• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावकाे टिकट बाँड्दा भीम आचार्यको नाम लिँदै यसरी भयो १५ लाखको बार्गेनिङ [अडियोसहित]

64x64
विनय बाह्रकोटी बिहीबार, फागुन २२, २०७६  १४:०३
1140x725

इटहरी–२०७४ सालको स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले नेता भीम आचार्यले पैसा माग्न लगाएको भन्दै आकांक्षीसँग टिकटका लागि १५ लाख माग गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट दिलाइदिने भन्दै श्रेष्ठले आकांक्षी भेषराज काफ्लेसँग उक्त रकम माग गरेका हुन्। 

श्रेष्ठले इन्चार्ज आचार्यले २१ लाख मागेको तर आफुले १५ लाखसम्म मिलाउने भन्दै रकम माग गरेका हुन्। 

सुरुमा उनै काफ्लेले रुपनारायण श्रेष्ठलाई फोन गर्छन्। श्रेष्ठले फोन गरेका बेला काफ्लेको फोन नउठेको र पछि काफ्लेले कलब्याक गरेका हुन् । 

काफ्लेले पहिल्यैदेखि टिकट मिलाइदिन आग्रह गरिरहेकाले श्रेष्ठ पैसाको प्रस्ताव गर्छन्। कुराकानीका क्रममा श्रेष्ठले काफ्लेसँग २१ लाखको प्रस्ताव गरेका छन्। पछि २१ लाखमा आफूले भीम आचार्यलाई सम्झाएको र १५ लाख सम्ममा मिलाउने वचन दिन्छन् ।

श्रेष्ठले अरु आकांक्षीहरु देवीप्रसाद आचार्य, डिल्ली अधिकारी र नरेन्द्र ढुङ्गेललाई देखाउनुपर्ने भएको भन्दै काफ्लेलाई जसरी पनि १५ लाख खोज्नुपर्ने, बरु त्यसका लागि आफूले सघाउने वचन दिएका हुन्छन्। काफ्लेले आनाकानी गर्दासमेत श्रेष्ठले भीम आचार्यको नाम लिँदै बारम्बार जसरी पनि पैसा मिलाउन अनुरोध गर्छन् । गाउँपालिका अध्यक्ष भएपछि धेरै पैसा कमाउन सकिने भन्दै श्रेष्ठले मनाउन खाेजेको रेकर्डमा सुन्न सकिन्छ। 

हाल नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको नाम लिएर श्रेष्ठले टिकटका लागि पैसा मागेका हुन्। पछि  काफ्लेले पैसा नदिने भएपछि उनले टिकट पाएनन्।  देवीप्रसाद आचार्यले टिकट पाए। हाल उनै आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष छन्। 

‘अब यो टिकट ल्याउन नै पैसा चाहिने भयो। तपाईंलाई प्रस्ट भन्छु म। अब के हो, कति हो तपाईंकाे जम्मै कुराचाहिँ जान्दिनँ। किनभने देवी र नरेन्द्रलाई चाहिँ लडाउनै पर्ने भयो। यिनीहरुले धेरै गरे। देवीले चुनाव जित्छ अरे त्याँ भन्छ मलाई सिधै भीम आचार्य । भेषराज त तेस्राेमा अरे भने, कसरी भने मैले, देवी फष्ट रे, सेकेण्डमा नरेन्द्र रे, थर्डमा मात्र भेषराज, भेषराज र डिल्ली खतिवडा उस्तै–उस्तै हुन् भन्छन्, ’ श्रेष्ठले भनेका छन्।

तर काफ्लेले आफूले पार्टीमा योगदान गरेको र इमान्दार भएकाले पैसा दिएर टिकट नलिने बताउँछन्। ‘अब मैले के भन्नु म त्यस्तो पैसावाला मान्छे होइन, मसँग इमान्दारिता छ । म त्यो ठाउँबाट काम गर्ने क्षमता राख्छु । तर पैसाको हकमा मेरो स्थिति बलियो छैन । साथीहरुसँग पैसा होला आफ्नो ठाऊँमा छ । मैले कमरेडलाई सहयोग गर्दा पनि गाऊँमा २ रुपैयाँ व्याजमा काढेर कमरेडको समस्या समाधान गरेको हो,’ पहिला पनि पैसा दिएको कुरा प्रष्ट पार्दै काफ्लेले भनेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले काफ्लेको कुरालाई ध्यान नदिइ पुन: ऋण खोज्न दबाब दिन्छन्। पछि गाउँपालिकाको अध्यक्ष भएपछि त्यो सबै एकैपटकमा असुल हुने भन्दै उनले सम्झाउँछन्।  

प्रत्युत्तरमा काफ्ले भन्छन्, ‘हुन्छ भने एउटा इमान्दारिता र मूल्यांकन गरेर दिने हो भने त्यो मैले पाउनु पर्छ, मेरो आधार बलियो बनेको पनि छ । कमरेडले सहयोग गर्नुपर्छ, मैले तपाईंसँग पहिलेदेखि भरोसा गरेको पनि हो, विश्वास गरेको पनि हो । अब पैसाकै बलमा अब साथीहरुले टिकट पाउँछन्, ल्याउँछन् भने अब बेग्लै कुरा भयो, अब एमालेमा त्यस्तो प्रवृत्ति बढेछ भनेर भन्नुपर्ने हुन्छ’

‘होइन, होइन त्यो त हो कि, सही गर्ने त भीम आचार्य हो नि कमरेड कस्तो कुरा गर्नुहुन्छ । मैले तपाईंलाई यत्तिकै भेटेर आएर भनेको छु, त्यो त स्वाभाविक हो, सही गर्ने त भीम आचार्यले गर्ने हो नि, निर्णय त भीम आचार्यले गर्छ नि कमरेड, कस्तो कुरा गर्नुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ फष्ट देवी, सेकेण्डमा नरेन्द्र थर्डमा डिल्ली खतिवडा र उहाँ (उनै काफ्ले)को उस्तै–उस्तै हो भन्ने कुरा रिपोर्टिङ छ भन्नु हुन्छ ,’ श्रेष्ठले थप दबाब बढाउँछन् ।  

पैसा नदिए कुनै पनि हालतमा टिकट आउन नसक्ने भन्दै भीम आचार्य स्वयंले आफूसँग पैसा मागेको श्रेष्ठ बताउँछन् । ‘यो आदर्श तपाईंको म भनेर मात्र हुन्न । ऋणै गर्ने हो तपाईंले, मैले भने नि ऋणै गर्ने हो त्यसकारण तपाईले अलिकति चाहिं गर्नै पर्ने भयो कमरेड, त्यति भएपछि म फाइनल्ली तपाईंलाई आफ्नै तयारीमा लाग्नुस् भन्छु । भरे बेलुकै भन्छु तपाईंलाई,’ श्रेष्ठले विश्वास दिलाउन खोज्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जो दिने हो त्यसलाई भन्दा अरुलाई थाहा हुन्न, भीम आचार्य भनेको एकदमै गोप्य मान्छे हुन् । उहाँले हिजो भन्नु भएको छ । तपाईंले टिकट लिने हो भने कुरा यसो हो भन्नु भएको छ,’ श्रेष्ठ भन्छन् । 

तर काफ्ले पैसा नदिने कुरामा जोड दिन्छन्। अन्त्यमा काफ्लेले त्यति ठूलो रकमको बारेमा चाहिँ सोच्नु पर्ने भन्दै घरमा छोराहरुसँग सल्लाह गरेर खबर गर्ने भन्दै श्रेष्ठलाई पन्छाउन खोज्छन् । तर त्यो बेला पनि श्रेष्ठले बारम्बार भीम आचार्यको नाम लिँदै पैसा जसरी पनि जोहो गर्न आग्रह गर्छन्। यो कुरा आफूहरु बीचमात्र सीमित रहोस् भन्दै केही अत्तालिए जसरी उनी प्रस्तुत भइरहेको भान हुन्छ । 

नेता आचार्य भने आफ्नो नाम बेचेर रुपनारायणले बदमासी गरेको बताउँछन् । आफूले थाहा पाएपछि काफ्लेलाई कुनै हालतमा पैसा नदिनु भनेको बताए। उनले भने, ‘त्यतिबेलै श्रेष्ठमाथि पार्टीले कारबाही गरेर केन्द्रीय सदस्यबाट हटाएको हो। उनले माफी समेत मागेका छन्।’

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्