काठमाडौं- ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
बुधबार अधिवक्ता बालकृष्ण न्यौपानलेले सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई उन्मुक्ति दिन नहुने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णय भन्दै उनीहरूविरुद्ध भने मुद्दा दायर गरेको थिएन।
उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता न्यौपानेले रिट निवेदन दायर गरेका हुन्।
अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी हुने रिटमा दाबी गरिएको छ।
सरकारी जग्गा व्यक्तिकाे बनाउने निर्णय नीतिगत हुन नसक्ने भएकाले उनीहरुमाथि मुद्दा दायर गर्न अन्तरिम आदेशकाे माग रिटमा गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।