बुधबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारः
१. युनिटी ठगी प्रकरण : दुई वर्षपछि बल्ल सुनुवाइको पालो, आदेश कागज मगाउने
युनिटी ठगी प्रकरणमा सरकारी पक्षले दायर गरेको पुनरावेदन दुई वर्षपछि बल्ल सुनुवाइको मौका पाएको छ।
२०७४ चैत २१ गते सर्वोच्चमा दर्ता भएको पुनरावेदनमा पहिलो पटक २०७५ सालमा पनि मिसिल मगाउने आदेश भएको थियो।
युनिटी प्रकरणमा युनिटिका तर्फबाट दायर दुई र सरकारी पक्षले दायर गरेका २ थान मुद्दा गरी ४ थान मुद्दा सर्वोच्चमा विचाराधीन छन्।
कम्पनी ऐनअनुसार दर्ता भएको संस्था भएकाले ठगीमा कारबाही गर्नु गलत भएको दाबी गर्दै युनिटीका अध्यक्ष प्रसाद भन्ने काशीराम गुरुङसहितले दायर गरेको निवेदन केही अघि पेशीमा रहेको थियो।
थप समाचार- युनिटी ठगी प्रकरण : दुई वर्षपछि बल्ल सुनुवाइको पालो, आदेश कागज मगाउने
२. काेराेना भाइरस : १११३ काे मृत्यु, ४७४० उपचारपछि डिस्चार्ज
चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन्। यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन्।
४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
थप समाचार- काेराेना भाइरस : १११३ काे मृत्यु, ४७४० उपचारपछि डिस्चार्ज
३. भरतपुर विमानस्थल विस्तारमा प्रचण्डकाे दबाब, नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले चितवनको भरतपुर विमानस्थल विस्तार गर्ने योजना आगाडि सारेको छ।
प्राधिकरणले १३ सय मिटर लम्बाई भएको भरतपुर विमानस्थलाई विस्तार गरेर १६ सय ५० मिटरको रन–वे बनाउन लागेको हो। विमानस्थल विस्तारका लागि अहिलेको रन-वेको उत्तरपट्टी रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र प्रयोग गर्ने गरी छलफल भइरहेकाे छ।
थप समाचार- भरतपुर विमानस्थल विस्तारमा प्रचण्डकाे दबाब, नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी
४. अमेरिकामाथि ८ विकेटको जित, कीर्तिमान बनाउनबाट चुक्यो नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।
३६ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित हात पारेको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमै आउट भएका थिए।
तर तेस्रो र चौथो नम्बरमा आएका पारस खड्का र दीपेन्द्रसिंह ऐरीले नेपाललाई जित दिलाए। पारस २० र दीपेन्द्र १५ रनमा अविजित रहे।
थप समाचार- अमेरिकामाथि ८ विकेटको जित, कीर्तिमान बनाउनबाट चुक्यो नेपाल
५. ललिता निवास प्रकरण : बाबुराम भट्टराई र माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
बुधबार अधिवक्ता बालकृष्ण न्यौपानलेले सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई उन्मुक्ति दिन नहुने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
थप समाचार- ललिता निवास प्रकरण : बाबुराम भट्टराई र माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
६. ललिता निवास प्रकरण : न्यायाधीश भइसकेकाले भ्रष्टाचार मुद्दामा उन्मुक्ति माग्दै सर्वोच्चमा रिट
ललिता निवासको जग्गा प्रकरणमा तानिएका एक पूर्व उपसचिव विनोद गौतमले आफू न्यायाधीश भईसकेकाले भ्रष्टाचार मुद्दा दायर गर्नु गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
हाल चितवन जिल्ला अदालतमा जिल्ला न्यायाधीश पदमा कार्यरत रहेका विनोद गौतमले बुधबार सर्वोच्च अदालतमा यस्तो दाबी गर्दै रिट दायर गरेका हुन्।
थप समाचार- ललिता निवास प्रकरण : न्यायाधीश भइसकेकाले भ्रष्टाचार मुद्दामा उन्मुक्ति माग्दै सर्वोच्चमा रिट
७. डेढ खर्ब घट्यो बजेटको आकार, अब १३ खर्ब ८५ अर्बमा सीमित
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार डेढ अर्ब घटाएको बताएका छन्।
चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताएका हुन्।
थप समाचार- डेढ खर्ब घट्यो बजेटको आकार, अब १३ खर्ब ८५ अर्बमा सीमित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।