काठमाडौं– तीन दिने भारत भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
यसअघि पहिलो पटक प्रधानमन्त्री भएका बेला ०७२ फागुन ७ देखि १२ भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई विदेश मन्त्री सुस्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्। यसपटक भने विदेशमन्त्री सुष्मा स्वराज अजरबैजानमा रहेकाले गृहमन्त्री सिंहले स्वागत गरेका हुन्।
प्रधानमन्त्री विमानस्थलबाट सीधै भारतीय राष्ट्रपति निवास पुग्ने कार्यक्रम छ। उनले आजै भारतीय व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ। भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कने कार्यक्रम छ।
यो पनि पढ्नुहोस्ः यसरी बित्ने छन् भारतमा प्रधानमन्त्रीका तीन दिन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।