• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा

64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०८३  ०७:५३
1140x725

काठमाडौं। नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जनीकुमार झाले बताएका छन्।

उनका अनुसार क्यान्सरको उपचारभन्दा पनि समयमै रोग पहिचान र जोखिम न्यूनीकरणका उपायमा जोड दिन आवश्यक छ। झाका अनुसार सबै प्रकारका क्यान्सर रोकथाम गर्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा धूमपानसँग सम्बन्धित फोक्सोको क्यान्सरजस्ता केही क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ। त्यसका लागि नियमित स्क्रिनिङ र जनचेतना आवश्यक रहेको उनले बताए।

महिलामा स्तन क्यान्सर पहिचानका लागि म्यामोग्राम तथा पाठेघरको मुखको क्यान्सरका लागि स्क्रिनिङ परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। कतिपय अस्पतालले निःशुल्क म्यामोग्राम सेवा दिँदासमेत अपेक्षित रूपमा महिला परीक्षणका लागि नआएको उनले बताए।

‘३५ वर्ष र ४० वर्ष कटेका महिलाले म्यामोग्राम गराउनुपर्छ भन्ने विषयमा अझै पर्याप्त जागरुकता छैन,‘ झाले भने,‘सरकारले पनि पाठेघरको मुखको क्यान्सरका लागि ख्क्ष्ब् लगायतका स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको छ। यसलाई प्रभावकारी बनाउन जनचेतना बढाउनुपर्छ।’

उनले क्यान्सरसम्बन्धी जनचेतना अभियान निरन्तर सञ्चालन गर्न सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने बताए। क्यान्सरको जोखिम, नियमित परीक्षण र प्रारम्भिक पहिचानका विषयलाई निरन्तर सार्वजनिक बहसमा ल्याउनुपर्ने उनको भनाइ छ। झाका अनुसार क्यान्सरका बिरामी बढ्नुमा ढिलो स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पनि एउटा कारण हो। मानिसले नियमित रूपमा आफ्नो स्वास्थ्यको ‘प्रिभेन्टिभ सर्भिसिङ’ नगर्ने र समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेको उनले बताए।

‘मानिसले आफ्नो शरीरलाई पनि नियमित रूपमा सर्भिसिङ गर्नुपर्छ। तर हामी समस्या नआएसम्म परीक्षण गर्दैनौँ,‘ उनले भने,‘रोगले च्यापेपछि मात्रै अस्पताल पुग्ने प्रवृत्तिले उपचार जटिल बन्न सक्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा क्यान्सरलगायत जटिल रोगको उपचारका लागि आवश्यक विज्ञ जनशक्ति उपलब्ध भए पनि उनीहरूले काम गर्ने वातावरण, उपकरण र पूर्वाधारमा अझै सुधार आवश्यक रहेको झाले बताए। उनका अनुसार चिकित्सकलाई मात्र एउटा अस्पताल वा स्वास्थ्य संस्थामा पठाएर प्रभावकारी उपचार सेवा सञ्चालन गर्न नसकिने अवस्था छ। चिकित्सकसँगै नर्सिङ, फार्मेसी, प्रयोगशाला र रेडियोलोजी सेवासहितको स्वास्थ्य टोली तथा आवश्यक उपकरण सुनिश्चित गर्नुपर्ने उनले बताए।

‘कुनै ठाउँमा चिकित्सक पठाउने हो भने टिम नै पठाउनुपर्छ। चिकित्सक, नर्सिङ, फार्मेसी, ल्याब र रेडियोलोजी सेवा आवश्यक हुन्छ,‘ उनले भने। चिकित्सकलाई मात्र सरुवा गरेर आवश्यक पूर्वाधार नदिँदा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना हुने उनको भनाइ छ। स्वास्थ्य संस्थामा प्रयोगशाला, एक्स–रे, सीटी स्क्यान, औषधि लगायतका आधारभूत सेवा उपलब्ध भएपछि मात्र चिकित्सकले प्रभावकारी रूपमा सेवा दिन सक्ने उनले बताए।

नेपालमा क्यान्सर उपचारको अवस्था कमजोर रहेको भाष्यका कारण आर्थिक रूपमा सक्षम केही बिरामी उपचारका लागि विदेश जाने गरेको झाले बताए। नेपालमा आवश्यक विशेषज्ञ चिकित्सक र उपचार प्रविधि विस्तार हुँदै गएको भन्दै उनले बिरामीको विश्वास बढाउनुपर्ने आवश्यकता औंल्याए।

‘नेपालमा उपचार राम्रो हुँदैन भन्ने भाष्यले पनि पैसा भएका मानिस बाहिर जाने गरेका छन्,‘उनले भने। स्वास्थ्य संस्थामा आवश्यकताअनुसार मात्र महँगा उपकरण राख्ने नीति आवश्यक रहेको उनको भनाइ छ। प्रत्येक अस्पतालमा सीटी स्क्यान र एमआरआई अनिवार्य गर्नेभन्दा जनसंख्या र बिरामीको चापका आधारमा उपकरणको आवश्यकता निर्धारण गर्नुपर्ने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार एउटा एमआरआई उपकरणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले आवश्यकता र उपयोगिताको अध्ययन नगरी प्रत्येक अस्पतालमा उपकरण राख्दा स्रोतको प्रभावकारी उपयोग नहुन सक्छ। महँगा स्वास्थ्य उपकरण खरिदमा ठूलो रकम विदेशिने भएकाले यसको उपयोगिता र आवश्यकता हेरेर नीति बनाउनुपर्ने उनले बताए।

झाले स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई तत्काल प्रतिफल खोज्ने दृष्टिकोणबाट हेर्न नहुने बताए। स्वास्थ्य क्षेत्रमा लगानी गर्नु स्वस्थ जनशक्ति निर्माण गर्ने लगानी भएको उनको भनाइ छ। ‘स्वास्थ्य क्षेत्रमा भएको खर्च स्वस्थ जनशक्ति तयार पार्ने खर्च हो। यसलाई किराना पसलको जस्तो आज खर्च ग¥यो, भोलि कति फाइदा भयो भनेर मात्र हेर्नु हुँदैन,‘ उनले भने।

दुई–तीन दिनमै क्यान्सरको निदान गर्ने दाबी

काठमाडौं क्यान्सर सेन्टरले नयाँ बिरामीको रोग पहिचानलाई छिटो बनाउने प्रयास गरिरहेको झाले बताए। उनका अनुसार नयाँ केसमा दुई–तीन दिनभित्र निदान पूरा गर्ने र त्यसपछि उपचार सुरु गर्ने व्यवस्था गरिएको छ।

‘बिरामी आएपछि दुई–तीन दिनभित्र नयाँ केसको डाइग्नोसिस गर्ने प्रयास गर्छौं,‘ उनले भने,‘रिपोर्ट तयार भएपछि भोलिपल्ट वा पर्सिपल्टबाटै उपचार सुरु गर्न सकिने गरी काम गरिरहेका छौं।’

उपचारका क्रममा देखिन सक्ने साइड इफेक्टको व्यवस्थापनसँगै बिरामीलाई पर्याप्त समय दिएर उनीहरूको समस्या सुन्ने व्यवस्था पनि केन्द्रमा गरिएको उनले बताए। बिरामीको उपचार अवधिभर नियमित निगरानी र परामर्शमा जोड दिइएको उनको भनाइ छ।

झाले काठमाडौं क्यान्सर सेन्टरलाई अरू अस्पतालभन्दा राम्रो भनेर दाबी नगर्ने स्पष्ट पार्दै बिरामीको छिटो निदान, उपचारको सुरुवात र उपचार अवधिभरको हेरचाहलाई प्राथमिकता दिइएको बताए। ‘हामीकहाँ आउने बिरामीलाई पूर्ण समय दिएर उहाँहरूको कुरा सुन्ने, रोगको छिटो डाइग्नोसिस गर्ने र उपचार छिटो सुरु गर्ने प्रयास गर्छौं,‘ उनले भने।

उनका अनुसार क्यान्सर न्यूनीकरणका लागि राज्यले नियमित स्क्रिनिङ, स्वास्थ्य जनशक्ति, आवश्यक पूर्वाधार तथा उपचार सेवाको विस्तारमा दीर्घकालीन लगानी गर्न आवश्यक छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्