नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म 'राजी' को टिजर सार्वजनिक भएको छ।
४० सेकेन्डको भिडियोमा आलिया मुस्लिम पहिरन बुर्कामा देखिएकी छन्। उनी फोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेकी छन्। भिडियोको अन्तिममा उनी भन्छिन्, 'हुन्छ, म राजी छु।' त्यसपछि फोन राखेर उनी आफ्नो अनुहार ढाक्छिन्।
आलियाले सोसल मिडिया ट्विटरमा टिजर राखेकी छन्। मेघना गुलजार निर्देशित 'राजी' को ट्रेलर भने अप्रिल १० मा रिलिज हुनेछ।
हरिन्दर सिक्काको उपन्यास 'कलिङ सहमत' मा आधारित 'राजी' कश्मीरकी युवतीको वास्तविक जीवनमा आधारित छ। ती युवतीले १९७१ मा भारत-पाकिस्तान युद्धको क्रममा एक पाकिस्तानी सेना अधिकारीसँग विवाह गर्छिन्। फिल्ममा आलियाको अपोझिटमा विक्की कौशल देखिनेछन्।
धर्मा प्रोडक्सन्स र जंगली पिक्चर्सले निर्माण गरेको 'राजी' को सुटिङ कश्मीर, पन्जाब र मुम्बईमा गरिएको छ।
'फिलहाल' र 'तलवार' जस्ता फिल्म बनाइसकेकी मेघना चर्चित लेखक गुलजार र अभिनेत्री राखीकी छोरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।