काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासलाई हत्या गर्ने उद्धेश्यले गोली प्रहार गरिएको भन्दै घटनाप्रति भत्र्सना गरेको छ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाले हिन्दुत्वलाई कमजोर बनाउने र धार्मिक संघसंस्थालाई भयभित बनाउन योजनाबद्ध श्रृङखलाको एक घटनाको रुपमा गोली काण्डलाई व्याख्या गर्दै तत्काल छाानविन प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै उसले धार्मिक गुरु तथा व्यक्तित्वको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन समेत सरकारसँग माग गरेको छ।
प्रवक्ता भुवन पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गर्दछु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।