• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावकाे टिकट बाँड्दा भीम आचार्यको नाम लिँदै यसरी भयो १५ लाखको बार्गेनिङ [अडियोसहित]

64x64
विनय बाह्रकोटी बिहीबार, फागुन २२, २०७६  १४:०३
1140x725

इटहरी–२०७४ सालको स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले नेता भीम आचार्यले पैसा माग्न लगाएको भन्दै आकांक्षीसँग टिकटका लागि १५ लाख माग गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट दिलाइदिने भन्दै श्रेष्ठले आकांक्षी भेषराज काफ्लेसँग उक्त रकम माग गरेका हुन्। 

श्रेष्ठले इन्चार्ज आचार्यले २१ लाख मागेको तर आफुले १५ लाखसम्म मिलाउने भन्दै रकम माग गरेका हुन्। 

सुरुमा उनै काफ्लेले रुपनारायण श्रेष्ठलाई फोन गर्छन्। श्रेष्ठले फोन गरेका बेला काफ्लेको फोन नउठेको र पछि काफ्लेले कलब्याक गरेका हुन् । 

काफ्लेले पहिल्यैदेखि टिकट मिलाइदिन आग्रह गरिरहेकाले श्रेष्ठ पैसाको प्रस्ताव गर्छन्। कुराकानीका क्रममा श्रेष्ठले काफ्लेसँग २१ लाखको प्रस्ताव गरेका छन्। पछि २१ लाखमा आफूले भीम आचार्यलाई सम्झाएको र १५ लाख सम्ममा मिलाउने वचन दिन्छन् ।

श्रेष्ठले अरु आकांक्षीहरु देवीप्रसाद आचार्य, डिल्ली अधिकारी र नरेन्द्र ढुङ्गेललाई देखाउनुपर्ने भएको भन्दै काफ्लेलाई जसरी पनि १५ लाख खोज्नुपर्ने, बरु त्यसका लागि आफूले सघाउने वचन दिएका हुन्छन्। काफ्लेले आनाकानी गर्दासमेत श्रेष्ठले भीम आचार्यको नाम लिँदै बारम्बार जसरी पनि पैसा मिलाउन अनुरोध गर्छन् । गाउँपालिका अध्यक्ष भएपछि धेरै पैसा कमाउन सकिने भन्दै श्रेष्ठले मनाउन खाेजेको रेकर्डमा सुन्न सकिन्छ। 

हाल नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको नाम लिएर श्रेष्ठले टिकटका लागि पैसा मागेका हुन्। पछि  काफ्लेले पैसा नदिने भएपछि उनले टिकट पाएनन्।  देवीप्रसाद आचार्यले टिकट पाए। हाल उनै आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष छन्। 

‘अब यो टिकट ल्याउन नै पैसा चाहिने भयो। तपाईंलाई प्रस्ट भन्छु म। अब के हो, कति हो तपाईंकाे जम्मै कुराचाहिँ जान्दिनँ। किनभने देवी र नरेन्द्रलाई चाहिँ लडाउनै पर्ने भयो। यिनीहरुले धेरै गरे। देवीले चुनाव जित्छ अरे त्याँ भन्छ मलाई सिधै भीम आचार्य । भेषराज त तेस्राेमा अरे भने, कसरी भने मैले, देवी फष्ट रे, सेकेण्डमा नरेन्द्र रे, थर्डमा मात्र भेषराज, भेषराज र डिल्ली खतिवडा उस्तै–उस्तै हुन् भन्छन्, ’ श्रेष्ठले भनेका छन्।

तर काफ्लेले आफूले पार्टीमा योगदान गरेको र इमान्दार भएकाले पैसा दिएर टिकट नलिने बताउँछन्। ‘अब मैले के भन्नु म त्यस्तो पैसावाला मान्छे होइन, मसँग इमान्दारिता छ । म त्यो ठाउँबाट काम गर्ने क्षमता राख्छु । तर पैसाको हकमा मेरो स्थिति बलियो छैन । साथीहरुसँग पैसा होला आफ्नो ठाऊँमा छ । मैले कमरेडलाई सहयोग गर्दा पनि गाऊँमा २ रुपैयाँ व्याजमा काढेर कमरेडको समस्या समाधान गरेको हो,’ पहिला पनि पैसा दिएको कुरा प्रष्ट पार्दै काफ्लेले भनेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले काफ्लेको कुरालाई ध्यान नदिइ पुन: ऋण खोज्न दबाब दिन्छन्। पछि गाउँपालिकाको अध्यक्ष भएपछि त्यो सबै एकैपटकमा असुल हुने भन्दै उनले सम्झाउँछन्।  

प्रत्युत्तरमा काफ्ले भन्छन्, ‘हुन्छ भने एउटा इमान्दारिता र मूल्यांकन गरेर दिने हो भने त्यो मैले पाउनु पर्छ, मेरो आधार बलियो बनेको पनि छ । कमरेडले सहयोग गर्नुपर्छ, मैले तपाईंसँग पहिलेदेखि भरोसा गरेको पनि हो, विश्वास गरेको पनि हो । अब पैसाकै बलमा अब साथीहरुले टिकट पाउँछन्, ल्याउँछन् भने अब बेग्लै कुरा भयो, अब एमालेमा त्यस्तो प्रवृत्ति बढेछ भनेर भन्नुपर्ने हुन्छ’

‘होइन, होइन त्यो त हो कि, सही गर्ने त भीम आचार्य हो नि कमरेड कस्तो कुरा गर्नुहुन्छ । मैले तपाईंलाई यत्तिकै भेटेर आएर भनेको छु, त्यो त स्वाभाविक हो, सही गर्ने त भीम आचार्यले गर्ने हो नि, निर्णय त भीम आचार्यले गर्छ नि कमरेड, कस्तो कुरा गर्नुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ फष्ट देवी, सेकेण्डमा नरेन्द्र थर्डमा डिल्ली खतिवडा र उहाँ (उनै काफ्ले)को उस्तै–उस्तै हो भन्ने कुरा रिपोर्टिङ छ भन्नु हुन्छ ,’ श्रेष्ठले थप दबाब बढाउँछन् ।  

पैसा नदिए कुनै पनि हालतमा टिकट आउन नसक्ने भन्दै भीम आचार्य स्वयंले आफूसँग पैसा मागेको श्रेष्ठ बताउँछन् । ‘यो आदर्श तपाईंको म भनेर मात्र हुन्न । ऋणै गर्ने हो तपाईंले, मैले भने नि ऋणै गर्ने हो त्यसकारण तपाईले अलिकति चाहिं गर्नै पर्ने भयो कमरेड, त्यति भएपछि म फाइनल्ली तपाईंलाई आफ्नै तयारीमा लाग्नुस् भन्छु । भरे बेलुकै भन्छु तपाईंलाई,’ श्रेष्ठले विश्वास दिलाउन खोज्छन्।

‘जो दिने हो त्यसलाई भन्दा अरुलाई थाहा हुन्न, भीम आचार्य भनेको एकदमै गोप्य मान्छे हुन् । उहाँले हिजो भन्नु भएको छ । तपाईंले टिकट लिने हो भने कुरा यसो हो भन्नु भएको छ,’ श्रेष्ठ भन्छन् । 

तर काफ्ले पैसा नदिने कुरामा जोड दिन्छन्। अन्त्यमा काफ्लेले त्यति ठूलो रकमको बारेमा चाहिँ सोच्नु पर्ने भन्दै घरमा छोराहरुसँग सल्लाह गरेर खबर गर्ने भन्दै श्रेष्ठलाई पन्छाउन खोज्छन् । तर त्यो बेला पनि श्रेष्ठले बारम्बार भीम आचार्यको नाम लिँदै पैसा जसरी पनि जोहो गर्न आग्रह गर्छन्। यो कुरा आफूहरु बीचमात्र सीमित रहोस् भन्दै केही अत्तालिए जसरी उनी प्रस्तुत भइरहेको भान हुन्छ । 

नेता आचार्य भने आफ्नो नाम बेचेर रुपनारायणले बदमासी गरेको बताउँछन् । आफूले थाहा पाएपछि काफ्लेलाई कुनै हालतमा पैसा नदिनु भनेको बताए। उनले भने, ‘त्यतिबेलै श्रेष्ठमाथि पार्टीले कारबाही गरेर केन्द्रीय सदस्यबाट हटाएको हो। उनले माफी समेत मागेका छन्।’

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
‘पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्’ : सभामुख अर्याल धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पह... सोमबार, भदौ २२, २०८३
राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन बाढीले पुर्‍याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन् । सोमबार, भदौ २२, २०८३
रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, भोटेकोशी बाढीप्रति दुःख व्यक्त टेलिफोन कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले बाढीमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाली जनता र नेपाल... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार, भदौ २२, २०८३
‘पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्’ : सभामुख अर्याल सोमबार, भदौ २२, २०८३
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्