• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना प्रभाव : भारतबाट धमाधम फर्कँदै नेपाली

64x64
शेरबहादुर ऐर बिहीबार, चैत ६, २०७६  १२:००
1140x725

धनगढी–कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का रमेश विक कामको खोजीमा भारतको चेन्नाइ गइरहन्छन्। चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका उनी कोरोना भाइरसको त्रासले घर फर्के।

कैलालीको धनगढीस्थित त्रिनगर नाकामा रहेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्यकर्मीले ‘थर्मल गन’ (शारीरिक तापक्रम नाप्ने उपकरण)ले उनको जा“च गर्दै थिए । ‘कमाउन भनेर नियमित भारत जाने गरेको छु। अहिले भारतमा कोरोनाको त्रास भयावह हुँदै गयो,’ उनले भने, ‘काम गर्न सक्ने वातावरण रहेन। कुनै विकल्प नभएपछि घर फर्किएँ।’ उनले कोरोनाको त्रास नहटेसम्म भारत रोजगारीमा नजाने बताए।

डडेल्धुराका पदमबहादुर कार्की भारतको बैंगलोरको एक होटलमा काम गर्दै आएका छन्। उनी पनि घर फर्केका छन्। उनले भने, ‘भारतमा अहिले काम गर्ने वातावरण छैन। केही होटल, विद्यालयलगायत आंशिक रुपमा बन्द छन्।’ उनले कोरोनाको त्रास नसकिएसम्म घरायसी काम गर्ने बताए। उनको घरको जोहो भारतमा गई मजदुरी गरेमात्र चल्छ। 

भारतको दिल्लीस्थित होटलमा काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिकाका प्रेम रावल पनि फर्केका छन्। ‘होटलहरु बन्द भए। खाली त्यहा“ बस्नुभन्दा घरमा आएको हु“,’ उनले भने।

बैतडीका भरत राणा दुई वर्षदेखि भारतमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरिरहेका छन्। ‘अहिले भारतका शैक्षिक संस्था बन्द छन्,’ उनले भने, ‘कोरोनाको त्रास पनि थियो। नया“ वर्षसँगै सुदूरपश्चिममा मनाइने विसु पनि नजिकिएकाले घर फर्केको हुँ।’

कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिकजसो दुई हजार मानिस प्रवेश गरिरहेको जनाइएको छ। हेल्थ डेस्कमा खटिएका दिनेश ठकुल्लाले भने, ‘दैनिक एक हजार पा“च सयदेखि दुई हजार मानिस नाकाबाट प्रवेश गरिरहेका छन्। त्यसमा अधिकांश भारत रोजगारमा गएका नेपाली नै बढी रहेका छन् ।’

अहिलेसम्म स्वास्थ्य चेकजा“चका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको ठकुल्लाले बताए। रोजगारीका क्रममा भारतका विभिन्न ठाउ“मा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन्। यसरी घर फर्किनेमा कैलाली, अछाम, बैतडी, डडेल्धुरा, डोटीलगायत जिल्लाका बासिन्दा रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ। तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन्। भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ। तर कहिलेसम्म काममा फर्किने भन्ने ठेगान छैन।

ग्राहकको संख्या घटेस“गै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ। सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन्। ‘एकातिर बिदाको समय, अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किए“’, उनले भने, ‘मजस्तै धेरैलाई बिदा गरिएको छ।’

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, बैगलोर, चेन्नाई, गुजरात, लखनऊ, सुरतलगायत सहरबाट धेरै रहेको पाइएको छ। सीमा क्षेत्रमा घर फर्किने नेपालीको संख्या बढेस“गै चुनौतीसमेत थपिएको छ ।

धनगढीको त्रिनगर नाकाबाट मात्र होइन कैलालीकै टीकापुरको सत्ती नाकाबाट पनि नेपालीहरु प्रवेश गरिरहेका छन्। सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए। कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जा“च गर्न थालेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशकै मुख्य नाका कञ्चनपुरको गड्डाचौकीमा पनि अहिले चहलपहल बढेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाकाबाट दैनिक चार हजार मानिस प्रवेश गरिरहेको बताए। उनले नाकाबाट प्रवेश गर्नेमा अधिका“स नेपाली रहेको बताए। उनका अनुसार शनिबार गड्डाचौकीबाट पा“च हजार छ सय आठ, आईतबार तीन हजार सात सय ६९ र सोमबार चार हजार सात सय ७१ जना प्रवेश गरेका थिए । त्यस्तै, मंगलबार सा“झसम्म तीन हजार सात सय सो नाकाबाट प्रवेश गरिसकेका थिए।

‘मास्क’ र ‘थर्मल गन’कै भर

धनगढीको त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्ला मुखमा मास्क र हातमा थर्मल गन समाएर बसेका थिए । उनले भने,‘यही थर्मलकै भरमा कोरोना संक्रमणको पहिचान गर्नुपर्ने अवस्था रहेको छ।’ त्रिनगर नाकामा हजारौ व्यक्तिको चेकजा“च गर्न दुई वटा थर्मल गनमात्र प्रदान गरिएको छ। यस्तै, आशंका व्यक्ति भेटिए छेउमै दुई कोठे घरलाई आइसोलेसन वार्डका रुपमा राखिएको छ।

त्रिनगरमात्र होइन कञ्चनपुरको गड्डाचौकी नाकामा दुई वटा थर्मल गन उपलब्ध गराइएको छ। सो नाकामा आइसोलेसन वार्ड राखिएको छैन। प्रजिअ नुरहरी खतिवडाले भने– ‘गड्डाचौकी यस प्रदेशको सबैभन्दा चहलपहल हुने नाका हो, तर यहीको व्यवस्थापन कमजोर देखिन्छ ।’ उनले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको पनि अभाव रहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले हेल्थ डेस्कलाई थप सुदृढ गर्दै लैजाने प्रयास भए पनि आवश्यक उपकरणहरू प्राप्त गर्न नसकेको गुनासो गरे। 

उनले भने, ‘दैनिक चार हजार बढी भारतीय यस नाकाबाट नेपाल प्रवेश गर्छन, तर त्यहाँ थर्मल गन दुई वटा मात्र छ । हामीले अझै  थप्ने भनेका थियौ, तर अभाव रहेको छ ।’ 

प्रजिअ खतिवडाले ‘हेल्थ डेस्क’लाई सुदृढ र व्यवस्थित बनाउन रकमको अभाव नभए पनि त्यसले मात्रै समस्या समाधान नहुने बताए । उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकार सबैले माग अनुसारको रकम दिन्छु भनेका छन्, तर रकमले चेकजा“च त हुने होइन् ।’ उनले कोरोना भाइरसको जोखिम गड्डाचौकी नाकामा रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्