• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भरतपुर विमानस्थल विस्तारमा प्रचण्डकाे दबाब, नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  ०९:४६
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले चितवनको भरतपुर विमानस्थल विस्तार गर्ने योजना आगाडि सारेको छ।

प्राधिकरणले १३ सय मिटर लम्बाई भएको भरतपुर विमानस्थलाई विस्तार गरेर १६ सय ५० मिटरको रन–वे बनाउन लागेको हो। विमानस्थल विस्तारका लागि अहिलेको रन-वेको उत्तरपट्टी रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र प्रयोग गर्ने गरी छलफल भइरहेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्रचण्डको निर्देशनअनुसार विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न एक समिति नै बनाएको छ। मन्त्रालयले बनाएको समितिले अहिले स्थलगत अध्ययनसमेत गरेर रिपोर्ट बनाइरहेको छ। रिपोर्टलाई अन्तिम रुप दिन सेनालगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।

छलफलको क्रममा समितिले सेनाले घोडा प्रजनन केन्द्र सञ्चालन गरिरहेको जग्गा प्राधिकरणलाई उपलब्ध गराउने गरी काम गरिरहेको छ। सेनाले उक्त जग्गा प्राधिकरणलाई दिने र सरकारले नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको केही भाग जग्गा सेनालाई दिने तयारी गरेको हो। सेनाले पनि घोडा प्रजनन केन्द्रका लागि प्रयोग भएको जग्गाको सट्टा अन्य ठाउँमा जग्गा पाउनुपर्ने बताउँदै आएको छ।

सेनाकाे आग्रहमा चितवनमा रहेको दियालो बंगालको ७ सय ६७ रोपनी ११ आना १ पैसा १ दाम जग्गा मध्ये ३२ रोपनीभन्दा बढी जग्गा सेनालाई दिने तयारी भएको छ। ‘अनावश्यक ठाउँमा विमानस्थल विस्तारको काम अगाडि बढाउने कामको लागि अध्ययन गर्न भनिएको छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘हामीले त निर्देशन भएपछि काम गर्ने हो। तर, उक्त विमानस्थल विस्तार गर्न कुनै पनि हिसाबले आवश्यक छैन।’

विमानस्थल विस्तारमा नेकपा अध्यक्ष प्रचण्डसहित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समेत दबाब दिएको प्राधिकरण स्रोत बताउँछ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसकेकाे छ भने काठमाडौंबाट चितवन जाने सडक पनि विस्तार भइरहेको छ। मुग्लिन नारायणगढ सडक पनि विस्तार भइसकेको अवस्थमा त्यो ठाउँमा अब विमानस्थल विस्तार गर्नु उचित नहुने प्राधिकरण स्रोत बताउँछ।

चितवनसँगको सडक सञ्जाल अहिले विस्तार र विकास पनि भएरहेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनने अवस्था र बुटवल-नारायणघाट सडक ६ लेन बन्ने भएपछि उक्त विमानस्थल विस्तारमा खर्च गर्नु उचित नहुने हवाई क्षेत्रका विज्ञ बताउँछन्। प्राधिकरणले भने नेकपा अध्यक्ष प्रचण्डको दबाबमा छिटाेभन्दा छिटाे विमानस्थगल विस्तार गर्ने याेजना अघि बढाएकाे छ।

Ncell 2
Ncell 2

‘माथिको निर्देशनअनुसार विमानस्थल विस्तारको काम अगाडि बढाउनुपर्ने अवस्था छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अहिले सञ्चालनमा रहेको विमानस्थललाई मर्मत संभार गरी त्यहाँ रहेको अवरोध हटाउँदा नै उचित हन्छ।’ ‘विमानस्थलको रन–वे अहिले नै १ हजार ३ सय मिटर हो छ। तर, आसपासमा बनेको संरचनाका कारण विमानस्थलको रन–वे पूर्णरुपमा सदुपयोग हुन सकेको छनै। विभिन्न अवरोधका कारण विमानस्थलको रन–वे ९ सय मिटर मात्रै प्रयोगमा आएको छ,' प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने, 'अवरोध हटाउने हो भने १ हजार ३ सय मिटर रन-वे नै सञ्चालनमा ल्याउन सकिन्छ। पूर्णरुपमा रन–वे सञ्चालनमा ल्याउन सकेको अवास्थमा विस्तार आवश्यक छैन। तर, यहाँ राजनीतिक पुहुँचका आधारमा विमानस्थल विस्तार र नयाँ विमानस्थल निर्माणको दबाब हुने गरेको छ।’

प्राधिकरणले पनि नेताको दबाबमा विमानस्थल विस्तार गर्नुपर्ने बाध्यता आएको मन्त्रालय स्रोत बताउँछ। झण्डै एक वर्षअगाडि प्राधिकरणमा भएकाे पत्रकार सम्मेलनमा निवर्तमान महानिर्देशक सञ्जीव गाैतमले पनि राजनीतिक दबाबका आधारमा विमानस्थल विस्तार हुने गरेकाे स्वीकार गरेका थिए। साेहि कार्यक्रममा गाैतमले भनेका थिए, 'नयाँ विमानस्थलकाे निर्माण र विस्तारमा दबाब आउन थालेपछि प्राधिकरणले विमानस्थल निर्माणसम्बन्धी मापदण्ड तय गरेकाे हाे।' 

विमानस्थल विस्तारको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा पनि प्रचण्ड आफैं उपस्थित हुने गरेका छन्। गत भदौमा भएको सरोकारवालाको छलफलमा प्रचण्ड सहभागी थिए।

अहिले नै भरतपुर विमानस्थलमा एटिआर ४२ जस्ता जहाज अवतरण हुन सक्छन्। जुन उक्त स्थानको लागि पर्याप्त हो। मुग्लिन-नारायणगढ सडक विस्तार भएसँगै त्यहाँ हवाई यात्रा गर्ने यात्रु पनि ५० प्रतिशतले घटिसेका छन् भने दैनिक ३ देखि ४ वटासम्म उडान गर्ने एयरलाइन्सले पनि उडान घटाइसकेका छन्। 

‘विमानस्थलको विस्तारमा मन्त्रालयल तथा नेकपा नेता प्रचण्डबाट दबाब नआएको र प्राधिकरण आफैंले एटिआर ७२ सम्मको जहाज उडान तथा अवतरण गर्न सक्ने गरी विमानस्थल विस्तार योजना अगाडि सारेको प्राधिकरण महानिर्देशन राजन पोखरेल बताउँछन्। विमानस्थलको रन–वे अहिले पूर्णरुपमा सञ्चालनमा आउने नसकेको प्राधिकरण महानिर्देश पोखरेल स्वीकार छन्। ‘भरतपुर विमानस्थल ६२ बिघा जग्गामा फैलिएको छ। विमानस्थलमा १३ सय मिटरको रन–वे  छ,’ उनले भने, ‘ आसपासका घरका कारण ९ सय मिटर रन-वेमात्रै प्रयोगमा आएकाले विस्तारकाे योजना अगाडि सारेको हौं।’

ट्रष्टको जग्गा सेनालाई कानुनविपरीत
सेनाकाे घोडा प्रजनन केन्द्रको जग्गा विमानस्थल विस्तारमा प्रयोग गर्दै नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी भएको छ।

सेनाले पनि नेपाल ट्रष्टको जग्गा सट्टामा लिएर ब्यारेक बनाउने तयारी गरेको छ। जुन नेपाल ट्रष्टको ऐन २०६४ विपरीत रहेको छ। ट्रष्टको सम्पत्ति बढीभन्दा बढी प्रयोगमा ल्याउँदै त्यसबाट भएको आम्दानी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने उल्लेख छ। तर, यहाँ विमानस्थल विस्तारको नाममा नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी भएको छ।

सरकारले विमानस्थल विस्तारको नाममा सेनाकाे जग्गा प्रयोग गर्दै उसलाई ट्रष्टको जग्गा दिने तयारी गरेको छ, उक्त विषय कानुन संगत नहुने ट्रष्टका पूर्वसचिव भीम उपाध्याय बताउँछन्। ट्रष्टको जग्गा पछिल्लो समय उद्देश्यभन्दा बाहिर प्रयोग भइरहको उनको तर्क छ।

नेपाल ट्रष्टको ऐन २०६४ (पहिलो संशाेधन २०७५)को दफा  ५ मा ट्रष्टको सम्पत्तिको विषयमा स्पष्ट लेखिएको छ, ‘ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम् सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग हुनेछ। 

सोहि दफाको उपदफा  २ मा  ट्रष्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न, राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिएबमोजिम सञ्चालन गर्न र ट्रष्टको सम्पत्तिको सम्वर्द्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्ने भनिएकाे छ।

सम्बन्धित समाचार

भरतपुर विमानस्थल विस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्र हटाइने

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्