एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेकोमा मुख्यमन्त्री अरबिन्द केजरीवाललाई बधाइ दिएका छन्।
मोदीले मंगलबार साँझ ट्वीट गर्दै दिल्लीका जनताका आकांक्षा पूरा गर्ने शुभेच्छा पनि प्रकट गरेका छन्। जवाफमा केजरीवालले मुलुकको राजधानी सहरलाई वास्तवमै विश्वस्तरीय सहर बनाउन केन्द्र सरकारसँग मिलेर काम गर्ने इच्छुक रहेको बताएका छन्।
यस्तै, केजरीवाललाई राजनाथ सिंह, एन चन्द्रबाबु नायडु, शरद पवार, सीताराम येचुरी, राहुल गान्धी, उद्दव ठाकरे, हेमन्त सोरेन, ममता बनर्जीलगायतका नेताहरुले पनि बधाइ दिएका छन्।
७० स्थानका लागि भएकाे निर्वाचनमा केजरीवालको आम आदमी पार्टी आप ६१ स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम गरेकाे छ। यस्तै भारतीय जनता पार्टी जम्मा ६ स्थानमा खुम्चिएको छ भने २ स्थानमा अग्रता लिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।