• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रिय पिएम! एक वचन बोल

64x64
डिबी खड्का आइतबार, चैत २३, २०७६  १५:००
1140x725

प्रिय प्रधानमन्त्री,
कोरोनाले विश्वकै झ्यालढोका बन्द गरिदिएको यो बखत तपाईंचाहिँ मुखसमेत बन्द गरेर बस्नुभएको छ। भातृत्व बढाउनुपर्ने यो दुःखका क्षणमा तीतो बचन बोल्न मलाई पनि मन छैन। तपाईंको स्वास्थ्य अवस्थाबाट ज्ञात मेरो पनि शुभेच्छा प्रशस्त आराम गर्नुहोस् भन्ने नै थियो, छ र हुनेछ। ज्यानले आराम गरे पनि कान र मुख खुलै राख्नुहुन्छ भन्ने अपेक्षासहितको शुभेच्छा हो खासमा यो।

जनताका गुनासो सुन्ने कान र उनीहरुलाई ढाडस दिने बोलिबचन मात्रै बन्द गर्नुभएको हो कि भन्ने लाग्न थालेको छ (माफ गर्नुहोस्, यो विषम परिस्थितिमा एक निम्छरो नागरिकलाई यस्तो महसुस भएकोमा)। शासन आफैंले गरिरहेको महसुस पनि बेलाबखत गराउनु हुन्छ। अस्ति सार्क देशको भर्चुअल सम्मेलनमा सहभागी भएर गराउनुभएको थियो, हिजो मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेर।

हिजोको बैठकमा तपाईंले एउटा निर्णय गरिदिनुभयो, र्‍यापिड किटबाट सुदूरपश्चिमका दुई जिल्ला र बागलुङमा कोरोना टेस्ट गरिने। यो निर्णयले मलाई खुसी र पीरको बीचमा ल्याएर छाडिदिएको छ। खुसी हुनुपर्ने हो, किनभने सरकारले केही गर्दैछ। पीर लागिरहेको छ, जसरी हुन गइरहेको छ, त्यो सही छैन। यति हुँदा पनि बोल्न मन थिएन, तपाईंजस्तै।

तर, एकाएक मार्टिन निमोलरको बहुचर्चित कविता दिमागमा आयो। मैले उहिल्यै पढेको हुँ, त्यसैले बिर्सी पनि सक्थें होला। केही दिनअघि तपाईंकै सचिवालय सदस्यले फेसबुक पोस्ट गरेकाले सम्झिएँ। कविताभाव यस्तो छ, 'त्यसपछि उनीहरु मलाई नै खोज्दै आए, मेरो लागि बोलिदिने कोही थिएन।'

हो, मलाई पनि एकाएक त्यस्तै महसुस भयो। त्यो र्‍यापिड टेस्ट मेरै गाउँघर (सुदूरपश्चिम) मा हुँदैछ। जति विश्वबन्धुत्वको कुरा गरे पनि आफ्नै भनेपछि बढी माया लाग्दो रहेछ (जस्तो, तपाईंलाई आफ्ना गुटका नेताहरुको लाग्छ नि, त्यस्तै सम्झिनुहोस् न)।

यस्तो महसुस हुनुको पहिलो कारण थियो- र्‍यापिड टेस्टका लागि प्रयोग हुने किटको गुणस्तर। जसको बारेमा यतिबेला ठूलो बहस चलिरहेको छ। केही दिनअघि तपाईंकै नेताहरुको प्रिय ओम्नी ग्रुपले निगाह गरेको उक्त किटको गुणस्तर परीक्षण आजको दिनसम्म हुन सकेको छैन। यो किट ल्याउने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारले केही दिनअघि नै र्‍यापिड किटको गुणस्तरमाथि प्रश्न गरेका थिए। प्रयोग नगर्न सार्वजनिक आह्वान गरेका थिए। 

त्यसपछि केही माइक्रोबाइलोजिष्टसँग सोधखोज गरेको थिएँ। उनीहरुले भयावह दृश्य बनाइदिए दिमागमा।  यसै पनि र्‍यापिड किट कोरोना भाइरस पत्ता लगाउनका लागि भरपर्दो उपाय रहेनछ, त्यसमाथि चीनबाट ल्याइएका किटको गुणस्तर परीक्षण भएको छैन। यसो बाहिरतिरका समाचार पढ्दा चीनबाट मगाएका किटहरु केही देशले फर्काएको ताजा उदाहरण भेटिँदारहेछन्।

आजको मितिसम्म सुदूरपश्चिम कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो। भारत आक्रान्त भइरहेकाले सबैभन्दा बढी सम्भावित हो भनेर यसअघि नै सम्झाइएको हो, तपाईंको कानमा पर्‍यो कि परेन थाहा छैन। त्यसका लागि प्रशस्त तयारी हुनुपर्थ्यो। त्यो भएन। आउनेजति सबैलाई क्वारेन्टाइनमा राख्ने, हरेक जिल्ला र स्थानीय तहहरु रेकर्ड राखेर निगरानी गर्ने जस्ता विषयमा चुके। भारतमा बेरोजगार भएपछि हालसालै देश फिरेका एक लाख ४० हजार सुदूरपश्चिमेलीहरु कुन मेलामा घुमिरहेका छन्? त्यसबारे राज्यलाई थाहा छैन। यस्तो डरलाग्दो परिस्थितिमा राज्यको भूमिका कस्तो हुनुपर्छ? संघको कस्तो, प्रदेशको कस्तो र स्थानीय कस्तो? यसको उत्तर खोजिरहेका छन्  नागरिक। तर, तपाईं त मौनव्रतमा हुनुहुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुदूरपश्चिममा आतंकले घन्टी बजाइसकेको वर्तमान परिस्थितिमा मन्त्री परिषद्ले त्यहाँका लागि जम्माजम्मी एउटा निर्णय गर्‍यो, र्‍यापिड किटबाट कोरोना जाँच गरिने। महाकालीमा हेलिने नागरिक र महकालीपारि नै हेलाहोचो खेपिरहेका नागरिक र दुईछाक खान हरेक दिन हातपाउ खियाउनुपर्ने नागरिकका बारेमा पनि मन्त्री परिषद्ले केही निर्णय गर्नुपर्थ्यो। त्यो क्रन्दन तपाईंको कानसम्म अझै पुगेको छैन सायद। नत्र कसरी मौन बस्न सकिन्छ?

र्‍यापिड किटबाट सम्भावित कोरोनाका बिरामीको परीक्षणका विषयमा तपाईंहरुले क्याबिनेटबाट एउटा निष्कर्ष पनि निकाल्नुभएछ। मेरो बुझाइमा त्यो यस्तो रहेछ, पहिलो चरणमा र्‍यापिड किटबाट जाँच्ने, जतिमा कोरोना पोजिटिभ देखिन्छ, फेरि पिसिआर प्रविधिमा जाँच्ने। यो तरिका सुन्दा कर्णप्रिय लाग्यो। तर, गुणस्तर जाँच्दै नजाँचिएको र्‍यापिड किटले नेगेटिभलाई पोजेटिभ मात्रै देखाउला त?  दिमागमा तुरुन्तै प्रश्नले कब्जा जमायो।

नेगेटिभलाई पोजेटिभ देखायो भने त ठिकै छ। उसलाई आइसोलेसनमा राखेर फेरि जाँचौंला। यो विधिअनुसार नेगेटिभ आए घर पठाइदिने हो। पोजेटिभलाई नेगेटिभ देखायो भने नि? त्यस्तो परिस्थितिमा उसको पुनः परीक्षण हुने छैन। आइसोलेसनमा रहने छैन। निर्धक्क भएर समाजमा घुमफिर गर्नेछ। यसो गर्दा आइलाग्ने जोखिमबारे बोल्नुपर्थ्यो कि पर्दैनथ्यो?

र्‍यापिड किटबाट हुने परीक्षणबाट हामी त्यसैले आतंकित छौं। यसकारण हामीले सुरुदेखि नै प्रश्न गरिरहेका छौं, र्‍यापिड किटको गुणस्तर जाँचेर किन नकिनेको? गुणस्तर जाँच्दा यसको अवगुण थाहा हुन्थ्यो (केही न केही अवगुण सबै र्‍यापिड किटमा हुन्छ)। यसमा पोजेटिभलाई नेगेटिभ  देखाउने अवगुण बढी छ कि नेगेटिभलाई पोजेटिभ देखाउने? त्यो पनि थाहा लाग्थ्यो।

हुन त तपाईंले मेडिकल सामाग्री किन्न जिम्मा दिएका मन्त्रीहरुलाई हतार थियो। तीन घन्टाभित्र ठेकेदार छान्नुपर्ने, जसरी पनि ओम्नी ग्रुपलाई ठेक्का पार्नुपर्ने र उसले बटुलबाटुल गरेका जस्तोसुकै सामग्री प्लेनमा खाँदेर नेपाल ल्याइहाल्नुपर्ने। यो तीव्रगतिको काममा गुणस्तर जाँच्ने सुविधा कहाँ थियो र? मजस्ता निम्छरा नागरिकलाई तपाईं यहीँनेर बोल्नुपर्छ जस्तो लागेको हो। महाविपत्तिको समयमा नागरिकका लागि आफ्नै ज्यान हत्केलामा राख्नुपर्ने शासकले खान खोजेको कमिसनको अन्तर्यका विषयमा तपाईंको एक बचन सुन्न चाहेको हो।

विश्व मेरै मुठ्ठीमा छ भन्ने अहंकार पाल्ने देश र शासकले कोरोनासँग घुँडा टेकेको अवस्था छ। त्यस्तो समयमा तपाईंले गर्नसक्ने काम सिमित छन्। त्यो अवगत नै छ। कोरोनाका अघि घुँडा टेकेका शासकले समेत यो लडाइँमा आफूसँगै रहेको अनुभूति नागरिकलाई दिइरहेका छन्। त्यस्तोचाहिँ खोजेको हो।

आत्मबलको महिमा तपाईंका अघि गाउनु भनेको 'आमालाई मामा चिनाए' जस्तो हो। रोगले निरन्तर प्रहार गर्दा पनि आत्मबलको हतियारले तपाईं प्रतिकूल स्वास्थ्यमाथि विजय प्राप्त गरिरहनुभएको छ। त्यसैले नागरिकलाई म साथमै छु भनेर एक वचन बोलिदिए हुन्थ्यो लागेको हो। तपाईं गर्नसक्ने काम सिमित छन्, तर तपाईंको बोलीको महत्व यतिबेला असिमित छ। यति बोध भएर पनि किन बोलिरहनु भएको छैन? जान्न खोजेको यत्ति हो।

तपाईंले यतिबेला बोल्नैपर्ने खास विषय पनि छ। कोरोना विरुद्धको लडाइँमा तपाईंले मैदानमा उतारेका जर्नेल/कर्नेलहरुमाथि संगीन आरोप लागेको छ। उनीहरु कोरोना विरुद्धका सिपाहीका लागि बलियो हतियार होइन, अर्थोपार्जनमा मग्न छन् भन्ने विषयले शान्त सहरमा कोलाहल छ। तपाईंबाट शासित नेपाल देशका नागरिकले पनि यस्तै अनुभूत गरिरहेका छन्। कोरोनाको आक्रमण बढ्दो छ, देशले गोलीगठ्ठा किन्न सकेको छैन। कसरी पार पाउने हो? यस्तै चिन्ताले लकडाउनमा पनि नागरिकलाई निद्रा परेको छैन। कसैको नियतको वा नियतिको शिकार भइएको हो? यसबारे तपाईं बोली सुन्न चाहने बढेका छन्। त्यसैले तपाईं बोल्नुपर्छ।

तपाईंसँग भाषणशिल्प छ। प्रस्तुति शैली कलात्मक छ। तपाईंलाई  शब्द चयन र उखानटुक्काको सुन्दर संयोजन गर्न पनि आउँछ। तर यतिबेला केही सवालसहित यो देशका नागरिक तपाईंको बोली पर्खिरहेका छन्। उनीहरु जान्न चाहन्छन्, तपाईंलाई नागरिकले गरिरहेका प्रश्नको जवाफ दिन आउँछ कि आउँदैन? तपाईंलाई संकटको बेला ढाडस दिन आउँछ कि आउँदैन? सबैभन्दा पेचिलो प्रश्न, तपाईंलाई आफ्नै सरकारको छवि जोगाउने कदम चाल्न आउँछ कि आउँदैन?

त्यसैले प्रिय प्रधानमन्त्री, एक बचन बोल, यो संकटको घडीमा त्यही बोली हुनेछ अनमोल।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १५:००
  • ##pmhelth
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
सप्तरीमा बाक्लो हुस्सुका बीच दुर्घटना, चार जना घाइते बुधबार, भदौ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो बुधबार, भदौ ३१, २०८३
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्