काठमाडौं- पर्यटन विभागले मकवानपुरस्थित एभरेस्ट पानोरमा रिसोर्टमा सिल गरेको छ। विभागले सोमबार एक पत्र पठाउँदै ३ महिनासम्म कुनै पनि गतिविधि नगर्न सचेत गराएको हो।
वि.सं. २०७६ माघ ६ गते सो रिसोर्टमा बास बसेका ८ जना पर्यटक बेहोस भएका थिए।
उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको भएपनि सबैको मृत्यु भएको थियो।
यसपछि विभागले रिसोर्टलाई ३ महिना कुनै पनि सेवा संचालन गर्न नपाउने गरी कारबाही गरेको हो।
वि.सं.२०७० सालदेखि फर्च्युना इन्टरनेसनल कम्पनीमार्फत संचालनमा रहेको सो रिसोर्टले तोकिएको मापदण्ड पूरा नगरी संचालन गरिएको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ।
'रिसोर्ट संचालनका क्रममा पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरी समेत भएको भपाइएकाले पर्यटन ऐन २०३५ को दफा १५ को उपदफा २ बमोजिम ३ महिनासम्म होठ्ठल रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी नेपाल सरकार सचिवस्तरीय निर्णयअनुसार निलम्बन गरिएको व्यहोरा जानकारी गराउँछु,' विभागका शाखा अधिकृत खेमराज जोशीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
रिसोर्टले संचालनका लागि तोकिएका मापदण्ड पूरा गरी पुनः अनुमति लिएर मात्र संचालन गर्न पाउने समेत विभागले उल्लेख गरेको छ।
यसका लागि रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत बनाउनुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।