बेगुसराय (भारत)। भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ।
गङ्गा नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिक महत्वको सिमरियाघाटमा गङ्गास्नान र पूजाआजा गर्न आन्तरिक तथा विदेशी भक्तजन पुगेका छन्। घटस्थापनाको अवसरमा धार्मिक आस्था र परम्पराअनुसार गङ्गास्नान गर्न भक्तजनको आगमन बढेको हो।
सिमरियाघाट हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित छ। यहाँ विभिन्न पर्व तथा धार्मिक अवसरमा गङ्गास्नान, पूजापाठ र धार्मिक अनुष्ठान गर्न श्रद्धालु आउने गर्छन्।
घटस्थापनाको पूर्वसन्ध्यामा घाट क्षेत्रमा देखिएको भक्तजनको चहलपहलले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप उत्साहपूर्ण बनाएको छ। गङ्गास्नान गरी पूजाआजा गर्न आउने भक्तजनका कारण घाट क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ।
धार्मिक आस्था, परम्परा र गङ्गाप्रतिको श्रद्धासँग जोडिएको सिमरियाघाटमा चाडपर्वका बेला नेपालसहित विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।