• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीको यस्तो छ १६ बुँदे लिखित वक्तव्य

64x64
नेपाल लाइभ आइतबार, चैत २५, २०७४  १७:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमणबारे लिखित वक्तव्य जारी गरेका छन्। आइतबार भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लिखित वक्तव्य दिएका हुन्। प्रधानमन्त्रीको वक्तव्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाचन गरेर सुनाएका थिए। प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि त्यहाँ भएका सम्पूर्ण क्रियाकलापलार्इ लिखित रुपमा सार्वजिनक गरेका हुन्। वक्तव्यमा उनले भारत भ्रमणका क्रममा भएका भेटघाट, कुराकानी र सहमति प्रस्तुत गरेका छन्। यस्तो छ प्रधानमन्त्रीको सचिवालयले सार्वजिनक गरेको लिखित वक्तव्य:

•    मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु ।

•    भ्रमणदलमा संलग्न एवं अन्य सञ्चारकर्मी मित्रहरूबाट भ्रमणका सम्बन्धमा यहाँहरू निरन्तर अवगतै हुनुहुन्छ । भ्रमण सम्बन्धी संयुक्त वक्तव्य समेत जारी भइसकेको छ । तथापि म केही विषयमा थप जानकारी गराउन चाहन्छु ।

•    निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो ।

•    भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय ‍औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो वारेमा तीनवटा अलग– अलग संयुक्त घोषणा समेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ ।

•    विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमा दुवै पक्षबीच सहमति भयो । महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइ लगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ । नेपाल र भारतका बीच इनर्जी ब्याङ्किङको अवधारणामा आधारित विद्युत व्यापारको प्रस्ताव गरेको छु ।

•    दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको छ ।

•    नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको छु । यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।

Ncell 2
Ncell 2
nimb
nimb

•    साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ । साथै, भारतले नेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।

•    भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उदघाटन गर्यौ । यसवाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजिकरणका साथै मानिसहरूको आवागमनमा सुविधा हुनेछ ।

•    यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको छ ।

•    भारतका प्रधानमन्त्रीसँगको औपचारिक वार्ता पश्चात् हामीले संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्यौं । भारतीय प्रधानमन्त्रीले नेपाली जनताले लोकतन्त्र तथा संघीय व्यवस्था प्रति देखाएको विश्वास र नेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै यो सन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो । उहाँले यसका लागि नेपाली जनता र सरकारलाई बधाई ज्ञापन गर्नुभयो ।

Xtrem

Xtrem

•    भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका बरिष्ठ मन्त्री एवं उच्च अधिकारीहरुसँग समेत मेरो भेटघाट भई आपसी हितका विषयमा छलफल भयो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायत नेपालका मित्रहरूसँग मेरो भेट भयो । 
 
•    नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा म सहभागी भएँ । साथै, भारतका व्यापारिक समुदाय तथा बुद्धिजीवी समूहसँगको अलग अलग अन्तरक्रिया एवं नेपाली समुदाय र दुवै मुलुकका चलचित्र कलाकारहरूसँगको मेरो भेटघाट फलदायी रह्यो । इन्डिया फाउन्डेसनले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ ।

•    भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा म सहभागी भएँ । मानार्थ डक्टर्स अफ साइन्सको उपाधि प्रदान गरेकोमा म विश्वविद्यालयप्रति आभारी छु ।

•    भारतीय पक्षसँग छलफल एवं विचार विमर्श हुँदा हरेक विषयमा नेपाल र नेपालीको मर्यादा र हितलाई उच्च प्राथमिकतामा राखिएको छ ।

•    •    मेरो भारतभ्रमणबाट नेपाल र भारतका बीच विश्वासको अभिवृद्धि भएको छ । साथै,यसबाट द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै आगामी दिनमा समानता, आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउनर सहयोगविस्तार गर्न योगदान पुग्ने मैले विश्वास लिएको छु ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्