• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अब प्रविधिमुखी विद्युत वितरण प्रणाली

तार भूमिगत गर्दा काठमाडौंका सडक अस्तव्यस्त हुँदैनन् - प्राधिकरण
64x64
नेपाल लाइभ मंगलबार, फागुन ६, २०७६  १८:१६
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली अत्याधुनिक र प्रविधिमैत्री बनाउनेगरी काम थालनी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार रत्नपार्क वितरण केन्द्रदेखि महाराजगंज वितरणकेन्द्रको प्रशारण तथा वितरण प्रणाली (अण्डरग्राउण्ड ट्रान्समिसन) निर्माण कार्य थालनीको उद्घाटन गरे। 

अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली निकै अस्तव्यस्त छ। वितरण प्रणालीले उपत्यकाको विद्युत माग धान्न नसक्ने स्थिति अहिले नै बनिसकेको छ।

उपत्यकाभित्र विद्युत पोल राख्ने ठाउँ पनि भेट्टाउन गाह्रो छ। जसकारण प्राधिकरणलाई प्रशारण र विरतण प्रणालीको क्षमता विकास गर्नु अपरिहार्य बनिसकेको छ।

उपत्यकाको विद्युत माग  यसवर्ष अधिकतम ४ सय ४० मेगावाट पुग्दा अहिलेको वितरण प्रणालीले उक्त माग धान्न नसक्ने अवस्था देखिएको थियो। वर्षेनी बढ्दोक्रम रहेको विद्युत माग पूर्ति गर्नका लागि पनि वितरण प्रणालीको क्षमता बढाउनु आवश्यक थियो।

तर‚ अव्यवस्थित सहरीकरणका कारण बाह्य वितरण प्रणालीको क्षमता बढाउन असम्भवजस्तै बनिसकेको छ। यी र यस्तै समस्याको दीर्घगामी निवारणका लागि भन्दै नेपाल विद्युत प्राधिकरणले उच्च प्रविधियुक्त भूमिगत र स्वचालित विद्युत वितरण प्रणाली सुरु गरेको हो। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले प्राधिकरणले भूमिगत विद्युत प्रशारण (अन्डरग्राउण्ड ट्रान्समिसन) प्रणाली निर्माणसँगै स्वचालित वितरण प्रणाली निर्माण र स्मार्ट मिटर वितरणको कार्यलाई पनि सँगसँगै अगाडि बढाइरहेको छ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा ३२ महिना अवधिमा सम्पूर्ण काम सक्नेगरी पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगंज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत प्रशारण प्रणाली निर्माण गर्न लागिएको हो।

वितरण प्रणाली भूमिगत बनाउन भारतीय निर्माण कम्पनी केइआई इन्ड्रष्ट्रिज लिमिटेडले ठेक्का पाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै रत्नपार्कदेखि महाराजगंज क्षेत्रमा हालका करीब ९० हजार मिटरहरु प्रतिस्थापन गर्ने र चालु आर्थिक वर्षभित्रै उपत्यकाका करिब ४ लाख  मिटरहरुलाई प्रतिस्थापन गर्ने काम भइरहेको छ। यस्ता स्मार्ट मिटरहरुले केन्द्रसँग दोहोरो रुपमा सूचनाको आदानप्रदान समेत गर्नेछन्।

स्मार्ट मिटरहरुलाई केन्द्रसँग जोडिनेछ भने केन्द्रबाट नै विद्युत लाइन काट्ने जोड्ने, विद्युत महसुलको बारेमा जानकारी लिने-दिने लगायतका सुविधाहरु हुनेछन्।

स्मार्ट मिटरहरुमा विद्युत महशुल तिर्दा अग्रिम महशुल भुक्तानी अर्थात् प्रिपेड सेवा उपलब्ध गराउने विषयलाई पनि प्राधिकरणले प्राथमिकतामा राखेर अगाडि बढेको छ। 

त्यस्तै विद्युतको स्वचालित वितरण प्रणाली निर्माणका लागि पनि प्राधिकरणले सँगै अगाडि बढाइरहेको छ। जसअन्तर्गत उच्च प्रविधियुक्त ‘रेडियो कम्युनिकेसन’ प्रणालीमा आधारित सूचना प्रणाली पनि जडान गरिनेछ।

Xtrem

Xtrem

यस्तो प्रविधिले वितरणमा देखिएका समस्याहरुको पहिचानमा सहजता ल्याउनेछ भने केन्द्रबाटै सञ्चालन र निगरानीको काम समेत गरिनेछ।

हाल प्रशारणलाइनमा समस्या देखिँदा प्राविधिकहरुलाई कुन ठाँउमा समस्या देखिएको हो भन्ने छुट्याउन नै गाह्रो हुने गरेकामा अब निर्माण हुने प्रशारण लाइनमा भौगोलिक सूचना प्रणाली (जिआइएस) समेत जोडिनेछ।

जिआइएसले प्रशारणलाइन वा वितरण प्रणालीमा समस्या देखिँदा कुन ठाँउमा समस्या देखिएको हो भन्ने कुरा समेत छुट्याईदिनेछ। यस्तो प्रविधिले प्रशारण र वितरणमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न सकिनेछ। 

सडक खन्दा सर्वसाधारणलाई सास्ती हुँदैन 
कहिले मेलम्ची त कहिले ढल व्यवस्थापनको बहानामा पटक-पटक सडक खन्दा हिलो र धुलोको सास्ती भोगेका सर्वसाधारणलाई यसरी विद्युत तार भूमिगत गर्दा भने त्यो समस्या भोग्नुपर्ने छैन।

‘सडकमा सर्वसाधारणले दुख भोग्नु नपरोस भनेर रातमा मात्र काम गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको र सडकमा हिलो धुलो हुन नदिन जालीले छोपेर काम गर्ने र सडक खनिसकेपछि तत्काल पुरिहाल्ने भनेर ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्।

घिसिङ आफैं पनि त्यसको अनुगमनमा जानेछन्। सबैभन्दा महत्वपूर्ण कुरा त सडक खन्दा ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइनेछ। यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुईवटा खाल्डो खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ।

सबै सडक खन्नु नपर्ने र ड्रिमिङ मेसिनले भित्रभित्रै काम गर्ने भएका कारण विद्युत तार बिच्छाउँदा सडकमा हिलो धुलो हुनेछैन। खनिएका खाल्डा अधिकतम १० दिनभित्रमा पुरिसक्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको घिसिङ बताउँछन्। 

कुन ठाउँमा कति भूमिगत?
रत्नपार्क वितरण केन्द्रअन्तर्गत बागबजार, न्यूरोड, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, अनामनगर, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २ सय किलोमीटरमा ११ हजार भोल्टेजको भूमिगत लाइन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत वितरण लाइन निर्माण गरिनेछ।

योसँगै करिब २ किलोमिटर अप्टिकल फाइबर पनि भूमिगत गरिनेछ। त्यस्तै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत सामाखुशी, बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्ंजलगायत स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार  भोल्टेज र करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिनेछ।

साथै यो वितरण केन्द्रभित्र पर्ने स्थानमा २ सय ५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बनाइनेछ। 

पहिलो चरणमा काठमाडौं उपत्यकामा उच्च प्रविधियुक्त भूमिगत वितरण प्रणाली लागू गर्ने र बिस्तारै अन्य महानगरपालिका र उपमहानगरपालिकामा पनि भूमिगत सँगसँगै स्वचालित वितरण प्रणाली र स्मार्ट मिटर कार्यान्वयनमा ल्याइनेछ।

यस्तै उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना प्राधिकरणको रहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्