• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१५ लाख प्रकरणका पीडितको दावी : ‘केपी कमरेडसम्म कुरा पुग्यो तर वास्तै भएन’

64x64
विनय बाह्रकोटी सोमबार, फागुन २६, २०७६  १२:५५
1140x725

इटहरी- स्थानीय तहको निर्वाचनमा नेकपाबाट गाउँपालिकाको अध्यक्षको टिकटका लागि १५ लाख मागिएको विषय पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मलाई जानकारी गराउँदा समेत कुनै कारवाही नभएको भेषराज काफ्लेले दावी गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले मोरङको मिक्लाजुङ गाउँपालीकाको अध्यक्षमा टिकट मिलाइदिने भन्दै पैसा मागेको अडियो सार्वजनिक भइसकेको छ।

अडियोमा श्रेष्ठले नेकपा प्रदेश १ इन्जार्च एवं नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भीम आचार्यले पैसा माग्न लगाएको भन्दै टिकटका प्रत्यासी काफ्लेसँग १५ लाख माग गरेका थिए। काफ्लेले नेपाल लाइभसँग गरेको दावी अनुसार श्रेष्ठले पैसा मागेको विषयमा आचार्यसँगै अहिलेका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई समेत जानकारी गराएका थिए।

तर, दुवैले पछि हेरौंला भनेर पन्छाएपछि अहिलेका रक्षामन्त्री इश्वर पोखरेलमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म यो विषयबारे जानकारी गराए पनि टिकटका लागि पैसा बार्गेनिङ गर्नेहरुमाथि छानबिन नभएको उनले दावी गरे। ‘पार्टी अध्यक्षसम्म पनि यो कुरा पुर्‍याएको थिएँ, तर खै केही भएन। पछि राजनीति यस्तै रैछ! भन्ने लाग्यो’ उनले भने।

लिक भएको अडियोमा श्रेष्ठले पहिला ‘आचार्यले २१ लाख मागेका छन्।  १५ लाखमा कुरा मिलाएको छु’ भन्दै बारम्बार पैसको बार्गेनिङ्ग गरेका थिए। यो विषय सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारवाही गर्दै तत्कालीन एमाले केन्द्रीय सदस्यबाट हटाएको थियो। तर, यो प्रकरणमा नाम जोडीएका भीम आचार्यबारे छानबिनै भएन।

यो पनि पढ्नुहोस

चुनावकाे टिकट बाँड्दा भीम आचार्यको नाम लिँदै यसरी भयो १५ लाखको बार्गेनिङ [अडियोसहित]

काफ्लेको दावी अनुसार उनले सो विषय तत्कालीन एमाले केन्द्रीय सदस्य जीवन घिमिरेलाई सुनाए। उनले पहिला पछि कुरा गरौंला भनेर पन्छिएका थिए। दोस्रो पटक मलाई पैसा मागेर टिकट नदिने खेल भयो कमरेड न्याय चाहियो भन्दा घिमिरेले प्रक्रिया संगत रुपमा निवेदन लिएर आउन सुझाएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

घिमिरेले वास्ता नगरेपछि प्रदेश कार्यलयमा गएर भीम आचार्यसँग कुरा गर्न खोज्दा आचार्यले पछि कुरा गरौंला भन्दै पठाइदिएको र पछि काफ्लेले आचार्यलाई आफू अन्यायमा परेको फोनमार्फत बताउँदा पनि वास्ता नगरेको उनको दावी छ। ‘कमरेड भीम आचार्यलाई प्रदेश कार्यलय गएर भेटेको थिएँ। तर, उनले खासै वास्ता गरेनन्। चासो राखेनन्', उनले भने, ‘जीवन घिमिरेसँग पनि भेटेँ। उनले लिखित निवेदन माग गर्ने काम गरे। यहीँ कुरा ईश्वर पोखरेलमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुग्यो। तर खै केही भएन। पछि राजनीति यस्तै रैछ! भन्ने लाग्यो।’

उनका अनुसार उनले आचार्यलाई श्रेष्ठलाई बोलाएर यसबारे कुरा गरौं भन्दा समेत आचार्यले आँट गरेनन्।

स्थानीय निर्वाचनमा उनले टिकट पाएनन्। उनको ठाउँमा देवीप्रसाद आचार्यले टिकट पाए। हाल उनै आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष छन्। यस विषयमा जिज्ञासा राख्दा आचार्यले आफ्नो नाम जोडेर श्रेष्ठले बदमासी गर्न खोजेको दावी गरे। यो सबै थाहा पाएपछि आफूले काफ्लेलाई पैसा नदिन भनेको र पैसाको लेनदेन हुन नपाएको उनको दावी छ। काफ्लेलाई वास्ता नगरेको बिषयमा भने उनले खुलस्त बोल्न चाहेनन्।

आचार्यले आफूले फोन गरेर पैसा नदिनु भनेको दावी गरे पनि काफ्लेले आचार्यले आफूलाई कहिल्यै फोन नगरेको दावी गर्छन्। पैसा मागेको आरोप लागेका श्रेष्ठले यो पुरानो कुरा भएकोले कोट्याउन नचाहेको प्रतिक्रिया दिए। पार्टीभित्र बसेर मिलाई सकेको बिषयमा बोल्न नचाहने उनले बताए।

तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका जीवन घिमिरेले आफूलाई यो विषय थाहा नभएको दावी गरे। घिमिरेले भने, 'यो पुरानो कुरा भएकोले याद आएन।’

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन अन्तरनगर यातायात सञ्जाल विकास गरिने बता... सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार काठमाडौँको माइतीघरमा भेला भएका पीडित परिवारहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार कार्य प... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार, भदौ २२, २०८३
‘पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्’ : सभामुख अर्याल सोमबार, भदौ २२, २०८३
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्