• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपा एकतासभामा गएनन् सुनीलबहादुर थापा, कांग्रेस प्रवेश गर्दै

64x64
डिबी खड्का बुधबार, फागुन २८, २०७६  १८:२०
1140x725

काठमाडौं- राप्रपा र राप्रपा (संयुक्त) ले बुधबार राष्ट्रिय सभागृहमा धुमधामका साथ पार्टी एकता भएको घोषणा गरे। एकतापछि गठन भएको राप्रपाका तीन अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले धार्मिक पुस्तक गीता छुँदै पार्टी नफुट्ने र नफुटाउने वाचा गरे।

उत्साहका साथ सम्पन्न एकता सभामा राप्रपा (संयुक्त)का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापा सहभागी भएनन्। सुनील राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन्।

उनी निकट एक नेताले बताए अनुसार, एकतापछि पार्टीले लिएको राजसंस्थाको लाइनप्रति असहमति जनाउँदै उनले सभा बहिष्कार गरेका हुन्।

कमल थापा नेतृत्वको राप्रपा निरन्तर रुपमा राजसंस्थाको पक्षधर रहँदै आएको थियो। पूर्व पञ्च आबद्ध अन्य पार्टीले भने त्यसप्रतिको मोह त्यागिसकेका थिए।

एकताका कुरा सल्टाउँदै गर्दा सुनील थापाको मत थियो- राजतन्त्र ब्युँताउने लक्ष्य पार्टीले त्याग्नुपर्छ।

गणतन्त्र र संघीयतालाई आफूले स्वीकार गरेको मात्रै नभई संविधानसभाबाट जारी गरिएको संविधानमा हस्ताक्षर समेत गरेकाले त्यस विरुद्ध जानु अनैतिक हुने तर्क छ, सुनील थापाको।

सुनील निकट एक राप्रपा नेताले भने- दोस्रो संविधानसभाले नेपालमा संविधान घोषणा गर्‍यो। त्यो संविधानसभाको सदस्यका साथै त्यस बेलाको सरकारको उहाँ (सुनील) मन्त्री हुनुहुन्थ्यो। त्यसैले राजसंस्थाको पक्षमा पार्टी आउनुलाई अनैतिक मान्नुभएको छ।’

तत्कालीन संविधानसभामा उनी धनकुटा २ बाट प्रतिनिधित्व गर्दथे। साथै, संविधानसभाबाट संविधान जारी गर्ने बेलाको सुशील कोइराला नेतृत्वको सरकारमा उनी वाणिज्य तथा आपूर्ति मन्त्री थिए। संविधानको नयाँ संरचना अनुसार आम निर्वाचन गराउने शेरबहादुर देउवा सरकारमा उद्योग मन्त्री थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सुनील आबद्ध तत्कालीन जनशक्ति पार्टीले गणतन्त्रको पक्षमा मतदान गरेको थियो। यति मात्रै होइन, एकतापछि गठन भएको राप्रपाले समेत गाणतन्त्र स्वीकारेको थियो।
त्यस समयमा सूर्य बहादुर थापाको भनाइ सम्झिदै ती राप्रपा नेता भन्छन्- ‘परिवर्तनलाई आत्मसात् गर्नुपर्छ भन्ने मान्यता सूर्यबहादुरको थियो।'

२०७२ बैशाखमा स्वर्गीय हुनुअघि सूर्यबहादुरले मुख्य पार्टीका शीर्ष नेतालाई घरमै बोलाएर 'डिनर' गराउँदै सहमतिको वातावरण बनाउन भूमिका खेलेको सो परिवार निकट राप्रपाका नेताहरु बताउँछन्। त्यस्ता भेटमा पनि उनले गणतन्त्रप्रति प्रतिबद्धता जनाउने गरेका थिए। ‘यो सकारात्मक परिवर्तन हो। हामीले स्वीकार्नुपर्छ,' उनको भनाइ हुने गर्थ्यो।

सूर्यबहादुर थापाको त्यस्तै प्रतिबद्धता र स्कुलिङको प्रभाव सुनीलमा पनि परेको उनी निकट ती नेता बताउँछन्। उनी सूर्यबहादुरलाई आफ्ना पिता मात्रै होइन, राजनीतिक गुरु समेत मान्थे।

पाटी एक हुनुअघि निकटस्थसँग सुनीलले भनेका थिए- ‘सैद्धान्तिक रुपमा फड्को मारेर संविधानमा गणतन्त्र लेखियो। लागू गरिसक्यो। अहिले त्यो परिवर्तन कसरी उल्टाउने? यसमा सहमति हुन सक्दिनँ।’

आफूले सहमति गरेर ल्याएको प्रणालीका विरुद्ध आफैं जान नसक्ने उनले भनाइ थियो। ‘एक दुई नेताको गल्तीका कारण प्रणाली नमान्ने हुँदैन’, उनी भन्थे।

पार्टी एक हुँदै गर्दा उनको गणतान्त्रिक एजेन्डा राप्रपामा अल्पमतमा परिसकेको छ। तर सुनीलबहादुर भने आफ्नो पितालाई नै सम्झिँदै ढुक्क देखिएका छन्। उनको भनाई उद्धृत गर्दै एक नेता भन्छन्- बुबा पनि बेलाबेलामा अल्पमतमा पर्नुहुन्थ्यो। तर, जित भने सधैं सही एजेन्डाकै हुन्थ्यो।

त्यसो त, राजतन्त्र सहितको पार्टी विधान नै निर्वाचन आयोगमा दर्ता नहुनेमा ढुक्क छन्। 

कांग्रेस प्रवेश गर्दै
यसैबीच, सुनीलबहादुर थापा सहितको समूह कांग्रेस प्रवेश गर्ने बुझिएको छ। राप्रपामा थापा निकट एक नेताले जानकारी दिए अनुसार, कांग्रेस प्रवेशका लागि अन्तिम तयारी सकिएको छ।

तत्कालका लागि पदीय हैसियत स्पष्ट नगरी प्रवेश गर्न लागेको बुझिएको छ।

'सुनीलबहादुर एक्लै प्रवेश गर्ने होइन। सूर्य बहादुरलाई नेता मान्ने उनी निकटको समूह नै प्रवेश गर्ने हो', ती नेताले भने।

थापाको समूहले लामो समयदेखि कांग्रेसका कतिपय नेताहरुसँग छलफल चलाइरहेका थिए। तर, आफ्नै घर झगडामा अलमलिएको कांग्रेसका नेताहरुले निष्कर्ष दिएका थिएनन्।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्