्। सरकार आफ्नै तयारीमा भने कमजोर देखिएको सम्बोधनबाट देखिन्छ।

प्रधानमन्त्री बोली र स्वभावसँग परिचित आमजनको यसपटक फरक बोली सुन्ने अपेक्षा समेत पूरा भएन। उनको बोलीमा निस्किने धम्की र कटाक्ष कायम रह्यो। यो  समयमा एक अभिभावका मुखबाट धम्कीयुक्त शब्द सुनिनु उपयुक्त होइन।

कोरोना भाइरस संक्रमणका समयमा भएका र हुन सक्ने अनियमितताको खबरदारी गरिरहेकाहरुमाथि प्रधानमन्त्रीले तीतो पोखे। उनीहरुको भावनालाई तीर बनाएर केही शब्दवाण प्रहार गरे। आलोचकहरुमाथि उनको भनाइ थियो, 'सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ। व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ।'

हुन त आलोचकहरुलाई भनिएको यो वाक्य उनकै हकमा पनि लागू हुन्छ। त्यसप्रति कति ख्याल गरे कुन्नि?

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चारमाध्यमले खेलिरहेको भूमिकाको प्रशंसा गरे। तर यो समयमा सञ्चारमाध्यमले सबैभन्दा बढी उठाएको सुशासनका विषयमा उनको चित्त दुखाइ थियो। जसलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्। कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित पारिरहेको उनको भनाइ थियो।

सम्बोधनमा उनले 'सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गर्नेछु' भन्लान् भन्ने धेरैको आशा थियो। तर, सम्बोधनमा प्रयोग गरिएको ‘निराधार आरोप’ भन्ने शब्दले भविष्यको चित्र स्पष्ट पारेको छ। जुन आफ्नालाई जोगाउन उनको ‘न्यायाधीश’ बन्ने शैलीकै निरन्तरता हो। निराधार भनिसकेपछि के को छानबिन? 

सामाजिक सञ्जालमा आफ्नो आँखा पुगिरहेको संकेत गरेका छन्। समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको बताएका छन्। ती आलोचना, टिप्पणी र सुझावलाई उनले नरुचाएको पनि संकेत गरेका छन्। उनले सम्बोधनमा माथिको प्रसंग जोडेर भने, 'मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।'

जुन हाल सरकारले खेपिरहेको आरोपको बचाउ जस्तो सुनिएको छ।

Xtrem

Xtrem

आउने दुई साता सायद थप चुनौतिपूर्ण हुने बताएका छन्। यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि भएकाले सचेत हुन आग्रह गरेका छन्। यही हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास उनको छ। तर उक्त किटको गुणस्तरका विषयमा उठेका प्रश्नको उनले जवाफ दिएनन्।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा धेरै समय यसअघि सरकारका तर्फबाट भएका गरेका कामकै विवरण प्रस्तुत गर्नैमै बित्यो। यो सम्बोधनले किन मौन? भन्ने सवालको जवाफ दियो तर उठिरहेका अनेक सवालहरु भने यथावत् रहे।

यो पनि पढ्नुहोस्ः

'भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिवद्धतालाई निराधार कुप्रचारले कमजोर पार्न सक्दैन' (पूर्ण पाठ)

प्रिय पिएम! एक वचन बोल 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:३८
  • #oli
  • #PM

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कार्टुन सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता सोमबार, असोज २६, २०८३
गोरखा आरुघाट सडक अवरुद्ध सोमबार, असोज २६, २०८३
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्