• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा मंगलबार : आइजीमा ठाकुर ज्ञवाली नियुक्तदेखि रमेश बाहुनलाई १० वर्ष कैदसम्म

64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  २१:४६
1140x725

मंगलबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारः

१. राज्यलाई १९ अर्ब बुझाउन बाँकी छँदै एनसेललाई दियो प्राधिकरणले फ्रिक्वेन्सी

अदालतको फैसलाबमोजिमको कर नै नतिरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी दिएको छ। फ्रिक्वेन्सी लिलाम बढाबढमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको एनसेललाई प्राधिकरणले कर चुक्ता नै नभई फ्रिक्वेन्सी उपलब्ध गराएको हो। 

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो। ठूला करदाता कार्यालयले एनसेलले कर दायित्व बुझाउन बाँकी रहेको र कर बुझाउन सरकारसँग किस्ताबन्दीको सुविधा माग गरेको जानकारी गराए पनि प्राधिकरणले भने फ्रिक्वेन्सी दिने निर्णय गरेको हो। 

थप समाचार- राज्यलाई १९ अर्ब बुझाउन बाँकी छँदै एनसेललाई दियो प्राधिकरणले फ्रिक्वेन्सी

२.इन्काउन्टरबाट जाेगिएका गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

प्रहरीको इन्काउन्टर योजनाबाट जाेगिएका गुण्डा नाइके सुजन पाैडेल (रमेश बाहुन) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ। 

न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय ताेकेका हुन्। उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन्। 

थप समाचार- इन्काउन्टरबाट जाेगिएका गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

३. एम्बुसमा भाग्यले बाँचेका ठाकुर ज्ञवालीले पाए प्रहरी नेतृत्वको जिम्मेवारी

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई बनाउने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा कार्यरत नायब महानिरीक्षक (डिआइजी) ज्ञवालीलाई आइजिपी बनाउने निर्णय गरेको हो। 

३० वर्षे कार्यकालका कारण सर्वेन्द्र खनालले मंगलबारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले ७५ हजार सदस्य रहेको सुरक्षा संगठन नेतृत्वको जिम्मा ज्ञवालीलाई दिएको हो।

थप समाचार- एम्बुसमा भाग्यले बाँचेका ठाकुर ज्ञवालीले पाए प्रहरी नेतृत्वको जिम्मेवारी

४. बास बसेका ८ पर्यटकको मृत्यु भएपछि पानोरमा रिसोर्टमा ३ महिने सिल

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पर्यटन विभागले मकवानपुरस्थित एभरेस्ट पानोरमा रिसोर्टमा सिल गरेको छ। विभागले सोमबार एक पत्र पठाउँदै ३ महिनासम्म कुनै पनि गतिविधि नगर्न सचेत गराएको हो।

वि.सं. २०७६ माघ ६ गते सो रिसोर्टमा बास बसेका ८ जना पर्यटक बेहोस भएका थिए। उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको भएपनि सबैको मृत्यु भएको थियो।

थप समाचार- बास बसेका ८ पर्यटकको मृत्यु भएपछि पानोरमा रिसोर्टमा ३ महिने सिल

५. एआइजीले गरे आइजी बिदाइको बहिष्कार

३० वर्षे सेवा अवधिका कारण आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याचीका एआइजी र डिआइजीहरू मंगलबारबाट अनिवार्य अवकाशमा गए।

आइजी खनालसहित उनका ब्याचीको बिदाइमा प्रहरी प्रधान कार्यालयमा मंगलबार एक औपचारिक कार्यक्रमसमेत आयोजना गरेको थियो। तर आइजीको बिदाई कार्यक्रममा भने तीन जनै एआइजी उपस्थित भएनन्।

थप समाचार- एआइजीले गरे आइजी बिदाइको बहिष्कार

६. केजरीवाललाई मोदीको बधाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेकोमा मुख्यमन्त्री अरबिन्द केजरीवाललाई बधाइ दिएका छन्। 

मोदीले मंगलबार साँझ ट्वीट गर्दै दिल्लीका जनताका आकांक्षा पूरा गर्ने शुभेच्छा पनि प्रकट गरेका छन्। जवाफमा केजरीवालले मुलुकको राजधानी सहरलाई वास्तवमै विश्वस्तरीय सहर बनाउन केन्द्र सरकारसँग मिलेर काम गर्ने इच्छुक रहेको बताएका छन्। 

थप समाचार- केजरीवाललाई मोदीको बधाइ

७. सञ्चारमाध्यमले ‘तिमी’ भनेकोमा ओलीको पुनः असन्तुष्टि, भने-आदरार्थी शब्द समाजबाटै हटाउने प्रयास भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले प्रयोग गर्दै आएको भाषाप्रति फेरि असन्तुष्टि जनाएका छन्। गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आदरार्थी शब्द समाजबाटै हटाउने प्रयास भएको टिप्पणी गरे।

थप समाचार- सञ्चारमाध्यमले ‘तिमी’ भनेकोमा ओलीको पुनः असन्तुष्टि, भने-आदरार्थी शब्द समाजबाटै हटाउने प्रयास भएको छ

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्