नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेता अजय देवगनको फिल्म 'रेड' कछुवाको तालमा सुस्तरी अघि बढ्दै अन्तत: एक सय करोड क्लबमा प्रवेश गरेको छ।
यस वर्ष सय करोड क्लबमा पुग्ने 'रेड' बलिउडको चौथो फिल्म बनेको छ। 'पद्मावत', 'सोनू के टीटू की स्वीटी' र 'बागी २' पछि 'रेड' यो सूचीमा परेको हो।
भारतमा एक सय करोड कमाउने 'रेड' अजय देवगनको आठौं फिल्म हो।
'रेड'भन्दा अगाडि उनी अभिनीत मल्टिस्टारर फिल्म 'गोलमाल रिटर्न्स'ले २ सय करोडभन्दा बढी व्यापार गरेको थियो। रेड मार्च १६ मा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।