• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाभन्दा डरलाग्दो ‘भ्रम भाइरस’

64x64
डिबी खड्का बुधबार, चैत ५, २०७६  ०९:५०
1140x725

काठमाडाै‌‌- सारा संसार यतिबेला कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सन्त्रासमा छ। उत्तरतिरको छिमेकी देश चीनबाट सुरु भएकाे यो भाइरस दक्षिणकाे छिमेकी भारतमा फैलिइसक्यो। दुई देशबीचको तरुल भनिने नेपालचाहिँ अहिलेसम्म जोगिएको छ। 

कोरोना संक्रमण नदेखिँदा पनि नेपालीले स्वतन्त्र रुपमा श्वास फेर्न पाएका छैनन्। उनीहरु बेला-बेला आफैंसँग प्रश्न गरिरहेका छन्- साँच्ची कोरोना नहोला त?

आफैंले उत्तर दिन्छन्- नहुने कुरै छैन।

फेरि प्रश्न उब्जिन्छ- त्यसो भए सरकारले ढाँट्यो होला! (सांसद प्रदीप यादवले त संसदमै यही आशंका प्रस्तुत गरे)।

सरकारले ढाँटेको छैन भनेर विश्वस्त पारेर मात्रै पनि पुग्दैन। यो देश र देशको प्रणालीमाथि यहाँका नागरिकको विश्वास छैन। त्यो अविश्वास विज्ञान-प्रविधिमा पनि गरिन्छ, परीक्षण नै गतिलो छैन।

यही बीचमा सामाजिक सञ्जालको भित्ता वा गाउँको चौतारोमा एउटा बतासे खबर आइपुग्छ-फलानो ठाउँमा त कोरोना देखिएछ नि। हातहातै डटकम राखेर बसेका हल्लाखोर ‘ब्रेकिङ समाचार’ बनाउँछन्-कोरोना देखियो।

त्यो हल्ला फैलिएर आइपुग्छ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झालाई चिन्ने व्यक्तिसम्म। उसले फोन गरेर डा झालाई सोध्छन्- यस्तो कुरा सुनें, खास कुरा के हो?

हरेक घन्टा डा‍‍‍ झालाई स्पष्टीकरण दिनुपर्छ, ‘हामीकहाँ आएका नमूना परीक्षण गर्दा देखिएको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

भ्रम भाइरस आतंक
कोरोना भाइरस हालसम्म देखिएको छैन। तर, ‘भ्रम भाइरस’बाट हरेक नेपाली ग्रसित छ। 

अनि दिक्क लाग्छ डा झालाई र फेसबुकमा पोस्ट गर्छिन्, ‘यहाँ दुई किसिमका कोरोना (कोभिड-१९) छन्। एउटा स्वास्थ्यकर्मीले पत्ता लगाउँछन् र अर्को कुनै डटकम (फेसबुक, ट्विटर र हावा समाचार पोर्टल)ले। जब दोस्रो प्रकारको भाइरस नेपालको हरेक कुनामा पुग्छ, त्यसले पीडा दिन्छ। हामी पहिलो प्रकारको कोभिड-१९ मात्रै परीक्षण गर्न सक्छौं।’

उनीसँग अनेक अनुभव छन्। तीमध्ये केही समयअघि चीनबाट ल्याइएका विद्यार्थी क्वारेन्टाइनबाट निस्किँदाको पत्रकार सम्मेलनमा उनलाई स्वास्थ्य सचिवले सोधे-हामीले इन्फ्लुएन्जा त चेक गरेका छैनौं नि। उनले टाउको हल्लाइन्। केहीले अनुमान लगाएछन्, ‘कोरोना पोजिटिभ आएको छ तर सचिवले नबताउन दबाब दिए।’ पछि उनलाई तीमध्ये केही ‘अजासु’को फोन आएको थियो। 

कोरोना त्रास फैलिएको यो एक महिना उनको निद्रा हराएको छ। मान्छेहरुले कुना-कुनामा छ भनेर तर्साइरहेका हुन्छन्। तर आशंका गरिएकाको नमूना प्रयोगशालामा पठाइन्छ। जाँच गर्दा भेटिँदैन। उनलाई लाग्छ, ‘चनाखो हुने, सचेत रहने र खोज्ने काम त छँदैछ। तर हरेक आशंकालाई सत्य जसरी हल्ला नफैलाइदिए हुन्थ्यो।’

अहिले त यस्तो भ्रम फैलाउने कतिलाई सामाजिक सञ्जालमै अर्कोले ठिक पारेको भेटेकी छिन्। एक जनाले लेखेको थियो-नेपालमा कोरोना देखियो। अर्कोले कमेन्ट गर्‍यो- सबभन्दा पहिला तिम्लाई लागोस्। यत्तिकै भ्रम फैलाउने?

स्वास्थ्यकर्मी बुझाइमा समस्या
प्रयोगशालाको कोभिड-१९ शंकास्पद नमूना परीक्षण गर्ने निश्चित समय छ। एक सिफ्टमात्रै परीक्षण हुन्छ अहिले। दिनमा सबैभन्दा धेरै मंगलबार २० नमूना आएका छन्। त्यसैले अरु काम पनि सँगसँगै अघि बढाएर नमूना परीक्षण गरिन्छ। सामान्यतयाः दिउँसो २ बजेपछि आएको नमूना अर्को दिनमात्रै चेक हुन्छ। बेलुकीपख त्यसको नतिजा आउँछ।

अघिल्लो दिन २ बजे नमूना पठाएको अस्पतालबाट भोलि १० बजे फोन आउँछ र सोधिन्छ-हाम्रो बिरामीको रिपोर्ट के भयो होला?

डा झा भन्छिन्, ‘पहिलो कुरा त हामी कुन अस्पतालको के नामको बिरामीको नमूना भनेर याद गर्दैनौं। नमूनाका नम्बर दिइन्छ। हाम्रा लागि पहिचान त्यही नम्बर हो। बिरामीको नाम त अन्तिममा इन्ट्री गर्दामात्रै थाहा हुन्छ।’ त्यसपछि नमूना प्राप्त समय सोधेर प्रयोगशालाको मान्छेले भन्छ- भरेसम्म आउला रिपोर्ट। यता शंका गरिहाल्छन्, ‘हिजै दिएको नमूना, अहिलेसम्म रिपोर्ट आएको छैन। कतै पोजेटिभ पो देखियो कि?’

त्यही आशंका अस्पतालका कर्मचारीले बिरामीसँगको व्यवहारमा परिवर्तन ल्याउँछन्। आफन्तले थाहा पाउँछन्। अनि फैलिन्छ, फलानो अस्पतालको बिरामीमा त कोरोना देखियो रे नि!’

कतिले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई फोन गर्छन्। कर्मचारी काममै व्यस्त हुँदा फोन उठाउन पाउँदैनन्। त्यतिबेला पनि फोन गर्ने सशंकित हुन्छ- कोरोना पोजेटिभ भएका कारण फोन उठाएन। अनि हल्ला फैलिन्छ, ‘एउटा बिरामीमा त पोजिटिभ आयो रे नि।’ जतिले नमूना पठाएका छन्, ती सबैले पालैपालो डा झालाई फोन गरेर सोध्छन्, ‘मेरो अस्पतालको बिरामीको त होइन नि।’

ल्याबको आवश्यकता महसुस गराउने अवसर
अरु बेला आफूलाई ‘देशकै अब्बल अस्पताल’ कहलाउन मरिहत्ते गर्छन् अस्पताल सञ्चालक। जब यस्तै केही पर्छ, तब उनीहरुको ल्याबको असलियत देखिन्छ। डा झा व्यंग्य गर्छिन्, ‘कहिलेकाहीँ मलाई कोरोनालाई धन्यवाद दिन मन लाग्छ। किनभने मान्छेहरुले प्रयोगशालाको महत्व त बुझे नि। यो वर्ष कोरोना, अर्को वर्ष अरु केही। प्रिय पाँचतारे अस्पतालहरु, तपाईंका एक दुई तारे प्रयोगशालाको स्थिति सुधार। प्रिय सरकारी अस्पतालहरु, तपाईंको ल्याब जाँच र अन्य विभाग जस्तै यसमा लगानी जरुरी हुन्छ भन्ने महसुस गर।’

हुन त जनस्वास्थ्यका गतिविधि विश्वमै सरकारको नियन्त्रणमा हुन्छन्। किनभने यसको प्रभाव विश्वव्यापी हुन्छ। क्षेत्रीय स्तरका कार्यालयलाई अधिकार दिइयो भने पनि अन्तिम निर्णय सुनाउने अधिकार सरकारको आधिकारिक निकायलाई हुन्छ। 

तर, गतिलो ल्याब भयो भने अस्पताल आफैं आतंकित हुने अवस्था आउँदैनथ्यो। डा झा भन्छिन्, ‘राम्रो ल्याब बनाइराखेको भए आफ्नो भ्रम चिर्न त आफ्नै ल्याबमा परीक्षण गर्न सकिन्थ्यो नि। आन्तरिक कामका लागि प्रयोग गर्न सकिन्थ्यो। यसरी ल्याब नतिजा कुर्दै चिकित्सक र कर्मचारी डराएर रहनु पर्दैनथ्यो।’

मेडिकल कलेज र प्रतिष्ठानमा राष्ट्रिय प्रयोगशालाका भन्दा धेरै र राम्रो जनशक्ति हुन्छ। केस (बिरामी) पनि त्यहाँ हुन्छन्। किनभने त्यो अस्पताल हो। तर ल्याबले कहिल्यै प्राथमिकता नपाएका कारण संरचना नबनेको उनको बुझाइ छ। भन्छिन्, ‘अहिले कोरोना आयो, अनि राम्रो ल्याब चाहियो। जुन अस्पतालको सेटअप हाईफाई छ, त्यस्ताको प्रयोगशालाको अवस्था भने गएगुज्रेको छ।’

केही संघीय अस्पतालका प्रयोगशाला आफूहरुले हेरेको उनी बताउँछिन्। तर ती अस्पतालका ल्याबको अवस्था दयालाग्दो देखिएको छ। दिनदिनै धेरै जाँच आउने कुरामा धेरै अस्पतालले जोड दिएको उनले पाएकी छिन्। किनभने त्यसबाट राम्रो आम्दानी हुन्छ।

अहिले धेरै अस्पतालले कोरोना उपचारका लागि होइन, आफूलाई सर्छ कि भन्ने डरले नमूना परीक्षणका लागि पठाइरहेको उनले पाएकी छिन्। राष्ट्रिय प्रयोगशाला एउटा थियो र अहिले देशको यो आवश्यकता पूरा गरिरहेको छ। भन्छिन्, ‘ल्याब चाहिन्छ भन्ने महसुस कोरोनाले गरायो। जसले यो ल्याबको अवधारणा ल्यायो, त्यसलाई धन्यवाद दिनुपर्छ। यसलाई पनि कुनै अस्पतालसँग जोडेको भए अरु संरचना बन्थ्यो तर यत्तिको ल्याब बन्दैनथ्यो।’

अरु विभाग बनाउन दिमाग र पैसा खर्च गर्नेले ल्याबका विषयमा नसोच्ने प्रवृत्ति उनले पाएकी छिन्। यही बेला यस विषयमा उनले आफ्नो मत राखिरहेकी छिन्। ल्याब किन चाहिन्छ भनेर नीति-निर्माण तहकालाई बुझाइरहेकी छिन्। अस्पताललाई सम्झाइरहेकी छिन्। 

प्रदेशमा प्रयोगशाला
सरकारले सबै प्रदेशमा प्रदेशस्तरको जनस्वास्थ्य प्रयोगशाला बनाउने भनेर नीति तथा योजनामै उल्लेख गर्‍योे। तीमध्ये कर्णाली प्रदेशले उक्त योजना नै ‘कोल्याप्स’ गर्‍यो। अस्पतालमै ल्याब बनाउने नीति लियो। अरु प्रदेशका प्रयोगशालाले जनस्वास्थ्यकै काम केन्द्रमा राख्नुपर्छ भनेर डा झाले भनिरहँदा प्रश्न थियो, ‘त्यो प्रयोगशालामा अन्य चेकजाँच पनि हुनुपर्छ।’

अन्य चेकजाँच त अस्पतालको प्रयोगशालाले गर्छन्। तर यस्ता प्रयोगशाला संकटका बेला उपयोगी हुने उनले बुझेकी छिन्। किनभने नसर्ने रोग भएको भए अरुले पनि भन्थे, ‘हामी जाँच गर्छाैं।’ तर संक्रामक रोग भएकाले सबै टाढिए। त्यस्तो अवस्था आउँदा यस्ता ल्याबको भूमिका देखिन्छ। उनले भनिन्, ‘कति धेरै कुराको जाँच हुन्छ भन्दा पनि कति महत्वपूर्ण काम गर्नुहुन्छ, गरिन्छ। त्यसको अर्थ हुन्छ।’

सातै प्रदेशमा जनस्वास्थ्य ल्याब बनाउने कुरालाई तीव्र गति दिनुपर्ने उनी बताउँछिन्। यसको जिम्मेवारी प्रदेश सरकारले बोकिदिनुपर्ने उनी बताउँछिन्। भन्छिन्, ‘जनप्रतिनिधिहरुलाई यसको महत्व थाहा हुनुपर्छ। किनभने सधैं नमूना यहीँ पठाउन समस्या छ।’

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०९:५०
  • #काेराेना
  • #Dr.Runa-Jha

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्