• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन

64x64
विनय बाह्रकोटी बुधबार, वैशाख २४, २०७७  ११:४२
1140x725

पछिल्लो हप्ता नेपाली राजनीति तरंगित भयो। सरकारले ल्याएको बेमौसमी अध्यादेशले नेकपाभित्रै तीव्र विरोध भयो। सचिवालय बैठकमै समेत नेतृत्व परिवर्तनको माग उठ्यो। पुनः बसेको सचिवालयको बैठकले यो विषय तत्काललाई टुंग्याएको छ।

समाजवादी पार्टी फुटाउने योजना अनुसार अध्यादेश ल्याइएको भनिए पनि त्यो सफल भएन। पार्टी फुटाउने खेलमा पूर्व आइजीपी, पूर्व मन्त्री तथा सांसदहरु संलग्न भए। सांसद अपहरणका घटनासम्म बाहिर आए।

नेकपाका नेता महेश बस्नेत पुन: एकपटक चर्चामा आए। उनले एउटा अन्तर्वार्ताका क्रममा ‘केपी ओलीको लागि धरहराबाट हामफाल्न तयार’ हुने बताए। चुनावमा पराजित भएका बेला पनि केपी ओलीले आफूलाई मन्त्री बनाएकाले त्यसको गुन तिर्न समाजवादी पार्टी फुटाउन लागिपरेको समेत स्वीकारे।

बस्नेत नेपाली राजनीतिमा एक उदाहरणमात्र हुन्। उनीजस्ता धेरै युवाहरु आफ्नो नेताका लागि यसैगरी हामफाल्न तयार छन्। बस्नेतकै पुस्ता हो, जसमाथि धेरैको आशा छ। तर, उनी जसका लागि हामफाल्न तयार छन्, त्यो पुस्ताले भने जनताले विश्वास गुमाउँदै गएको छ। हालको नेतृत्व अर्थात् अभिभावक पुस्ताले आउने नेतृत्वलाई कसरी प्रयोग गर्दैछ भन्ने कुरा पनि यस घटनाले प्रष्ट पारेको छ। अर्थात् युवा पुस्ता कसरी स्वेच्छिक दास बन्दैछ भन्ने छर्लङ्ग हुन्छ।

३० वर्षदेखि एउटै पुस्ताको नेतृत्वमा शासन सत्ता सञ्चालन भइरहेको छ। जसलाई नेपाली राजनीतिको ‘एक्सपायर पुस्ता’ भन्दा उपयुक्त हुन्छ। सो पुस्तालाई अभिभावक पुस्ता मान्न सकिन्छ। पार्टी, पद्धति, कार्यक्रम र सोच पुरानै भएको अभिभावक पुस्ताको सम्मानजनक बिदाइ बारे थोरबहुत बहस सुरु भएको छ।

२०५२ पछिका घटनालाई मात्र हेर्ने हो भने अभिभावक पुस्तालाई बुझ्न सकिन्छ। १० वर्षे सशस्त्र विद्रोहका क्रममा कम्युनिस्टको शासन आए, सबै समस्या हल हुन्छ, कोही गरिब हुँदैनन्, जनता सर्वोपरी हुन्छन् भनियो। सँगसँगै राजसंस्थाको अन्त्य भएपछि धर्मनिरपेक्ष र गणतान्त्रिक मुलुकमा कायापलट हुने राजनीतिक प्रशिक्षण पनि सुरु भयो। समृद्धिका लागि जनताका प्रतिनिधिले बनाएको संविधान आवश्यक पर्ने भयो। त्यो पनि जारी भयो।

यसबीचमा कम्युनिस्ट नेतृत्वका धेरै सरकार बनेका थिए। तर, विकास र समृद्धिका लागि कम्युनिस्टको बहुमतको सरकार चाहिन्छ भनियो। त्यही अनुसार जनमत प्राप्त पनि भयो। अहिले संघ, प्रदेश र अधिकांश स्थानीय तहमा कम्युनिस्ट नेतृत्वको सरकार छ।

समृद्धिको महत्त्वाकांक्षी सपना अहिले भेन्टिलेटरमा राखेको बिरामीजस्तो भएको छ। सर्वसाधारणलाई रेल, पानीजहाज र घरमै ग्यासको पाइपको आश्वासन सम्झिँदा पनि विरक्त लागिसक्यो।

nimb
nimb
Ncell 2
Ncell 2

लकडाउनका बेला १५ दिनसम्म हिँड्दै घर जाने मजदूरले त्यो रेलबारे के सोच्दै होलान्? बढ्दो भ्रष्टाचार, कालोबजारी र मन्त्रीको कमिसन काण्डले कस्तो मनोविज्ञान पैदा भएको होला? सरकारमात्र होइन, प्रतिपक्षी पनि यस्ता प्रश्नका हकदार हुन्। 

मुलुकमा भ्रष्टाचार र कमिसनको दर बढ्दो छ। करको अत्याधिक वृद्धिले तीन तहका सरकार आवश्यक नपर्ने आक्रोश सुरु हुन थालेको छ। कमिसन र घुसखोरीले सीमा नाघेको छ। उपभोक्ता समितिदेखि ठूलो परियोजनासम्ममा कमिसनको खेल छ। बेरोजारीको समस्या बढ्दै छ। कोरोनापछि बेरोजगारीको अवस्था झनै भयानक भएर आउनेवाला छ। त्यससँगै कोरोनाले नेपालको स्वास्थ्य क्षेत्रको दयनीय अवस्था छर्लङ्ग पारिदियो। निजी विद्यालयको महंगो शुल्क र सामुदायिक विद्यालयको लापरबाही कहीँ छिपेको छैन। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, प्रेस स्वतन्त्रताको विषयमा सरकार गम्भीर नभएकै हो। फेरि पनि भन्नुपर्छ- यति बेला दुईतिहाई प्रष्ट बहुमतको सरकार छ।

बर्षौंदेखि जनताले सोचेको समृद्धिको मानचित्र ओझेलमा परेको छ। संविधान निर्माणपछि बनेको सरकारसँग जनताको ठूलो अपेक्षा र सपना जोडियो। सरकारले बोलेजस्तो र जनताले सोचेजस्तो काम नभएको सत्य हो। ‘जुन जोगी आए पनि कानै चिरेको...’ भन्ने उखान चल्तीमा आउन थालेको छ। जुनसुकै पार्टी आए पनि खासै फरक नपरेको दिक्दारीको अवस्थातिर सामाजिक मनोविज्ञान निर्देशित हुँदै गइरहेको छ। योभन्दा त पहिलाकै व्यवस्था ठीक हो कि भन्ने चर्चा हुन थालेको छ। यहि संशय भोलि विश्वासमा परिणत भयो भने त्यो बेला यो व्यवस्थामाथि नै खतरा हुनसक्छ।

यसको मतलब अभिभावक पुस्ताप्रति नजरअन्दाज गर्नुपर्छ भनेको हुँदै होइन। लोकतान्त्रिक गणतन्त्र, संघियता, लैंगिक समानाता, जातीय छुवाछुतको अन्त्यलगायत उपलब्धिको जस त्यो पुस्तालाई दिनैपर्छ। तर त्यसो भन्दैमा भावी पुस्ताको भाग्य र भविष्यको जिम्मा दिनु हुँदैन।

यस विषयमा साझा पार्टीका नेता सूर्यराज आचार्यले सटिक बिश्लेषण गरेका छन्। सडक बनाउन डोजरको ठूलो महत्व हुन्छ। अप्ठ्यारो भीर, अक्कर र जब्बर पहाड फुटाउँदै डोजरले सडकको ट्रयाक खोल्छ। त्यसपछि त्यसको स्तरोन्तति गर्न अरु औजारको प्रयोग गरिन्छ। सडक बिस्तारै कालोपत्र हुन्छ। जब सडकको ट्रयाक कोरिन्छ, डोजरको काम सकिन्छ। विचार गरौं, कालो सडकमा निरन्तर डोजर चल्यो भने के हुन्छ? सडकको सत्यानाश नै हुन्छ, होइन?

अबको विकल्प भनेको नेतृत्वमा पुस्ता परिवर्तन हो। नेकपाको विकल्प कांग्रेस र कांग्रेसको विकल्प जसपाजस्तो होइन। अभिभावक पुस्ताको विकल्प नयाँ पुस्ता नै हो। अहिलेकै अवस्थामा स्वेच्छिक रुपमा पुस्ता हस्तान्तरण गर्ने कुनै सम्भावना छैन। सम्भावना छैन भन्दैमा रुँगेर बस्ने कुरा पनि हुँदैन। त्यसैले हस्तक्षेपको विकल्प छैन। नयाँ पुस्ताबाट सामूहिक हस्तक्षपको खाँचो छ।

राजनीति नै गर्ने हो भने महेश बस्नेत पुस्ताले केपी ओली पुस्तामा हस्तक्षेप गर्नुपर्छ, न कि चाकरी। यदि त्यसो हुन सकेन भने अहिले राजनीतिको मूलधारमा रहेको युवा पुस्ताले जीवनभर नेतृत्व गर्न नपाउन सक्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्