• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बाथ रोग के हो?

डा लवराज लोहनी शनिबार, चैत ८, २०७६  १४:१५
1140x725

पछिल्ला वर्ष नेपालमा बाथ रोगबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ। यो रोगका विषयमा धेरै जानकारी आम मानिससम्म पुग्न अझसम्म पनि बाँकी नै छ। नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोगसमेत भनिन्छ। 

बाथले कुनै एउटा अंगविशेष मात्र नभई शरीरका विभिन्न अंगमा एकैपटक असर गर्न सक्छ। नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनलीलगायतलाई बाथ रोगले असर पुर्‍याउँछ। 

धेरै मानिसमा बाथ रोगसम्बन्धी विभिन्न भ्रम पनि छन्। बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ। तर यो मात्र सत्य कुरा भने होइन। धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो। युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अंगमा समेत असर पारेको हुन्छ। युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ। मिर्गौलालाई असर गर्न सक्छ भने मिर्गौलाबाट प्रोटिन चुहिएर डायलासिस गर्नुपर्ने अवस्था पनि आउन सक्छ। 

बाथ रोगलाई हामीले जति बुझेका छौं, त्यो अपूर्ण छ। बाथले कुनै विशेष उमेर समूहका व्यक्तिलाई मात्र नभई सबै उमेर समूहका व्यक्तिलाई सताउन सक्छ। 

बाथ रोग विभिन्न प्रकारका हुन्छन्। गठिया बाथ, लुपस, ढाडको बाथ, र्‍युमाटाइस आरथाइटिस, भास्कुलाइटिस, छाला बाक्लो हुनेलगायतका बाथ रोग बढी देखिने गरेको छ। 

चिकित्सा विज्ञानले बाथ रोग लाग्नुको यकिन कारण पत्ता लागउन सकेको छैन। तर वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदुषणजस्ता कारणले बाथ रोग लाग्ने गरेको पाइन्छ। बाथको प्रकार फरक भएपनि अधिकांश बाथ रोग जोर्नीबाट सुरु हुन्छ। अलि समयपछि बाथ रोगअनुसार शरीरका विभिन्न अंगलाई असर गर्न थाल्छ यो रोगले। यो विषयमा धेरै बिरामी जानकार हुँदैनन्। अधिकांश बिरामीहरू समस्या बढ्दै गएपछि मात्र अस्पताल आउँछन्। 

अधिकांशले रोग पत्ता नलगाई विभिन्न औषधि खाइरहेका हुन्छन्। हाडजोर्नी बिग्रेपछि मात्र अस्पताल जाने पनि धेरै हुन्छन्। पछिल्लो समय सुरुवाती चरणमै बिरामी आउन थालेका छन्। तर धेरैजसो बिरामी हाडजोर्नी बिग्रिएर, भित्री अंगमा असर गर्न थालेपछि मात्र आउने गर्छन्। 

सुरुवाती चरणमा बाथ रोगलाई पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ। हाडजोर्नी बिग्रने समस्याबाट पनि बच्न सकिन्छ। तर जति ढिलो हुन्छ, समस्या त्यति जटिल बन्दै जाने हो। हाडजोर्नी जति कडा हुँदै जान्छ, त्यसले शरीरको भित्री अंगलाई पनि असर गर्दै जान्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाथ रोगको प्रकारअनुसार फरकफरक लक्षण देखिन्छ। बिना कारण जोर्नी दुख्नु, सुन्निनु र बिहान उठ्दा जोर्नी कक्रक्क हुने लक्षण अधिकांशमा देखापर्छ। ढाडको बाथमा कम्मर दुख्ने, सुत्दा कोल्टे फर्कन गाह्रो हुने हुन्छ। 

यसको उपचार पनि बाथ रोगको प्रकार अनुसार नै हुन्छ। बिरामी उपचारमा जति ढिलो आउँछ, त्यति नै महँगो र कडा औषधि चलाउनुपर्छ। 

बाथ रोग लाग्दैमा आत्तिइहाल्नु भने पर्दैन। बाथ रोग लागेपछि निको हुँदैन तर नियन्त्रण गर्न भने सकिन्छ। बिरामीले लापरबाही गरे यसको समस्या बढ्न सक्छ। बाथ रोगले अन्य रोगको जोखिमलाई बढाउँछ। 

शीघ्र पहिचान नै यसबाट बच्ने उपाय हो। बाथ रोग देखिसकेपछि चिकित्सकको सुझावअनुसार औषधि लिन र उपचार गर्न आवश्यक छ। विभिन्न संक्रमणबाट बच्नु र रोगको लक्षण देखापर्ने बित्तिकै उपचारमा जानु बुद्धिमानी हो। यसबाहेक धुम्रपान नगर्ने, तौल नियन्त्रण गर्ने र संक्रमणबाट बच्नुपर्छ। बाथ रोग छ भने बाथ रोग विशेषज्ञलाई नै देखाउनु सबैभन्दा महत्वपूर्ण छ। 

(ग्रान्डी सिटी अस्पतालका बाथ रोग विशेषज्ञ डा लोहनीसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्