• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको ऐतिहासिक भारत भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ आइतबार, चैत २५, २०७४  ०२:३८
1140x725

- रमेश लम्साल/रासस
नयाँ दिल्ली– प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे।

सन् २००६ देखि नेपालमा शुरु भएको राजनीतिक परिवर्तनको श्रृङ्खला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण भएको उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको ३ चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको शुभकामना दिएका थिए। प्रधानमन्त्री मोदीले यो सुनौलो समयमा नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गरेका परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

दुई देशबीच रहेको आपसी सरोकार तथा चासोका सबै विषयमा खुला र स्पष्ट तवरले छलफल भएको र त्यसले सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ। 

‘प्रधानमन्त्री ओलीको सम्मानमा भारत सरकारले उपलब्ध गराएको आतिथ्यता, भारतको राष्ट्रिय पाहुनाका रुपमा गरेको सम्मान तथा दुई देशका साझा चासोका विषयमा खुलेर भएका छलफलले सम्बन्धलाई नयाँ आधारमा परिभाषित गरेको सहजै अनुमान गर्न सकिन्छ।’, ज्ञवालीले भने।  

परराष्ट्रमन्त्री ज्ञवालीले थपे,‘भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। भूपरिवेष्ठित मुलुकले पाउने समुन्द्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जलयातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको यात्रालाई सम्बोधन गर्न बल पुगेको छ।’ 

उनले सगरमाथादेखि सागरसम्मको सहज पहुँचलाई जसरी भारतले सम्बोधन गरेको छ, त्यसले नेपाल अब भूपरिवेष्टित होइन, भूमि जोडिएको तर पहुँच र सम्पर्क विस्तारका हिसाबले पनि थप सहज मुलुकका रुपमा समेत परिभाषित भएको दावी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, खुला सीमाको व्यवस्थापन गर्ने विषय पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको उनले बताए।

कृषिका आधुनिकीकरण र रुपान्तरणका विषय, रक्सौलदेखि काठमाडौँ जोड्ने रेल सञ्जालको विस्तार तथा नेपालले वर्षौंदेखि प्रयास गरिरहेको जलमार्गसम्बन्धी विषय पनि प्रभावकारी रुपमा उठाइएको छ। 

नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने विषय तथा आर्थिक समृद्धि प्राप्त गर्नका लागि आवश्यक पर्ने विषय तथा कार्यक्षेत्रका बारेमा समेत महत्वपूर्ण समझदारी भएको मन्त्री ज्ञवालीको भनाइ छ। 

द्विपक्षीय तथा बहुपक्षीय छलफलमा नेपालको बढ्दो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ। उनका अनुसार भारत–नेपालको ठूलो बजार हुनसक्ने र नेपाली उत्पादनले भारतको बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिन्छ भन्नेतर्फ पनि छलफलमा प्रमुखताका साथ विषय केन्द्रित भएको थियो। 

Xtrem

Xtrem

वैदेशिक व्यापारमध्ये करीब ७० प्रतिशत व्यापार घाटा भारतसँग मात्रै हुने गरेको छ। भारत जस्तो ठूलो अर्थतन्त्र भएको मुलुकले नेपाली उत्पादनलाई सहज पहुँच दिनुपर्ने विषयलाई नेपालले स्पष्टका साथ कुराकानी गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

लामो समयदेखि चर्चामा रहेका हुलाकी सडक, माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरजस्ता बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न सबैखालका संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ पनि नेपालले भारतीय उच्च अधिकारीसँग महत्वपूर्ण छलफल गरेको उनले बताए।

प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा समस्या खडा भएको निष्कर्षसहित दुवै देशका कार्यकारी प्रमुखले अब कुनै पनि काममा थप असहजता हुन नदिने र तोकिएकै समयमा परियोजना निर्माणमा जोड दिने सहमति गरेका छन्। 

व्यापारको विस्तार, विविधीकरण तथा, दुई देशबीच रहेको व्यापार घाटा कम गर्न पनि नेपाली माल वस्तुको सहज बजारको पहुँचजस्ता विषयले पनि यसपटक प्राथमिकता पाएका थिए। 

नेपाल कुनै पनि प्रकारको आतंकवादको पक्षमा नरहेको, क्षेत्रीय शान्ति र विकासका साझा लक्ष्य चुम्न गर्नुपर्ने सबैखालका प्रयास गर्ने प्रतिबद्धतासमेत जनाइएको छ। 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले उक्त साझा फोरमको मर्म र भावनाअनुसार काम गर्ने अवस्थाको सिर्जनाका लागि पनि दुई देशका कार्यकारी प्रमुखबीच छलफल भएको छ। 

भारत भ्रमणमा निस्कनुभन्दा केही समय पहिलेदेखि नै कुनै नयाँ सम्झौता वा सहमति नगर्ने तर विगतमा भएको सहमति तथा सम्झौताको पूर्ण परिपालनाका लागि नै आफ्नो भ्रमण केन्द्रित रहने भन्ने प्रधानमन्त्रीको भनाइ र भ्रमणका क्रममा देखिएको तादम्यताले पनि थप सहजताको काम गरेको ज्ञवालीले तर्क गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘नेपालले प्राप्त गरेको सफलतालाई थप संस्थागत गर्न तथा गराउन पनि भ्रमण सफल हुन पुगेको छ।’ 

नेपाली ग्यास उद्योगीले भोग्नुपरेको समस्या, नेपाली विद्यार्थीले झेल्नुपरेको समस्यादेखि सीमा नाकालाई थप व्यवस्थित बनाउने सन्दर्भमा भएका छलफल तथा कुराकानीले पनि आफूहरुको साझा चासो र चिन्तालाई सम्बोधन गरेको मन्त्री ज्ञवालीको प्रष्टोक्ति छ। 

बेलाबेलामा देखिने दुई देशको सम्बन्ध तथा उतारचढावको अवस्थाबाट पछिल्लो दिनमा विस्तार भएको न्यायोपनले पनि सहज वातावरणको काम गरेको उनको ठम्याइ छ। 

यस्तै दुई देशकाबीचमा रहेको सरकारी संयन्त्रलाई पनि प्रभावकारीरुपमा परिचालन गर्ने, जनस्तरको सम्बन्धलाई पनि थप विस्तार गर्ने सन्दर्भमा पनि नेपाली प्रतिनिधिमण्डलले आफ्नो चासो राखेको छ। 

यस्तै भ्रमणका क्रममा निजी क्षेत्रका प्रतिनिधिसमेत राखेर प्रधानमन्त्री ओेलीले नेपाल लगानीका लागि ‘भर्जिन क्षेत्र’ भएकाले बिनाहिच्कचाहट लगानीका लागि आउन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। भारतीय राष्ट्रपतिले पनि नेपालका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

विशेष गरी प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण आर्थिक समृद्धिका विषयमा नै केन्द्रित भएकाले पनि त्यसबाट आगामी दिनमा पर्ने सकारात्मक प्रभावले नेपालको समृद्धिको यात्रालाई थप मजबुत बनाउने सहजै विश्वास गर्न सकिने उनको भनाइ थियो। 

प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  ०२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
गगनलाई बधाई दिँदा खड्गीले के भने?
सम्बन्धित सामग्री
गगनलाई बधाई दिँदा खड्गीले के भने? नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ| महाधिवेशनबाट सभापति पदमा विजयी भएका गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र... शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्